बिराटनगर, असोज २२ गते, विराटनगर महानगरपालिका वाड नं.४ का वडाध्यक्ष देवेन्द्र पोख्रेललाई कोरोना पोजेटिभ देखिएपछि सुचना टाँसेर पाँच दिनका लागी ४ नं. वडा कार्यालय बन्द गरिएको छ ।
अध्यक्ष पोख्रेललाई कोरोना पोजेटीभ देखिएपछि वडा नं. ४का जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक्ट ट्रेसिड्डमा परेकाले पाँच दिन सम्म अर्थात २०७७ असोज १९ गते देखि २३ गते सुक्रबार सम्म वडा कार्यालय बन्द रहने भएकोछ भने २४ गते सनिबार भएकोले २५ गते देखि कार्यालय खुल्ने बताईएको छ ।