Pin It

 


काठमाडौँ
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन् । पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन् ।
आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।


उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए । ‘सबै मन्त्रीहरूलाई प्रचण्डले निवासमा डाक्नु भएको छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषदबाट राजीनामा दिने निर्णय हुन सक्छ।’

पार्टी फुटाउने षड्यन्त्र भयो स् पूर्वमाओवादी

सत्तारुढ नेकपाको पूर्वमाओवादी समूहले प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउने षड्यन्त्र गरेको निस्कर्ष निकालको छ ।
मुलुक कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको महामारीविरुद्ध लडिरहेका बेला अकस्मात पार्टी विभाजन गर्ने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याइनुलाई आश्चर्यजनक भनेको छ । पूर्वमाओवादीका एक स्थायी समिति सदस्यले ओलीले पार्टी एकता भंग गर्न खोजेको आरोप लगाए । ‘पार्टीमा कुनै छलफल छैन । देश महामारीविरुद्ध एकजुट भएर लड्नपर्ने बेलामा हठात पार्टी विभाजनको कानून ल्याउन खोज्नु षड्यन्त्र हो’, ती नेताले भने, ‘यसले राम्रो सन्देश जाँदैन ।’
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा ओलीले दल विभाजसम्बन्धी अध्यादेश संशोधनको प्रस्ताल ल्याएका थिए । यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था परिवर्तन गर्ने प्रस्ताव ल्याएका थिए । पछिल्लो समय नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढेको थियो ।