बिराटनगर , फाल्गुण २० गते पिता जि कृष्ण प्रसाद कोइराला स्मिृित परिषदले आज बिराटनगरको राष्िट्रय सभागृहमा आयोजित सम्मान समर्पण समारोहमा बिराटनगरका शिक्षासेवि एवं सफल कुटनितिज्ञ गोपाल पेरसाद सर्मा लाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेकोछ ।
समारोहका प्रमुख अतिथि नेपाली काँग्रेशका बिरिष्ठ नेता रामचन्द्र पौडेलले समाज सेवि सर्मालाई दोषल्ला ओढाइ सम्मान गर्दै पिता जि कृष्ण प्रसाद कोईरालाको सामािजक र राजनैतिक योगदानको चर्चा गर्नुभएको थियो ।समारोहलाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले काँग्रेश भित्रको नेताहरुको कलह र गुटबन्दिको कुरा पुन चर्चामा ल्याउनुभएको थियो । काम बिषेशले काठमाण्डौ फर्कन हतार भएको भन्दै समय अगाबै बोलेर हिड्नु भएका नेता रामचन्द्र पौडेल लगायत गुटबन्दीका कुरा उचाल्ने सबै नेताहरुलाई दरिलो जवाफ दिंदै ने का केन्द्रीय सदस्य तथा पुर्बमन्त्रि महेश आचार्यले आसन्न चौधौं महाधिबेषनमा कसैले कसैलाई गालि गालीगलौज नगरि एक ढिक्का भएर जानुपर्ने बेलामा नेताहरु अहिलेपनि एक अर्का लाई पाँडे गालि गर्दै आईरहेका प्रती सचेत हुन चेतावनि दिदैं महािधबेशन नेतृत्व चुन्ने अबसर भएकाले लाखौं कार्यकर्ताले निर्णय गर्ने बेलामा सच्चिन नेताहरुलाई आग्रह गर्दछु भन्नुभयो ।
समारोह लाई नेका केन्द्रीय सदस्यहरु डा सेखर काईराला , अमृत अर्याल , ने क पा केन्िद्रय सदस्य महेश रेग्मी , प्रदेश सभा सदस्य केदार कार्की लगाएतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो । कारेयक्रमको सभापतित्व परिषदका अध्यक्ष अशोक कोईराला ले गनर्ुभएको थियो भने स्वागत मन्तब्य परिषद सदस्य बिश्वनाथ रिजालले गर्नु भएको थियो ।