विराटनगर, जेष्ठ ७ गते हरेक सिजनमा उनि लक्ष्मण महतो ६ देखि १० लाखको टमाटर मात्र बेच्थे यस पटक लकडाउनका कारण ६ लाखको टमाटरमा आधा टमाटर उनको कुहिएर गयो ।
विराटनगर महानगरपालीका वार्ड नं. ४ को इक्राहिमा विगत ३ वर्ष देखि दुइ विगाह दश कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेति गर्दै आएका लक्ष्मण महतोका छोरा २१ वर्षे मनोज महतो पनि कक्षा १० पास गरेर वावुलाई नै तरकारी खेतिमा सघाउँदै आइरहेका छन् उनि भन्छन लकडाउनमा भारतिय तरकारी नेपाल आउन बन्द गरिदिएको भए हाम्रो तरकारी कुहिदैन थियो ।
सरकारको अन्योलता र अब्यावहारीक नितिका कारण नै यो सिजनमा नेपाली तरकारी कृषकहरु भारतिय तरकारीबाट ठगिनु परेको महतोका वावुछोरा बताउछन टमाटर वजारमा निश्कने बेलामा लकडाउन हुनु, नेपाली तरकारी विक्रेताको तरकारी वजारसम्म जान नदिनु याद वजार पुगेपनि भारतिय विषादियुत्त टमाटरको अगाडि नेपाली टमाटर महंगो हुनुले विक्रि नभएर कुहिएको मनोज बताउछन् प्रतिवर्ष २५ देखि ३० टन टमाटर मात्र उत्पादन गर्ने लक्ष्मण मात्र होइन भारतिय तरकारीका कारण ठगीने यो क्षेत्रमा सयौं नेपाली कृषकहरु अब कसरी उक्सिनेहुन बेलैमा सरकारको ध्यान पुग्न जरुरी छ ।