लेखक ः राजन के शी
हामीले प्रकृति–पर्यावरण र मानव बिचको सम्बन्धको बारेमा जिज्ञासा राख्दा सम्पूर्ण जैव जीवनको वासस्थान पृथ्वीको उत्पति कहिले र कसरी भयो होला भनेर जान्नु पर्ने अनिवार्य हुन्छ । पृथ्वीको सृष्टि कसरी भयो होला भन्ने तथ्य, खोज, अनुसन्धान, दर्शन, सिद्धान्तलाई केलाएर हेर्दा हाल सम्म पृथ्वीको उत्पति र विकाश यसै गरी भएको हो भन्ने सर्वमान्य सिद्धान्त भने पाईएको छैन । तथापि पृथ्वीको उत्पति आजभन्दा झण्डै ४.५ अर्व बर्ष पहिले भएको हो भन्ने अनुमान गरिएको छ । पृथ्वीको उत्पति र विकाशका बारेमा विभिन्न खोज अनुसन्धान गर्ने वैज्ञानिक, दार्शनिक एवं सिद्धान्तकारहरुले फरक फरक परिकल्पनाहरु अगाडी सारेका छन् । पृथ्वीको उत्पति खोज सम्बन्धि सर्वप्रथम फ्रान्सका सिद्धान्तकार जर्ज बफनले सन् १७४९ मा प्रस्तुत गरेको सिद्धान्तअनुसार धरै बर्ष पहिले ब्रम्हाण्डमा घुम्दै गरेको एउटा तारा अचानक सूर्यसंग ठक्कर खाएर त्यहि ठक्करका कारण सूर्यको भाग टुक्रिए पछि पृथ्वी, ग्रह र उपग्रह बनेका हुन भन्ने परिकल्पना रहेको छ ।
त्यसैगरी सन् १७७५ मा जर्ज वफनको पृथ्वी सृष्टि सम्बन्धि अवधारणा भन्दा फरक धारणा जर्मन दार्शनिक कान्टले प्रस्तुत गरेको निहारिका परिकल्पनालाई सन १७९६ मा फ्रेन्च म्याथम्याटीसियन लेप्लासले सुधार गर्दै आजभन्दा करिव ४.५ अरव वर्ष अगाडी अन्तरिक्षमा वाफले भरिएको पिण्ड घुमिरहेको थियो । त्यसरी त्यो पिण्ड घुम्ने क्रममा विस्तारै सेलाउदैं सेलाउदैं खुम्चन थालेपछि त्यसबाट स–साना पिण्डहरु टुक्रिएर वाहिर आएर साना पिण्डहरुले ठूलो पिण्डलाई परिक्रमा गर्न थाले । ती साना पिण्डहरु ग्रह र ठूलो पिण्ड सूर्यको रुपमा परिणत भयो भन्ने मत रहको छ । सन् १९१७ सम्म आईपुग्दा व्रिटिश भौतिक शास्त्री सर जेम्स होपउड र खगोलशास्त्रि सर हारोल्ड जेफ्ररी ले यस अगाडीका परिकल्पना भन्दा फरक ज्वार सिद्धान्त प्रतिपादन गरे । जसअनुसार एउटा ठुलो तारा घुम्दा घुम्दै अचानक सूर्य नजिक पुग्यो र सूर्यबाट ज्वार उत्पन्न गरायो । त्यही ज्वारका कारण उत्पन्न ज्वारीय पर्दाथ सेलाएर टुक्रिदा ग्रह एवं उपग्रहहरु बने । यसै प्रकृया बमोजिम पृथ्वी पनि बनेको हो भन्ने यी व्रिटीश सिद्धान्तकारको मत रहेको छ ।
पृथ्वीको उत्पति÷सृष्टि सम्बन्धि अनुसन्धानमा लागेको वैज्ञानिकहरुले आकाश गंगामा रहेका धुलाका कणहरु आपसमा आकर्षित हुदैं जोडिदा ठूलो पिण्डको रुपमा सूर्य बन्यो भने स–साना पिण्डको रुपमा अन्य ग्रहहरु बनेका हुन भन्ने आकाश गंगाबाट सौर्य मण्डल बनेको हो भन्ने सिद्धान्त पनि अस्तित्वमा रहेको छ । यसरी उपर्युक्त परिकल्पनाका आधारबाट नै पृथ्वीको उत्पति र विकाश भएको हो भन्ने सिद्धान्त सर्वमान्य नभएता पनि यिनै उपलब्ध भएका धारणा बमोजिम नै पृथ्वीको उत्पति र विकाशको प्रारम्भको उद्गम विन्दु मान्नु पर्ने हुन्छ ।
पृथ्वीको उत्पति पछि आज भन्दा झण्डै ५४ करोड वर्ष अगाडी जीवको उत्पति भएको अनुमान गरिएको छ । त्यसैगरी आज भन्दा ४४ करोड वर्ष अगाडी वनस्पतिको उत्पति भएको मानिएको छ । सुरुमा एक कोषिय व्याक्टेरीया जस्ता जीव देखा परेका थिए । त्यसपछि ३४ करोड वर्ष अगाडी सम्म आईपुग्दा जलचरको उत्पति भयो भने आज भन्दा करिव १६ करोड वर्ष पहिले सरीसृप (घस्रिएर हिड्ने) प्राणीको विकाश भएको अनुमान छ ।
प्रसिद्ध जीव वैज्ञानिक चाल्र्स डार्विनले सन् १८५९ मा प्रकाशित गरेको अनुसन्धानमूलक कृति “ओरिजीन अफ स्पेसिज” नामक पुस्तक प्रकाशित भयो । उक्त पुस्तकमा डार्विनले प्रतिपादन गरेको सिद्धान्त ‘थ्योरी अफ इभोल्युसन’ अर्थात प्राकृतिक छनौट द्वारा क्रमिक विकासको सिद्धान्त सम्बन्धि विश्लेषण र तथ्यहरु प्रकाशित थिए । त्यो पुस्तकमा एउटा बहु चर्चित शुत्र ‘सरभाईवल अफ द फिटेस्ट’ नामको सिद्धान्त पनि समाविष्ट थियो । त्यसको सार के थियो भने पृथ्वीमा अस्तित्वमा रहेका जैव प्रजातिहरुले आँफुलाई प्रकृति र वातावरण अनुरुप वदल्न सक्यो भने मात्र जीवित रहन सक्छ र आफ्नो वंश विस्तार गर्न सक्छ अन्यथा आँफू जतिसुकै बलवान भए पनि त्यो नाश भएर जान्छ । यसै सिद्धान्तको आधारलाई हेर्दा यस पृथ्वीमा झण्डै १७.५ करोड वर्ष सम्मको लगातार दवाव पछि आज भन्दा करिव ६ करोड ५५ लाख वर्ष अगाडी आफ्नो अस्तित्व रक्षाका लागि लड्दा लड्दै प्रकृति÷वातावरण संग पराजित भएकै कारण यस धर्तिबाट विशाल भिमकाय स्वरुपको डाइनोसौरको दुःखद लोप भयो । डायनासौरको विलुप्ति पछि यस पृथ्वी संग व्रम्हाण्डीय चट्टान ÷ उल्का पिण्ड ठोक्किएको कारणले अथवा आँफूलाई वातानुकुलित बनाउन नसक्दा डाइनोसौरको अस्तित्व समाप्त भई स्तनधारी प्राणीहरुको विस्तार भयो ।
वैज्ञानिकहरुका अनुसार मनुष्य लगायत सारा प्राणी जीवहरुको साझा पुर्खा एउटै थियो । त्यो साझा पुर्खा भनेको ‘व्लु ग्रिन अल्गी’ अर्थात एक कोषिय साईनो व्याक्टेरीया थियो । यस्को अस्तित्वको प्रारम्भ झण्डै ४ अरव वर्ष पहिले भएको अनुमान गरिएको छ र अहिले त्यस व्याक्टेरीयालाई लुका नाम दिएको छ । पृथ्वीको उत्पति संगै जीव विकाशको शिलशिलालाई नियाल्दा यस धरतीमा मानव जातीको उत्पति विकाश र अस्तित्व कसरी भयो भन्ने बारेमा भिन्न भिन्न मत तथा सिद्धान्तहरु भए पनि हाल सम्मको भरपर्दो, वैज्ञानिक र तथ्यपरक डार्विनले प्रतिपादन गरेको सिद्धान्तलाई विश्वाशनीय मानिएको छ । डार्विनको बहु चर्चित पुस्तक “ओरिजीन अफ स्पेसिज” का अनुसार मानव जातीको विकाश अफ्रिका महादेश बाट भई विश्व भर फैलिएको हो भन्ने विश्वास छ ।
मानव जातिको पहिलो वंशज विकास करिव ५० लाख देखि ७० लाख वर्ष अगाडी अष्ट्रेलो पिथेकस अफ्रेन्सीसलाई मानिन्छ । ति तिनै सुरुवाती मानव जाती थिए तिनले आफुँलाई दुई खुट्टाको सहायताले हिड्न सक्ने भए । त्यसपछि प्रेष्टोसिन युग आयो यस युगमा मानव जाती होमोइरेटस मानवमा विकसित भयो । यसरी यस युगमा आगो वाल्ने र विचार आदान प्रदानका लागि भाषाको विकास गर्न सक्षम भयो । त्यसपछि होमोसेपियन्स युग आयो यस चरणमा अर्थात अहिलेको मानव जातीको विकास भयो, मानव जातीका शरिरमा धेरै परिर्वतनहरु भए र डि.एन.ए.को समेत को परिर्वतन भयो र आफ्ना आवश्यकता पुरा गर्नका लागि आजका मानवहरुले हरेक समस्याको समाधान गर्न सक्ने भएका छन् भने विज्ञान र प्रविधको चमत्कारपूर्ण आविष्कार, खोज र अनुसन्धानले मानव विकासको प्रगतीलाई अनुमान गर्न पनि गाह्रो भएको छ ।
यस विकासको शिलशिलामा मानिसका कयौं पुर्खाहरुको समूह वा वस्ती नैं नष्ट भएर लोप भए । एउटा ठाँउमा त्याँहाको वातावरण, हावापानी र पारिस्थितीक पद्दति संग अभ्यस्त भएका मानव समुदायहरु वसाई सरी एक ठाउँबाट अर्को ठाँउमा जाँदा त्याँहाको हावापानी र वातावरणमा घुलमिल हुन नसक्नि समूल रुपमा सितनीहरुको वंश नास भएको तथ्य र इतिहासले प्रमाणीत गरेको छ ।
हाम्रा पुर्खाहरुले प्राचीन फिरन्ते शिकारी युग धेरै ठूला महामारी र प्रकृति विपत्तीको सामना गरेको हुनु पर्दछ । यस्को प्रमाणको रुपमा कैयाौं सामुहिक चिहान, सभ्यता विनाशमा अनेकन महामारी बाट भएको क्षति सम्बन्धि तथ्य प्रमाण बाट अवगत भैरहेको छ । ती प्राचीन मानवहरु अनेकन अज्ञात बोट विरुवा जनावरको काचों वा पोलेर मासु खाँदा विभिन्न रोगको प्रकोपको महामारीबाट ती सिकारी फिरन्तेको पुरा समूह नै समाप्त भएका थिए ।
आधुनिक मानवको सभ्यताको जगमा नै आज भन्दा करिब १२ हजार वर्ष अगाडी टर्की–ईरान लगायतबाट प्रारम्भ भएको मानिन्छ । उनीहरुले करिव ११ हजार वर्ष अगाडी जंगली गहुँलाई खेतीको रुपमा प्रारम्भ गरे र जंगली वाख्रा समातेर घरपालुवा बनाई सुरुवात गरेका पाईन्छ । करिव आज भन्दा १० हजार वर्ष अगाडी देखि दलहन र अन्यवाली समेतको खेती गर्न थाले । उनीहरुले करिव ६ हजार वर्ष अगाडी देखि जंगली घोडा, भैंसी, गाई, कुकुर आदिलाई घरपालुवा जनावरको रुपमा पाली त्यस बाट आफ्नो आवश्यकता पुरा गर्न थाले ।
क्रमिक रुपमा मानव विकाश हुँदै जाँदा मानव वस्तीहरु पानीको निकटता जस्तै नदीका तटीय किनाराहरुलाई वसोबासका लागि प्रयोग गरेको पाईएको छ । जिवन निर्वाहका लागि आवश्यक प्राकृतिक श्रोत साधनहरु, शिकारका लागि प्रयाप्त जंगली जनावरहरु, खेतीका लागि उर्वर भूमि, घर पालुवा जनावरका लागि चरण क्षेत्र आदिको समेत राम्ररी हेर विचार गरेर मात्र वसोवास गर्ने गर्दथे । खाने, वस्ने, खेतीपाती, पशुपालन लागि सहज भए पछि खाद्यान्न उत्पादन पनि प्रयाप्त भयो । यिनै अनुकुलता संग संगै जनसंख्या वृधि पनि क्रमश बढदै गयो । मानव आफैमा चेतनशिल भएका कारण आफु र आफ्नो समुदायका लागि जीवन यापनलाई कसरी सहज र सुविधाजनक बनाउन सकिन्छ भनी रातदिन चिन्तन मनन गर्न थाले । फलस्वरुप प्राकृतिक श्रोत साधनहरुलाई उपयोग गरेर जीवनलाई कठिनताबाट सहजता तिर विस्तार विस्तार विकाश गर्दै अहिले तिनै श्रोत साधनका अधिकतम प्रयोग उपयोग र दोहन गरी विलाषिताको होडवाजीमा पर्यावरणलाई तहशनहश पारेर विश्व समुदाय प्रतिस्पर्धा गरिरहेको छ ।
विश्व जनसंख्या अहिले सात अरव ६० करोड नाघी सकेको छ । आजकै रफ्तारमा जनसंख्या वृधी हुने हो भने आगामी ५० वर्ष भन्दा बढि यो वढ्दो जनसंख्यालाई पृथ्वीले थेग्न सक्दैन ।
क्रमश ः