Pin It


बिराटनगर, पौष ८ गते , नेपाली काँग्रेश क्षेत्र नं ४ मोर∙ ले आफ्नो क्षेत्र अन्र्तगतका गाउँ पालीका तथा नगरका वडाहरुको संगठन समायोजन लाई तिब्रता दिएको छ ।
ग्रामथान गाउँपालिका का ७ वटा वाड , कटहरी गाउँपालिका का ७ वटा , बेलबारी नगरपालीकाका ३ र विराटनगर महानगरपालिका ६ वटा वाड गरी २३ वटा वाड मध्य ग्रामथान गाउपालिका र कटहरी गाउँपालीका मा संगठन समायोजन भई सकेको र कटहरीका ६ वटा वडामा संगठन समायोजन भईसकेको छ ।


जस अनुसार ग्रामथान गाउँपालीका को सभापतिमा किरण कुमार विश्वास , र कटहरी गाउँपालीकाको सभापतिमा राम कुमार कामत चयन भईसक्नु भएको छ भने कटहरी वाडनं २ मा राम कुमार राजवंशी , कटहरी ३ मा देबचन्द्र कामत , कटहरी ४ मा चुलाई साह , कटहरी ५ मा दुर्गानन्द सरदार , कटहरी ६ मा जनेश्वर सरदार र कटहरी ७ मा बिष्णु खरेल सभापति चयन भईसक्नु भएको छ ।
त्यसै गरी कटहरी १ र ग्रँमथानका सातवटै वडामा भोली देखि लगातार संगठन समायोजनको कार्यक्रम थालिने ४ नं. क्षेत्रिय सभापति बिनोद कुमार बस्नेतले जानकारी दिनुभयो ।