विराटनगर — विराटनगर महानगरपालिकाले अन्यत्रबाट यहाँ आएर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्यााउन उनीहरुको लगत संकलन सुरु गरेको छ । उनीहरु घर जान चाहे घरसम्म महानगरले नै पुर्यायउन र घर नजानेलाई लकडाउनको अवधिभर खाद्यान्नको व्यवस्था महानगरले गर्ने तयारी गरेको छ ।
महानगरले १९ वटै वडामा डेरामा बस्ने मानिसको तथ्यांक संकलन सुरु गरेको छ। वडा ३ का अध्यक्ष विनोद बस्नेतले भने सबै वडामा डेरामा बस्नेको तथ्यांक संकलन सुरु गरिएको र उनीहरुमध्ये लकडउनका कारण घर जान नपाएकालाई महानगरले घर पुर्यााउने व्यवस्था गर्ने छ।
वडा ३ मा बुधबार मात्र ३० जना डेरामा बस्ने घर जान पाऊँ भन्दै आएका छन्। हरेक वडामा घर जान पाऊँ भन्दै नाम टिपाउनेको संख्या बढ्दै छ। केही लकडाउनमा यही बस्ने पनि पाइएको छ। बस्नेतले भने महानगरले घर जान इच्छुकलाई घर पुर्याउइदिने र यही बस्न चाहानेलाई खाद्यान्नको व्यवस्था गर्ने तयारी गरेको छ। उनका अनुसार काठमाडौं, भोजपुर, सोलुखम्बु, सिरहा, सप्तरी र ओखलढुङगा जानेको संख्या बढी छ।