Pin It

 

बिराटनगर , फाल्गुण २१ गते , बिराटनगर महानगरपालीका वार्ड नं ३ द्घुारा संचालीत ५ दिने स्कुल स्तरीय वडाध्यक्ष कप खेलकुद प्रतियोगीताको उद्घाटन महानगर कि उप मेयर ईन्दिरा कार्कीले आज एक कार्यक्रमका बिच रेफ्रिहरु लाई भलिबल तथा फुटबल हस्तान्तरण गरेर गर्नु भयो ।
बिराटनगर ३ स्थित कुलीफेन क्लबको मैदानमा आज आयोजित ५ दिने स्कुल स्तरीय भलिबल , फुटबल तथा दौड खेलको उद्घाटन समारोह लाई प्रमुख अतिथि उप मेयर ईन्दिरा कार्की , कार्यक्रमका सभापति ३ नं वडाध्यक्ष विनोद बस्नेत र वडासदस्य ईन्दु सुबेदी लगायतले खेलकुद बारे बोल्नु भएको थियो ।
आज भएको पुरुष फुटबल तर्फको उद्घाटन खेलमा कान्तिपुर शिक्षा निकेतन र प्यारागन स्कुल बिच भएको प्रतिष्पर्धामा प्यारागन स्कुलले ०–१ गोलले कान्तिपुर लाई पराजित गरेको थियो भने मालबिका र ज्ञानोदय बिच आयोजित प्रतियोगीतामा ज्ञानोदय टिम अनुपस्थित भएपछि मालविका लाई वाक ओभर दिएको थियो ।