Pin It


प्रस्तुत छ सुनसरी जिल्लाको दक्षिण पुर्वी गा.पा. वर्जु गा.पा. वार्ड नं. ५ का वडाध्यक्ष किशोर चौधरी सँग विकास निमार्ण र कोरोना प्रकोपमा केन्द्रित भएर परिर्वतन खबर डट कमले गरेको कुराकानीको सार संक्षेप ः

१. स्वागत छ किशोर जी परिर्वतन खबर डट कम मा ।
Ò नमस्कार, तपाइलाई पनि स्वागत छ ।
२. तपाइहरु जनप्रतिनिधि भएर आएको करिब ३ वर्ष हुन लाग्यो के फरक पाउनु भयो आफु सतामा वस्नु भन्दा पहिला र अहिले वशीसकेपछि ?


Ò हेर्नुस, जन निर्वाचित हुनु भन्दा पहिला र अहिले मा धेरै फरक भएको छ । किनकी वर्जु गाउँपालिका वार्ड नं. ५ पहिलेको अमाहि वेल्हा गा.वि.स. जुन किसिमको विकाश निर्माणको काम हामी निर्वाचित भएर आइसकेपछि द्रुत गतिमा भइ रहेको कुरा सर्वविधितै छ तपाइहरुलाई पनि अनुभव छ ।
३. तपाइहरु भन्दा पहिला २० वर्ष देखि खाली थियो यो कुर्सि,२० वर्ष मा कस्तो अवस्था रहेको थियो विकाश निर्माणको, कुर्सि मा आए पछि कस्तो अनुभव गर्नु भयो ?
Ò त्यतिवेला जननिर्वाचित प्रतिनिधि विहिन अवस्थामा सात दलको संयन्त्र मार्फत याहाँ काम भइरहेको थियो । र वास्तवमा म कुर्सि मा आइसकेपछि पदस्थापन भइसकेपछि वडाध्यक्षमा अहिले धेरै अनुभुति गरिरहे छौं किन भने देखि विकाश निर्माणका काम शिक्ष, स्वास्थ्य देखि लिएर हरेक थोकमा हामीले धेरै कुरा सिकने र अनुभव गर्ने भौका पायौ, र विकाश निर्माण सहित सवै क्षेत्रको विकाशलाई लिएर अहिले द्रुत गतिमा अगाडी वढी रहेका छौं ।
४. ठिकै छ विकाश निर्माणका काम त द्रुत गतिमा भएका छन, स्वत स्फुर्त, तपाइ कुर्सिमा हुनुहुन्छ, तपाइले स्विकार्नै पर्छ द्रुत गतिमा मैले गरे भनेर भन्नै पर्छ, त्यो कुरा जनताले भन्छन कि भन्दैनन भोलीको विषय हो । तपाइलाई कम्पेयर म के सोध्दैछु भने तपाइहरु यो कुर्सिमा वस्नु भन्दा अगाडि २० वर्ष जुन खाली अवस्था थियो त्यो वेलाको विकाश निर्माणको वजेट र अहिले तपाइहरु कुर्सिमा वसि सकेपछि को वजेट र अहिले तपाइहरु कुर्सिमा वसिसकेपछिको वजेटलाई कम्पेयर गर्दा जति गर्नु पथ्र्यो त्यति गर्न सकिराको छुइन जस्तो लाग्दै ?
Ò लाग्दैन, लाग्दैन त्यति वेला गा.वि.स. हुदैखेरी वजेट सिलङ कम्ति थियो र अहिले यो गाउँपालिका हुँदा खेरी वजेट हामीलाइ वढी आएको छ, सहि कुरा हो वास्तवमा जुन हिसावले वजेट हामीले पाएका छौं विकाश, निर्माणका काम पनि त्यहिसावले गरेका छौं र त्यति वेला पनि वजेट आउँथ्यो तर त्यतिवेला देखिदैन थियो होला, विकाश निर्माणका काम गर्थे होला तर त्यति वेला देखिदैनथ्यो, अहिले हामीले एकदम पारदर्शी तरिकाले काम गरेका छौं, अगी तपाइले भन्नु भयो वास्तवमा गरेको काम छुपदैन जनताले पनि अनुभुती गरेको छ, जनताले भोलीको दिनमा राम्रो हामीलाइ जनादेश दिने छन भन्ने मलाइ विश्वास छ ।
५. हैन किशोर जी तपाइ ५ नं. वार्डको वडाध्यक्ष भएको नाताले राम्रो काम गर्नु भयो होला तर गाउँपालिका भरिनै राम्रो काम भएको छ भनेर तपाइ दावाका साथ भन्न सक्नु हुन्छ ?
Ò एकदम हेर्नुस यो कुरा नकार्न सकिन्न प्रत्येक वार्डमा वडाध्यक्ष ज्यूले अहोरात्र खटेर हरेक सेक्टरमा वहाँहरु पनि राम्रो काम गरिरहनु भएको छ । म भन्दिन की मेरै वार्डमा राम्रो विकाश भयो, सवै वार्डमा भएको छ यसमा नकार्ने होइन , तपाइ पनि एउटा पत्रकार भएर प्रत्येक वार्डमा जानुभयो होला प्रत्येक टोल टोलमा जानुभयो होला, वास्तवमा पहिला विकट र दुर्गम लाग्ने ठाउँहरु पनि अहिले सुगम वनिरहेको छ । कति ठाउमा वाटो घाटो थिएन माटो पुरेर ग्राभेलको काम भइरहेछ, पुल पेलेसा थिएन, कलभर्ट थिएन, त्यहाँ पुल, पुलेसा कलभर्ट पनि वनिरहेको छ । केहि वार्डहरुमा कालोपत्र पनि भइरहेको छ हाम्रो ५ नं. वार्डमा भने हाइवे छुने सडकहरु कालोपत्रे गर्ने लक्ष्य राखेका थियौं ति सवै सडकहरु कालोपत्रे गरि सकेर लक्ष्य पुरा गरेकाछौं ।
६. अर्थात लक्ष्य अनुसारको प्राप्ती भइसकेको छ ।
Ò एकदम, एकदम स्वभाविक कुरा हो आशा गरेको अनुपातमा हामीले लक्ष्य प्राप्त गरी सकेका छौं र सन्तोष पुर्ण छौं ।
७. वर्जु गाउँपालिकाको वजे.ट चाँहि वाटो, पुल, पुलेसो र कलभर्टका लागि मात्र खर्च गरिएको हो ?
Ò वजेट सिलिङ्ग गर्दा हामीले सवै सेक्टर लाई समेटेर गरेका छौं पुल, पुलेसो मात्र होइन जस्तो की भौतिक पुर्वाधारमा यो गाउँपालिका पिछडिएकोले २ वर्ष अघि हामीले वजेट ६०÷४० गरेका थियौं ६० प्रतिशत स्वास्थ्य, शिक्षा कृषि र अन्य ४० प्रतिशत भौतिक पुर्वाधारमा खर्च गरेका थियौं यस पालीको वजेटमा हाम्रो वढी जोड कृषि, स्वास्थ्य र शिक्षातिर लगाइ रहेका छौं ।
८. याहाँहरुको ३ वर्षे कार्यकाल वितिरहँदा २०७६ साल चैत्र ११ गते देखि कोरोना भाइरसको महामारीका कारण मुलुकमा लकडाउन भयो चैत्र ११ गते देखि यता र त्यो भन्दा अगाडीको अवस्थालाई कसरी दाँजेर हेर्नुहुन्छ तपाई ?
Ò विश्वनै कोरोनाको महामारीमा परेको छ । नेपाल राष्ट्र देखि लिएर स्थानिय स्तर सम्म हामी पनि धेरै पिडित छौं । किनकी वास्तवमा चैत्र ११ गते देखि हामी कोरोनाको प्रकोप त पहिला देखि नै थियो, अरु अरु राष्ट्रमा अरु देशमा हामी सुन्थयौं तर नेपालमा भित्रि सकेपछि चैत्र ११ गते देखि हामीहरु यति सक्रियता साथ प्रत्येक टोल टोलमा भएर माक्स वितरण गर्ने, सावुन वितरण गर्ने, राहत वितरण गन, हामी धेरै खटेका छौं र चिन्तित छौ कि जनतालाई त्यति गर्दा गर्दा पनि राम्रो साहनुभुति दिन सकि रहेका छैनौं ।
९. के वजेटको अभाव ले ?
Ò एकदम वजेटको अभावले । भन्नु हुन्छ विकाश निर्माणका वजेट समेत गरेर हामीले हाम्रो ५ नं. वार्डको तर्फवाट मात्र गाउँपालिकाको कोरोना कोषमा १ठ लाख रुपैया दिएका छौं यसपालीको वजेट वाट ।
१०. २०७६ चैत्र ११ देखि यता र त्यो भन्दा अगाडी विकाश निर्माणका कामहरु जसरी भइरहेका थिए त्यसरी नै भइरहेका छन् होला ?
Ò एकदम विकाश निर्माणका कामहरु हाम्रो पुष देखि नै थालनी भएको थियो । ठाउँ ठाउँमा काम भइरहेको थियो जतिवेला द्रुत गतिमा काम अगाडी वढाउनु पर्ने हो, त्यहि वेला कोरोना भाइरसले गर्दा विकाशका काम केहि महिना हाम्रो ठप्प रहयो । त्यसपछि जेष्ठ ११ गते देखि फेरी हामीले विकाश निर्माणका काम सुरु गर्यो र आजको दिन सम्म करिव करिव ९५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं ।
११. याहाँले भन्नु भयो १७ लाख रुपैयाँ कोरोना नियन्त्रणका निम्ति ५ नं. वार्डले मात्र दियांै भनेर भन्नु भयो तपाईको ५ नं. वडा चाँहि कोरोनाले कतिको प्रभावित र पिडित छ ?
Ò साँच्चै भन्नुहुन्छ भने वास्तवमा ५ नं. वार्ड वाहिर वाट आएको मान्छेहरुलाई अहिले भर्खरै याहाँले हेरीहाल्नुभयो मलेशियाबाट एकजना भाई आउनु भएको रहेछ भर्खरै चिठि दिएर होल्डीङ्ग सेन्टर चतरावाट वहाँलाई ल्याउँदैछौ, याहाँको जनतामा कोरोना छैन, याहाँ कोरोना रोगले होइन यो लकडाउनले जनता पिडित छन । गरीखाने वर्गको जनतालाई यो लकडाउनले पिडा दिएको छ।
१२. भने पछि तपाई पनि यो लकडाउन को पक्षमा हुनुहुन्न ?
Ò नेपालको परिस्थितिनै यस्तो छ कि पहिला जनता वाँच्नु पर्यो । जनताको जिवन निर्वाह राम्रो हुनु पर्याे अव लकडाउनको पक्षमा भन्ने होईन सरकारको निति नियम अनुसार हामीले पनि चल्नुपर्छ भन्ने भैले निश्वास लिएको छु।
१३. अहिले सम्म वर्जु गाँउपालिकामा कोरोना संक्रमणको के स्थिति हो बताई दिनु ुन?
Ò वर्जु मा वसोवास गर्ने मान्छेमा कोरोना भेटिएको छैन । वर्जु वाहिर भारत र समुन्द्र पारिको देशबाट आउनेहरुमा कोरोना भेटिएको छ । वर्जु गाँउपालिकामा समुन्द्र पारबाट ५ देखी ७ जना मात्र अई पुगेको छ । भारतवाट र नेपालको विभिन्न ठाँउबाट १६४ जना यहाँ आएका रहेछ । त्यसमा हामीले १४५ जना लाई डिस्चार्ज गरेर पठाई सकेकाछौ । दिल्लि र हरियाणा वाट आएको ५ जनालाई पोजेटीभ भेटिएको र यो पोजेटीभलाई पनि आइसुलेसनको लागी हामीले गोठगाँउ मा पाठाएका थियौं । त्यसमा पनि चारजना निको भएर घर आइसकेको छ १ जना मात्र वाकी छ केहि दिनमा निको भएर उ पनि घर आउछ भन्ने विश्वास छ।
१४. भने पछि वर्जु गाँउपालिका को भुमिमा चाँहि कोरोना छैन ?
Ò छैन छैन याहाँ भएको मान्छे लाई छैन वाहिर वाट आएको लाई भएको ले हामिले वहाँहरुलाई राम्रो । रेख देख र व्यवस्थापन मिलाएका छौ । हामी वर्जु गाँउपालिका वडा अध्यक्षहरु डाक्टर, जनप्रतिधि सम्पूर्ण कर्मचारी भएर एकदमै खबरदारी गरेका छौ । वाहिर बाट आउनेहरु लाई क्वारेन्टाइन राख्ने पि..िआर.टेष्ट गराउने सवैकाम हामी गरिरहेको छौ ।
१५. अन्त्यमा अध्यक्ष ज्यु वडावासी जनतालाई कोही भन्नुहुन्छ ?
Ò म वडावसी जनतालाई कोरोना भाईरशको महामारीको हल्ला र लकडाउनले यहाँँ जनता धेरै पिडित छन । अहिले खेतिपातिको सिजनमा पनि राम्रो मल विउहरु उपलब्ध भइरहेको छैन । जनता त्रसित छन कि भोली को दिनमा के हुने हो । यहाँको जनतालाई म के अग्रह गर्न चाहन्छु भने आफुमा सामाजीक दुरी कायम राखेर धैर्य धारण गरेर वस्नोस सवै विस्तारै ठिक हुन्छ ।