बिराटनगर , चैत्र २० गते , बिराटनगर महानगरपालीका मा लकडाउन उल्ल्ंघन हुने गरी ठाँउ ठाँउमा साँझपख भिड बढ्नथाले पछि नियन्त्रण गर्न मोर∙ प्रहरीको अगुवाईमा महानगरका वडाहरु संग मिलेर प्रहरीको साथि म अभियान सुरु गरीएकोछ ।
सोहि अभियान अन्तरगत आज बिराटनगर वार्ड नं ३ र जिल्ला प्रहरी मोरड्डको आयोजनामा स्थानिय १० जना युवाहरु रमेश गुरुड्ड , विशाल खतिवडा , अंकित पोख्रेल , नकुल मगर , दिपेश भट्टराई , सविन भट्टराई , निरञ्जन ढड्डगाना ,सन्तोष शर्मा , टिका प्रसाद पराजुली, र मुकेश थापामगरलाई प्रहरीको साथि म लेखिएको गन्जि मास्क र पंजा प्रदान गरीएको थियो । बिराटनगर ३ का वडाध्यक्ष विनोद बस्नेत र जिल्ला प्रहरी कार्यालय मोरड्डका प्रहरी निरीक्षक ऋषिराज ढकाल ले युवाहरुलाई अहिलेको अबस्थामा दिईएको जिम्मेवारीले राष्ट्र र जनता प्रति जिम्मेवार बनाउन सिकाउने बताउनु भयो सो कार्यक्रममा वडा सचिब जोगेन्द्र विश्वास वडा सद्यस्यहरु कैलाश भट्टराई,ईन्दु सुबेदी , फुलसरी परीयारको पनि उपस्थिति रहेका ेथियो । प्रहरी निरिक्षक ढकालका अनुसार प्रतयेक वार्डमा १० जना युवालाई यस अभियानमा सहभगी गराउने र बिराटनगरका सबै वार्डमा अभियान लैजाने बताउनु भयो । हेर्नुस फोटो फिचर ः