काठमाडौं– नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको जानकारी दिए । त्यही जहाजमा चैत ४ गते आएका दुई जनामा यसअघि नै कोरोना पोजेटिभ देखिएको थियो ।