विराटनगर, माघ १६ गते नेपाली काँग्रेशका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री महेश आचार्यले विराटनगर महानगर पालीका वार्ड नं. ८ स्थित अशोक चौक पुर्व पट्टि विराटेश्वर वृद्धा आश्राम छेउ शुशिल कोइराला फाउण्डेशनको भवन सिलान्यास गर्नु भयो ।
व्राह्रमण वटुकहरुको स्वस्ती वाचनका विच प्रमुख अतिथिको तर्फबाट पुर्व मन्त्री आचार्यले शो भवनको शिलान्यास गर्नुभएको थियो ।
भवन सिलान्यासको कार्यक्रम पछि प्रमुख अतिथिको तर्फबाट समारोहलाई सम्बोधन गर्दै नेता आचार्यले शुशिल कोइराला नेपालका त्यागी नेताहरु मध्ये एक रहेको र वहाँले आफ्नो जिवन कालमा पार्टि र देशको शिवाय केहि नसोचेको बताउनु भयो नेपाली काँग्रेशमा सन्तनेता कृष्ण प्रसाद भट्टराइको पद चिन्ह पच्छयाएका नेता शुशिल कोइराला नेपाली समाजका निम्ति उदाहरणीय व्यक्तित्व भएको बताउनु भयो ।
शुशिल कोइराला फाउण्डेशन की केन्द्रिय अध्यक्ष रहनु भएको नेतृ मृदुला कोइरालाको अध्यक्षतामा आयोजित सिलान्यास समारोहमा बोल्ने अधिकांश वक्ताहरु, विराटनगर महानगर पालीकाका मेयर भिम पराजुली, ने.का.पा मोरङ्गका जिल्ला सदस्य वावुराम कार्कि, नेपाली कांग्रेश मोरङ्गका उप–सभापती शिव नारायण सिंह, नेपाली काँग्रेश मोरङ्गका पुर्व सभापती एवं शुशिल कोइरालाका आफ्नै भाई अशोक कोइराला, १ नं. प्रदेश सरकारका भुमि व्यावस्थापन मन्त्री राम व. मगर, नेपाली काँग्रेशका केन्द्रिय सदस्य अमृत अर्याल लगाएतका वक्ताहरुले शुशिल कोइरालाको व्यक्तित्वका बारेमा प्रस्टाउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममै शुशिल कोइराला फाउण्डेशनका लागी भवन निर्माण गर्न महानगरका मेयर भिम पराजुलीले आफ्नी माता तुलसी माया पराजुलीको नाममा एक लाख एघार हजार एक सय एक रुपैया प्रदान गर्ने वचन दिनु भएको थियो भने, प्रदेश सरकारका भुमि व्यावस्थापन मन्त्री राम व. मगरले यो फाउण्डेशनका लागी १ नं. प्रदेश सरकारको तर्फबाट ७५ लाख रुपैया निकाशा गरिदिएको बताउनु भएको थियो ।
सामाजिक सेवा गर्ने उद्धेश्यले स्थापना भएको शुशिल कोइराला फाउण्डेशनले सिलान्यास समारोह कै विचमा विराटनगर वार्ड नं. ५ मा वस्ने रिक्सा चालककी छोरी खुस्बु सरदार जसले महानगरपालिकाले आयोजना गरेको सामुदायीक विद्यालय स्तरको नृत्य प्रतियोगीतामा प्रथम स्थान हासिल गरेकी थिइन, उनको प्रतिभाको कदर गर्दै फाउण्डेशनले खुश्वुलाई आगामी १ वर्षको लागी पढाइ खर्च उपलब्ध गराउने घोषणा गरेको थियो ।
त्यसैगरी समारोहमा प्रजातान्त्रीक तथा लोकतान्त्रिक आन्दोलनका योद्धा दुइ रमा प्र. रिजाल र तोरेन्द्र मान सिंहलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने जग्गा उपलब्ध गराउन सहयोग गर्नु हुने विराटनगर महानगरपालिकाका सामाजिक शाखाका कर्मचारी पुनम दहाल लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।