Pin It

 


बिराटनगर, जेष्ठ २ गते , नेपाली काँग्रेश केन्द्रिय कार्यालयले तय गरेकै समयमा ७७ वटै जिल्ला बाट प्रधानमन्त्रि लाई प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउनु भन्ने निर्देशन मुताविक मोर∙ काँग्रेशले पनि आज अपरान्न १ बजे मोरङ्गका प्रमुख जिलला अधिकारी मार्फत २२ बुँदे ज्ञापन पत्र प्रधानमन्त्रि के पि ओली लाई बुझाएको छ ।


मुलुक कोरोना महामारीले आक्रान्त भएका बेला के पि ओली सरकारले जनता र राष्ट्रकै मतलब नगरी भ्रष्टाचारमा तल्लीन रहेको , लक डाउनका बेला स्व स्फुर्त सरकारको बिरोधमा उत्रिएका युवाहरु लाई दमन गर्न थालिएको ,सथे स्थानिय क्षेत्रमा क्वारेन्टाइन र आइसोलेशनको स्तरीय ब्याबसथापन नभएको , लकडाउनका बेला जनता लाईराहत उपलब्ध गराउनुको ंसट्टा राहतमा समेत अनियमितता गरेको , र मोरड्ड जिल्लाको उतरपुर्वि क्षेत्रमा रहेको ऐतिहासिक मंगलबारे अस्पताल लाई ट्रमा सेन्टर बनाउने नाममा कम्युनिष्ट नेताको नाममा नामाकरण गरिएको लगाएत का केन्द्रिय र स्थानिय गरी जम्मा २२ बुँदा माग समाबेश गरेर ज्ञापनपत्र तटार गरी आज बुझाएको हो ।
अपरान्न १ बजे नेपाली काँग्रेश बिराटनगर नगर ंसमितिको कार्यालय बाट निश्किएको जुलुस जिल्ला प्रशासनको कम्पाउण्ड भित्र प्रबेश गरी पार्टीका मोरड्ड जिल्ला सभापति डिग बहादुर लिम्बुले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।