विराटनगर, मंसिर १४ गते पुर्व अर्थ मन्त्री एवं नेपाली काँग्रेशका केन्द्रिय सदस्य महेश आचार्यले सरकारले दुइ तिहाइ वहुमतको दम्ममा संविधानको संरचना भक्काउन लागेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेश ८ नं. वडा समिति विराटनगर द्धारा आयोजित वडा स्तरिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्ने क्रममा पुर्व अर्थ मन्त्री आचार्यले यो संविधान राजनौतिक रुपमा अल्पमत र वुहुमतका आधारमा नभइ सर्व पक्षिय सहमतिका आधारमा बनेकाले हरेक सम्वैधानिक अंगहरुमा पनि सहमती कै मर्म र भावना विपरित संवैधानिक परिषदमा बहुमतका आधारमा निर्णय गर्ने अध्यायदेश ल्याउन खोज्नु दुइ तिहाइको दम्ममा संविधानको संरचनालाई ओली सरकारले भत्काउन खोजेको वाँहाले दावि गर्नु भयो ।
अहिले सरकार दुइ तिहाइको नाममा संविधानको मर्म र भावना विपरित विना सहमती सर्वत्र संविधान भत्काउन उद्धत भएको छ यस्तो कार्यले मुलुकको हित गर्दैन । भुतपुर्व कर्मचारी र आम जनतालाई पनि सरकार विरुद्ध बोल्न नपाउने गरि अभ्यायदेश ल्यायने तयारीमा ओली सरकार लागेको आरोप पनि वहाले लगाउनु भयो ।
विकाश निर्माणको कार्यमा ध्यान नदिइ रहेको ओली सरकार विपक्षि र जनतालाई तह लगाउन संवैधानिक प्रावधानहरु भत्काउनमै व्यस्त हुनु थालेको आरोप पनि पुर्व मन्त्री आचार्यले लगाउनु भयो ।
नेपाली काँगे्रश वार्ड नं. ८ का सभापती केदार घिमिरेको सभापतीत्वमा आयोजित सो वडा सम्मेलनलाई ने.का. वरिष्ठ नेता अशोक कोइराला महासमिति सदस्य विश्वनाथ रिजाल महासमिति सदस्य भक्तिनाथ माझी, क्षेत्रिय सभापती विनोद कुमार वस्नेत लगाएतका वक्ताहरुले सम्वोधन गर्नु भएको थियो ।