Pin It


बिराटनगर , पौष ५ गते , आगामि १४औं महाअधिबेशन लाई ध्यानमा राखेर नेपाली काँग्रेश मोरड्डले संगठन समायोजनको काम धमाधम थालेकोछ । यसै सिलसिलामा आज गा्रमथान गाँउपालीका स्तरिय संगठनको सभापतिमा किरण कुमार विश्वास( तुलसी ) लाई चयन गरीएको छ ।
ग्रामथान ५ को तेतरीयामा आयोजित कार्यक्रममा नेपाली काँग्रेशका केन्दिय सदस्य महेश आचार्यको उपस्थितिमा सो घोषणा गरिएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि महेश आचार्य , अतिथिहरु महासमिति सदस्यहरु , विश्वनाथ रिजाल , भक्तिनाथ माझी , राम कुमार विश्वकर्मा , बल ब.खवास, विराटनगर महानग।पालीका की उप मेयर इन्दिरा कार्की , क्षेत्रिय सभापति विनोद बस्नेत लगायतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो । यस अघि कटहरी गाउँपालीकाको सभपतीमा राम कुमार कामत लाई चयन गर्दै कटहरी का विभिन्न वार्डहरुको पनि समायोजन समापन गरीएको काँग्रेश ले जनाएको छ ।