काठमाडौ । सरकारले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप हुने निश्चित भएको छ । कोरोनाका छैटौं संक्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाउने भएको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँदैछ ।
बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा समेत मन्त्रहरुबीच अनौपचारिक रुपमा लकडाउन बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । लकडाउन नबढाए कोरोनाले ड रलाग्दो रुप लिनसक्ने भएकाले बरु केही दिन लम्ब्याएर सावधानी अपनाउँ भन्नेमा धेरैको एकमत भएको छ ।
एक मन्त्रीका अनुसार वैशाख ५ गतेसम्मका लागि लकडाउनको अवधि बढाउन समितिले मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने विषय एकमत भइसकेको छ तर निर्णय हुन बाँकी छ । सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । साथै औद्योगीक प्रतिष्ठानलाई शसर्त खुल्न दिने ठूला परियोजनाहरुको काम सुचारु हुन दिनेमा केही खुकुलो गर्ने सरकारको योजना छ ।