Pin It


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई बम्पर प्याकेज दिएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ । राष्ट्र बैंकले आजै ९आइतबार नै० सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने
चैत मसान्तभित्र असूल गर्नुपर्ने मासिक र त्रैमासिक किस्ताहरुको ९क्रेडिट कार्ड समेत० भुक्तानी २०७७ असार सान्तसम्ममा हुने व्यवस्था मिलाउनुपर्ने छ । सो किस्ताको हकमा कुनैपनि किसिमको थप शुल्क वा हर्जना लिन नपाइने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ । किस्ता असूल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गिकरण नपर्ने राष्ट्र बैंकले जनाएको छ ।
पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने
‘यस
त्यसैगरी राष्ट बैंकले चैत मसान्तसम्ममा नवीकरण नभएको कर्जालाई शुक्ष्मी निगरानीमा राख्न नपाइने व्यवस्था गरेको छ ।
त्यस्तै, चैत मसान्तसम्ममा भुक्तानी अवधि तोकिएको सबै प्रकारका चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने परिपत्रमा उल्लेख छ ।