—अधिवक्ता कविता बस्नेत
सन् २०१९ डिसेम्बरमा चिनको उहानमा पत्ता लागेको कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी माहामारीको रुपमा विश्वको २१६ वटा देशमा पैmलिने क्रममा नेपालमा २०७६ माघ ९ गते चिनको उहानबाट आएका काठमाडौँको एक युवकमा सङ्क्रमण देखिएपछि सङ्क्रमणबाट हुन सक्ने जोखीम र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सम्मानीत सर्वोच्च अदालत काठमाडौँको पूर्ण बैठकको मिति २०७६÷१२÷०७ को निर्णय बमोजिम थुनामा रहेको थुनुवाहरुको हकमा र अति आवश्यक प्रकृतिको रिट निवेदनहरुमा मात्र सुनुवाई हुने भइ सो पश्चात् स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारको लकडाउनको घोषणा जारी भइ लामो समयदेखि अदालती काम कारवाही तथा सामाजिक गतिविधीमा सहभागी हुन नसकी घरैभित्र बसी घरायसी कामकाज तथा पारिवारीक जिम्मेवारीमा सिमित रहनु पर्दा सबै पेशा व्यवशायमा समेत असर पुग्न गएको अवस्थामा कानून व्यवसाय पेशामा पनि यसले प्रत्यक्ष असर पुगेता पनि तुलनात्मक रुपबाट हेर्दा हाम्रो जस्तो पुरुष प्रभुत्व रहेको समाजमा पुरुष कानून व्यावसायीको तुलनामा कानून व्यवसायी महिलाहरु धेरै नै पिडीत प्रभावित हुन पुगेको अवस्था छ ।
नेपाल बार एशोसिएसनको रेकर्ड अनुसार कूल १८,१६० कानून व्यवसायीहरु रहेकोमा कानून व्यवसायी महिलाहरुको संख्या २२०० रहेको छ । जुन कूल कानून व्यवसायीहरुको १२ प्रतिशत रहेको छ । नेपाल बाहेक भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, जापान, दक्षिण अफ्रिका, अमेरिका, बेलायतको ध्यmभल ीबधथभचक को पेशामा कोभिड १९ को असर कस्तो छ भनी अध्ययन गर्दा लैङ्गीक असमानता र गरिवी बढ्न गई महामारीको ठूलो जोखिम महिलाहरुले व्यहोर्नुपर्ने छ भनी अध्ययन अनुसन्धानले देखाई रहेको छ ।
साउथ अफ्रीका
३९ प्रतिशत ध्यmभल ीबधथभचक भिनब िउचबअतष्अभ मा रहेको ।
ध्यmभल ीबधथभचक को पेशामा प्रत्यक्ष असर पर्न गएको ।
महिला हिंसा दुरव्यवहार बढेको ।
अदालत खुलेको अवस्था भएपनि पहिलेको जस्तो उचबअतष्अभ गर्न सकेको अवस्था छैन ।
अमेरीका
पहिलेको भन्दा धेरै कम फि लिएर काम गर्नु परेको ।
अवसर गुमेको छ । जिम्मेवारी बढेको छ ।
अति आवश्यकमा मात्र पक्षसँग भेट गर्ने गरेको अन्य अवस्थामा भिडियो कन्फ्रेन्सबाट गर्ने गरेको ।
ऋचष्mष्लब िऋबकभ लाई दिएको एचष्यचष्तथ दिएको ।
सरकारको तर्पmबाट निषेध लकडाउन नगरेको ।
व्गचथ त्चष्ब िलाई अयखष्म अवधिमा कगकउभलम गरेको ।
पेशा सुरक्षित गर्न सुरक्षित भएर काम गर्ने गरेको पेशा बचाउन सकेमात्र आपूm बाँच्ने र आपूm बाचे मात्र पेशा बचाउन सकिने भन्ने धारणालाई मान्यता दिएको ।
भारत
२ वर्षको लागि २५,०००÷– ऋण विना व्याज ।
पुरुषको तुलनामा ध्यmभल ीबधथभचक मा बढी असर परेको ।
सिनियर स्थापित भन्दा जुनियर नवोदित ध्यmभल ीबधथभचक लाई असर पुगेको ।
बहालमा बस्ने कानून व्यवसायीहरुमा बढी असर ।
धेरै कानून व्यवसायीहरु दैनिक ज्यालादारी रुपमा काम गर्ने गरेको ।
बंगलादेश
कानून व्यवसायी महिलाहरुको सन् १९९७ मा छुट्टै द्यबलनबिमभकज ल्बतष्यलब िध्यmभल ीबधथभच ९द्यल्ध्ीब्० स्थापित भएको छ ।
यसको मुख्य उद्देश्य ध्यmभल ीबधथभचक को चष्नजतक बलम कतबतगक उचयmयतभ गर्ने ।
यसले सरकारलाई निति निर्माण र कर्तव्यका लागि दवाव दिने । स्थानीय देखि केन्द्रीय तहसम्म नेटवर्कबाट साझेदारीबाट न्यायमा पहूँच प्रदान गर्ने ।
महिलासँग सम्बन्धित संघसंस्थाहरुसँग सहकार्य र समन्वयमा गर्ने ।
कानूनको जानकारी गराउने अध्ययन अनुसन्धान गर्ने वार्ता सम्वाद, वर्कसप, सेमिनारहरु गर्ने ।
का.व्य. महिलाहरुको व्यवशायीक क्षमता अभीवृद्धि गराउने ।
मनोसामाजिक—कानूनी परामर्श दिने ।
महिला हिंसा रोकथाम नियन्त्रण पुनस्थापनाको कार्य गर्ने ।
नेपालमा
हाम्रो जस्तो पुरुष प्रभुत्व भएको समाजमा कानून व्यवसायी पेशामा स्थापित हुन कानून व्यवसायी महिलाको निम्ति ठुलो चुनौतिको विषय रहेको छ । यसका वावजुद पनि संघर्ष गरेर आत्मविश्वास र आत्मबलका साथ पेशामा भर्खरै आएका नवोदित का.व्य. महिला र स्थापित भइसकेको सिनियर का.व्य. महिला दुवैमा यसले धेरै नै असर पु¥याएको छ ।
असरहरु
आयश्रोतको अवसर गुम्न गई प्रत्यक्ष आर्थिक असर परेको ।
पेशाबाट विस्थापित हुनुपर्ने डर भई मानसीक असर परेको ।
घर तथा ल फर्मको भाडा तिर्न समस्या भएको ।
घरायसी जिम्मेवारी दायित्व बढ्दै गएको र शारीरिक तथा स्वस्थ्यमा असर असर परेको ।
कार्यदक्षता कार्यक्षमतामा कमी महसुस भएको ।
मानसीक रुपमा तनाव बढेको अवस्था ।
असुरक्षित अवस्थामा काम गर्नलाई मनोवैज्ञानिक रुपमा असर पुगेको ।
सामाजिक गतिविधि क्रियाकलापहरु नियन्त्रण भएको ।
समाधानका उपायहरु ः
कानून व्यवसायी महिलाहरु एकताबद्ध हुनु जरुरी छ ।
कानून व्यवसायी महिलाहरु स्वयम् कृयाशील रहनुपर्छ ।
स्थानीय, प्रदेश र राज्य सरकारलाई दवाव दिनुपर्छ ।
सिनियरहरुको सम्मान गर्ने जुनियरहरुलाई आवश्यक प्रोत्साहन सहयोग पु¥याउने जसले गर्दा पेशाबाट विस्थापित हुन नपरोस ।
निष्कर्ष तथा सुझाव
कोरोना भाइरस कोभिड १९ ले कानून व्यवसायी महिलाहरुको पेशामा ज्यादै ठूलो प्रभाव पर्न गएको भएता पनि यसबाट हतोत्साहित नभइ मानसीक तथा मनोवैज्ञानिक रुपमा विचलित नभइ हामीसँग जेजति भएको एकताको शक्ती र सामथ्र्यलाई भरपुर प्रयोग गर्दै निरन्तर रुपमा छलफल अन्तरकृया र संवादको माध्यमबाट कोभिड १९ को कारण सिर्जना भएका समस्याहरुलाई समाधान गर्दै पेशामा अझ थप कृयाशीलता बढाउँदै स–शक्त ढंगबाट स्थापित हुन सकिन्छ । किनकी हरेक समस्याका पछाडि समाधान अवस्य हुन्छ । भनाइ नै छः एक थुकी सुकी सय थुकी नदी । तसर्थ हामी सम्पूर्ण कानून व्यवसायी महिलाहरु यस जटील परिस्थितीमा एकजुट भई र अगाडी बढौँ । हाम्रो पेशागत हक अधिकार, प्रतिष्ठा र सम्मानको निम्ति आवाज बुलन्द गरौँ र कोरोनाले सिर्जीत गरेको हाम्रा पेशागत समस्याहरु समाधान गरी यसलाई अवसरका रुपमा बदल्न सफल बनौँ ।