Pin It

 

बिराटनगर, असार १८ गते, बिराटनगर महानगर पालिका वार्ड नं ४ घर भइ अमेरीका बस्नुहुने समाजसेवि मनोज गौतमले लकडाउनका कारण आपतमा परेकाहरु लाईपुन राहत बितरण गर्नुभएकोछ ।


दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई लकडाउनले रोजगारी नपाएर खान सम्म गारो भएपछि आफुलाई टेलिफोन मार्फत जानकारी गराएको ले आफुले गाउले साथि भाईहरु लाई सकेसम्म सहयोग गरेको र आगामि दिनमा पनि अप्ठेरो परे सहयोग वाँहाले परिवर्तन खबर लाई बताउनु भयो ।
समाजसेवि गौतमले यस पटक चामल,तेल, नुन, शोयाबिन लगाएतका खाध्यसामाग्री उपलब्ध गराई दिनुभएको स्थानिय लक्ष्मि थापा मगरले बताईन । यो भन्दा झण्डै एक महिना अगाडी पनि वाँहाले सुकुम्वाशि परिवारलाई राहत उपलब्ध गराउनु भएको थियो ।