अमेरिकी वैज्ञानिकहरुले म(हामारीका रुपमा विश्वभर फैलिएको को(रोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर सं(क्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको को(रोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ ।
औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक अ(सर वालस्ट्रिट सहित विश्वको शेयर बजारमा देखिएको छ । अमेरिकामा एक दशकयताकै सबैभन्दा ख(राब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो वि(श्वयुद्ध पछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।
को(रोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको नि(धन भइसकेको छ । यहीबीच को(रोनाभाइरस म(हामारी फैलिएपछि पहिलोपटक विश्व स्वास्थ्य संगठनको आ(पतकालीन समितिको बैठक पनि यही बिहीबार बस्दैछ । रेमडेसिभर नामको औषधिको क्लिनिकल प(रीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ । हालसम्म यो औषधि नै नयाँ को(रोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ ।
अमेरिकी इ।पि।डि मियोलोजिस्ट डा।एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताउनुभयो । यो औषधि इ(बोला भा(इरसका बिरामीका लागि भने असफल देखिएको थियो ।यही औषधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन । विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो । उहाँले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताउनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आ(लोचना गरिरहनु भएको छ । धेरै विज्ञहरुले अमेरिकामा भा(इरसको प्रसार रोक्न राष्ट्रपति ट्रम्प असफल भएपछि मानिसको ध्यान अन्यत्र मोड्न विश्व स्वास्थ्य संगठनमाथि आ(रोप लगाएको बताएका छन् । पछिल्ला विवरण अनुसार विश्वभर को(रोना भाइरसबाट ३३ लाख ८ हजार मानिस सं(क्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको नि(धन भएको छ ।
को(रोना असरः अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले खुम्चिने अनुमान विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक ९अप्रिलदेखि जुन महिनासम्म० मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा को(रोनाभइरसको सं(क्रमण नियन्त्रण गर्नेक्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको उल्लेख छ ।
को(रोनाभाइरसका कारण सन् १९३० को दशकयताकै यो सबैभन्दा ठूलो संकुचन हो । यो संकुचनलाई ठीक ठाउँमा ल्याउन वर्षौं लाग्ने अनुमान गरिएको छ । जनवरीदेखि मार्च महिनासम्मको अवधिमा अमेरिकी अर्थतन्त्र झण्डै ४।८ प्रतिशतले घटेको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम एच पावेलले को(रोनाभाइरसका कारण धेरै अमेरिकी घरभित्रै रहनु पर्ने भएकाले अमेरिकाको अर्थतन्त्र दोस्रो चौमासिकमा अरु ख(राब अवस्थामा पुग्ने सं(केत गर्नु भएको छ ।
दुई करोड ६० लाखभन्दा बढी अमेरिकीले यसअघि नै रोजगारी गुमाइसकेका छन् भने बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या हरेक दिन बढ्दै गएको छ । बिहीबार बेरोजगारी भत्ताका लागि आवेदन दिनेको नयाँ विवरण पनि सार्वजनिक हुँदैछ । पावेलले हालको आर्थिक सं(कटमा सुधार ल्याउन समय लाग्ने बताउँदै अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कंग्रेस र केन्द्रीय बैंकले पर्याप्त कार्य गर्न नसके अर्थतन्त्रमा निकै जो(खिमपूर्ण दिर्घकालीन असर पर्ने जानकारी दिनुभयो ।
अमेरिकाका धेरै पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । ग्राहक र आम्दानीको अभा(वमा हप्तौं टिक्न यी व्यवसायलाई कठिन छ, र आर्थिक मद्दत बेगर यिनीहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछन् । विश्लेषकहरुको भनाईमा दोस्रो चौमासिकमा अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले घट्नेछ । नोबेल पुरस्कार विजयी अर्थशास्त्री पल रोमर सबै अमेरिकी नागरिकको को(रोनाभाइरस परीक्षण गर्न अमेरिकी प्रशासनले १०० अर्ब डलर खर्च गर्नु पर्ने बताउनुहुन्छ ।
हालसम्म करिब २ प्रतिशत नागरिकको मात्र परीक्षण गरिएको छ । रोमरले भन्नुभयो, “यो समस्या सुल्झाउन सकिन्छ, र यसका लागि १०० अर्ब डलर खर्चिनु पर्छ । यो कार्य त्यति क(ठिन होइन ।” कयगचअभ तबवबउबतचष्पब।अयm