बिराटनगर , फाल्गुण २२ गते , बिराटनगर महानगरपालीका वार्ड नं ३ द्घुारा संचालीत ५ दिने स्कुल स्तरीय वडाध्यक्ष कप खेलकुद प्रतियोगीताको आज दोश्रो दिन पुरुष फुटबल तर्फ आज बिहान सम्पन्न खेलमा ज्ञान सारथि विधालयले ए वान क्वालिटि स्कुल लाई २–० गोलले पराजित गरेको थियो ।
त्यसैगरी हिजो संचालित पुरुष भलिबल तर्फ प्यारागन र पोखरीया स्कुलविच भएको प्रष्पिर्धामा पोखरीया स्कुल ले जित हात पारे पनि पोखरीयाले प्लस टु को विधार्थि लाई खेलाएको दावि परी प्रमाणीत भएकाले पोखरीया लाई डिस्क्वालिफाइ गरिएको ३ नं वडासदस्य एवं खेल संयोजक कैलाश भट्टराईले जानकारी दिनुभयो । त्यसैगरि पुरुष तर्फकै अर्को भलिबल खेलमा मोडन एरा र पोलस्टार बिच भएको प्रतिष्पर्दामा मोडन एराले पोलस्टारलाई हराएको थियो भने मोडनएरा र मालबिका बिच भएको अर्को भिडन्त जितेर महिला तथा पुरुष दुबै तर्फ मोडनएरा फाईनलमा प्रवेश गरेको ३ नं वडासचिब जोगेन्द्र चौधरी ले जानकारी दिनेभयो ।
संयोजक भट्टराईका अनुसार महिला भलिबल तर्फ मोडनएरा प्रथम , प्यारागन द्धितिय र पोखरीया त्रितिय भएकाछन भने पुरुष भलिबल तर्फ मोडनएरा नै प्रथम , पोलस्टार द्धितिय र प्यारागन त्रितिय भएका छन ।