विराटनगर, माघ १७ गते ब्रह्म कुमारी राजयोग केन्द्र उपशाखा पुष्पलाल चौक को गृह प्रवेश कार्यक्रमको एक समारोहका विच प्रदेश एक का माननिय सांसद चुमनारायण तबदारले पानसमा बति बालेर उद्घाटन गर्नुभयो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि तबदारले सकारात्मक सोचका आधारमा गरिएका हरेक कामले समाजलाई सकारात्मक दिशातिर लैजाने भएकाले तपाई हरुले यस भवनको निर्माणलाई सकारात्मक सोचका साथ अगाडि बढाउनु भयो र सबै तिरबाट सहयोग जुट्यो र बेलैमा काम सम्पन्न भयो । यसरीनै आगामि दिनमा पनि सकारात्मक सोच राखेर समाज लार्य अगाडी बढाउने प्रेरणा मिलोस भन्ने कामना पनि सांसद तबदारले गर्नुभयो ।
समारोहलाई समाजसेवि प्रेम पराजुलि , ब्रह्मकुमारी राजयोगकेन्द्र कंचनबारी शाखाकी दिदि उमा , लगाएतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो । माननिय चुमनारायण तबदार , १ नं प्रदेश सरकार , संघिय सांसद माननिय लालबाबु पण्डित लगायत को सहयोगमा तिन तले राजयोग केन्द्रको भवन बन्न सफल भएको रमारोहमा जानकारी गराईएको थियो ।