Pin It

बिराटनगर , चैत्र १६ गते सरकारले लकडाउनको समय बढाउने तयारी थालेपछि बिराटनगर महानगरपालीका र यसका १९ वटै वडाहरुले पनि राहत ब्याबस्थापनको तैयारी थालेका छन ।
त्यसैगरी बिराटनगर वार्ड नं. ३ का वडाध्यक्ष बिनोद बस्नेतको अध्यक्षतामा बशेको वडा स्तरीय बिपत ब्याबस्थापन समितिको बैठकले महानगरको निर्दैशन बमोजिम हरेक वार्डलाई २० देखि ३० घरको युनिटमा बिभाजन गरी हरेक युनिटमा एकजना भरपर्दो टिमलिडर सहित पाँचजनाको युनिट एक्सन टिम बनाई वडामा बिदेशबाट आएका ब्याक्ति र तिनको संख्या यकिन गरी प्रतिबेदन तयार गर्नै जिम्मेवारी दिने र्निणय गरेको छ।


वडा सचिब जोगेन्द्र विश्वासका अनुसार सोहि टिमले विदेशबाट र्फकेकाहरुलाई परिवार संग दुरि कायम गर्दै १४ दिन सम्म आफ्नै घरमा होम क्वारेन्टाईन बस्न लगाउने यदि सम्भब नभए महानगरले आयोजना गरेको कवारेन्टाईनमा बस्न लगाउने लगायतका काम गराउने छ ।