आजको फुटबल खेलमा पोखरीया मा वि र मोडनएरा सेमि फाईनलमा
बिराटनगर , फाल्गुण २३ गते , बिराटनगर महानगरपालीका वार्ड नं ३ द्घुारा संचालीत ५ दिने स्कुल स्तरीय वडाध्यक्ष कप खेलकुद प्रतियोगीताको आज तेश्रो दिन फुटबल तर्फ बिहानको बर्षापछि सम्पन्न खेलमा पोखरीया मा वि र मोडनएरा स्कुल सेमिफाईनल प्रवेश गरेका छन । र्
बिहानको बर्षापछि दिउसो २ बजे सम्पन्न पहिलो खेलमा पोखरीया मा वि ले मालविका बोर्डिङ्ग लाई १—४ गोल अन्तर ले पराजित गर्दै सेमि फाईनल प्रवेश गरेको थियो भने त्यसपछि को दोश्रो खेलमा मोडनएरा र पेरागन विभ भएको खेलमा खेल अबधिभर कुनै गोल हुन नसकेपछि टाईब्रेकरमा मोडन एराले पेरागनलाई २—१ गोलले हराउदै सेमि फाईनल प्रवेश गरेको थियो ।
त्यसैगरी आजै भएकोछात्र तथा छात्रा एक सय मिटर दौड र दुई सय मिटर दौड प्रतियोगीतामा , एक सय मिटर छात्र तर्फ पोखरीया मा वि का सुदिप उँराब ले प्रथम , पोलस्टारका गौतम राजवंशिले द्धितिय र कान्तिपुर शिक्षा निकेतनका नितेश यादबले त्रितिय स्तान प्राप्तगरे भने छात्रा तर्फको एक सय मिटर दौडमा पोखरीया स्कुलकी पुजा साहले प्रथम , पेरागनकी भाबना खड्काले द्धितिय र मोडनएराकी रचना दहालले त्रितिय स्थान प्राप्त गरेका थिए ।
त्यसै गरि आजै सम्पन्न दुई सय मिटर दौडमा छात्र तर्फ पेरागनका आशिस सुन्दास ले प्रथम , पोखरीया मा वि का रोहन गोसाई ले द्धितिय र कान्तिपुर शिक्षा निकेतनका विकाश राजवंशिले त्रितिय स्थान प्राप्त गरे भने छात्रा तर्फ पेरागनकी सविता रजवंशिले प्रथम , मालविका कि सुरक्षा ओझाले द्धितिय र पोखरीयाकी सरु कोईराला त्रितिय भएका थिए ।