Pin It

 

तपाईले घुँघिँ खानु भएको छ रु छैन भने खाने बानि बसाई हाल्नोस किनभने घुँघिँ खानाले शरिरलाई फाइदै फाइदाछ । जण्डिस , ग्यासटिक , आँखाको ज्योति कमजोर , हड्डी कमजोर र शरिरमा आन्तरिक शक्ति कमजोर भएका बिरामिले घँुघिँ खादा ति रोगहरु लाई फाइदा पुर्याउछ ।


घुँघिँ लाइ बिषेश गरि नेपालमा आदिवाशी थारु र राजवंशि जातिहरुले माछा मासुको रुपमा परापुर्वु देखि खाँदै आएको पाईन्छ । तर हाल आएर घुँघिँ सबै जातिले खान थालेको यसका ब्यपारीहरु बताउछन ।
बिषेश गरी तराईका हाट बजारहरुमा समान्य बिक्रि गर्न राखिएको भेटिने घुँघि नेपालको पुर्बि भेगमा मात्र प्रत्येक महिना २० लाख भन्दा बढि कारोबारहुने पाइएको छ ।
नेपालको पुर्बाञ्चल अर्थात प्रदेश नं.१ को सुनसरी , झापा , मोरङ्ग , प्रदेश नं.२ का सप्तरी , सिराह , उदयपुर जिल्लाका बिभिन्न बजारहरुमा बिक्रिहुने घुँघिको मुख्य होलसेल बजार मोरङ्ग जिल्लाको बुढिगंगा गाँउपालिका वार्ड नं.४स्थित कोशी राजमार्ग को नेमुवा चौकमा प्रत्येक हप्ताको मंगलबार र शनिबार लाग्ने गर्छ ।
हरेक मंगलबार र शनिबार नेपाल भारतको सिमावर्ति गाउ बथनाहा निवासि राजेश ऋषिदेब र उनका साथिहरु ५ देखि ७ बोरा सम्म भारतका नदि नालाबाट घुँघि खोजेर ल्याउछन र नेमुवामा नेपालका ब्यापारिहरु लाई होलसेल भाउमा बेच्ने गर्छन ।
सुनसरी दुहबि नगरपालीका वार्ड नं.२ तुताहा निवासि सिता मुखिया र सबिता देवि मलाहा बिराटनगर , दुहबि , ईनरुवा , ईटहरीको बजारमा त्यहि घुँघि बेचेर जिविका चलाउछन । हरेक दिन बजारमा ५० के जि अर्थात एक बोरा घुँघि बेचेर आएको आम्दानीले घर परिवार चलाउने गरेको मलाहा बताउछिन । हामि जस्ता झण्डै दुइ सय जनाको यहि घुँघि बेचेर परिवार चल्छ अर्कि ब्यापारी सिताले थपिन , उनिहरुका अनुसार चालिस देखि पचास रुपैंया प्रति के जि होलसेलमा किनेर त्यहि घुँघि प्रति के जि साठि देखि सत्तरी रुपैंयामा खुद्रा बेच्छन उनिहरु ।
उनिहरुका अनुसार उपभोक्ताले घुँघि मासुको रुपमा मात्र नभएर औषधिको रुपमा पनि खाने गरेका छन । कमलपित्त , ग्यासटिक , आँखाको ज्योति कमजोर , हड्डी कमजोर र शरिरमा आन्तरिक शक्ति कमजोर भएका बिरामिले घँुघिँ खादा ति रोगहरु लाई फाइदा पुर्याउछ भने कुनै प्रकारको माहामारी रोगबाट पनि मान्छेलाई नोगाउने उनिहरु दाबि गर्छन ।
सिमामा भन्सार नलाग्ने र घँुघि भने पछि कसैले चासो नराख्ने भएकाले घँुघिको सिमा पार ब्यापार सहज सरल र नाफा मुखि भएको बथनाहाका ब्यापारी राजेश ऋषिदेव बताउछन ।