जहिले पनि संचार माध्यमलाई प्रयोग गरेर झुठको राजनिति गर्न चाहने बेलका नगरपालीका का मेयर लाई भुनौति दिंदै काँग्रेशका युवानेता लबराज अधिकारीले लेखे खुल्लापत्र पढ्नोस जस्ताको तस्तै ः
आदरणीय सत्ता पक्ष तथा प्रतिपक्षी प्रमुख ज्यु
यो संकटको घडीमा सामाजिक सञ्जालमा दन्तबझान गरि आरोप(प्रत्यारोप गर्नु सर्वथा सान्दर्भिक हैन । बेलका नगरपालिका
यति बिशाल भइसकेछ कि वहालवाला मेयर सा’बले प्रतिपक्षी छायामेयर सा’बसँग भेट्न समय मिलाउनु पर्ने ? समस्या सरकार पक्ष र प्रतिपक्षको हैन, समस्या आम नेपाली नागरिकको हो । समस्या महामारीको हो । वहालवाला मेयरसा’बले मात्र नगरको समस्या देख्ने, अरुले नदेख्ने हुन सक्दैन । प्रतिपक्षले उठाएका नगरवासीका दुस्ख र पीडाका आवाजहरुलाई खाली प्रतिपक्षको बिरोध ठान्ने ‘ओली प्रवृत्ति’ हटाउनु पर्यो । कार्यस्थलमा भन्दा बढी समय सामाजिक सञ्जालमा खर्चनु र प्रतिपक्षको सचेततालाई दन्तेबझान रुपी ठाडो कमेण्ट गर्नु सस्तो लोकप्रियता र प्रचार(प्रसारको भ्रम भन्दा बाहेक केहि हुन सक्दैन । अधिकार मात्र हैन मेयरसा’ब जिम्मेवारी, कर्तब्य र उत्तरदायित्व पनि निर्वाह गर्नुस । नगरको विकास मात्र हैन नागरिकको सुरक्षा र अधिकारको पनि प्रत्याभूति हुनु पर्छ । प्रतिपक्ष मात्र एउटा कार्यालय कोठा र छायाँ कुर्सीको भोको हैन, जिम्मेवारीपूर्वक ढंगले जनताको सुखदुस्खमा साथ दिन, होस्टेमा हैंसे गर्न सर्वथा तयार छ । आधुनिक प्रविधिको जमानामा प्रतिपक्षलाई कार्यालय र कुर्सी राख्न एउटा पत्र काट्नुलाई नै उपलब्धी ठानी गैर(जिम्मेवार अभिव्यक्ति दिनु शोभनिय हुदैन । तपाईं नेकपाको मात्र मेयर हैन, बेलकाबासी विभिन्न राजनैतिक आस्था राख्ने, विविध पेशाकर्मी, व्यवसायी लगायत आम नागरिकको मेयर हो । यस्तो संकटको घडीमा सामाजिक सञ्जालमा आउने तपाईका गैर(जिम्मेवार र सस्ता स्टाटसहरुले जनतालाई ढाँट्न सक्छ तर संकटबाट जोगाउन सक्दैन । संघीय सरकारले आह्वान गरेको लकडाउनमा जनताले साथ दिएका छन र दिनु पर्छ तर लकडाउनको प्रभावले दैनिक रोजगारी गरी रोजीरोटी गर्ने श्रमजीविको चुल्हो लकडाउन नगराउन नगर प्रमुखको हिसाबले तपाईंको कार्ययोजना के छ ? औषधी लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको सहज उपलब्धतामा यहाँले जनतालाई कसरी आश्वस्त पार्न सक्नु हुन्छ ? स्वास्थचौकी, औषधालय लगायत इमरजेन्सी सेवा प्रदायक संस्थाहरु चौबिसै घण्टा उपलब्ध रहनु पर्ने हैन र ? एउटा स्थानिय छायाँ सरकारको प्रमुखले सम्पर्क गर्न चाहँदा त हुन सक्दैन भने सर्वसाधारण जनताको हविगत के होला ? कृपया आफू र आफ्नो मातहतका श्रोत र संयन्त्रलाई सबल र सर्बसाधारणलाई पहूँचयोग्य बनाउनुस् । तपाईंहरु दुबै प्रमुखहरु (सत्तापक्ष र प्रतिपक्ष) अबिलम्व फोन सम्वादमा जोडिनुस् र जनताको विपत्तिमा जस(अपजस र हानाथापको ख्याल नगरी जनताको राहतमा जुट्नुस् । राजनैतिक कार्यकर्ताको पगरी झिकेर तपाईंहरुको होस्टेमा हैंसे गर्न हामी सर्वथा तैयार छौं ।
जय नेपाल ।
लभराज अधिकारि
बेलका नगरबासि