Pin It

 

 

काठमाडौँ :  अब काठमाडौँ उपत्यका प्रवेश गर्न कुनै पनि प्रकारको पास आवश्यक नपर्ने भएको छ। लामो दुरीका सार्वजनिक यातायात खुलेसँगै काठमाडौँ उपत्यका प्रवेश गर्न कुनै पनि प्रकारको पास आवश्यक नपर्ने भएको हो।

सरकारले असोज १ गतेबाट लामो दुरीका सार्वजनिक यातायात चल्न पौने निर्णय गरिसकेको छ। जससँगै उपत्यका आउने र उपत्यकाबाट जाने सार्वजनिक यातायात संचालनमा आइसकेका छन्।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीका अनुसार उपत्यका प्रवेशका लागि कुनै पनि रोक तोक छैन। उपत्यका आवागमनका लागि कुनै पनि बन्देज नरहेको र पहिले जस्तै निर्वाधरुप आउजाउ गर्न सकिने उनले बताए।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।