Pin It

  लेखक ः राजन के शी  

प्रकृति र मानव लगायत सम्पूर्ण जैव जगतको पारिस्थितीक पद्दति बमोजिम जीवन चक्र अगाडी बढाउन एक आपसमा परनिर्भता रहि अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । पृथ्वीमा जैव जगतको उत्पति र विकाशका श्रृङ्खलालाई हेर्दा पर्यावरणमा आएका उचाव चडावले धेरै जीवहरुको अस्तित्व नामेट भएको छ भने कैयौं जीवहरु लोपोन्मुख सूचीमा परेका छन् । प्रकृति–मानव र पर्यावरणका विचको सम्बन्धका बारेमा अध्यन गर्दा विश्व वातावरण र पारिस्थितीक पद्दतिलाई राम्ररी वुझ्न जरुरी छ । पृथ्वीमा अस्तित्वमा रहेका सवै जीव तथा वनस्पति जगतको एक–अर्कामा निर्भरता रहेको छ ।


वातावरण भनेको पृथ्वीमा रहेका सवै प्राणी–वनस्पति जगतलाई सहज ढंगले जीवित रहनका लागि अनिवार्य रहेको हावा, पानी, माटो, ताप, प्रकाश, सवै प्राणी तथा वनस्पति जगत, हिमाल, पहाड, तराई, नदीनाला, समुन्द्र, वायुमण्डल, भौतिक एवं रासायनिक चिजवस्तुहरु, प्राकृतिक तथा मानव निर्मित संरचना लगायत सवै सजिव तथा निर्जिव वस्तुहरुको अवस्थितीलाई नै सामान्य भाषामा वातावरण वा पर्यावरण भनिन्छ । मूलत वातावरणलाई चार प्रकारमा वाडिएको छ ः क) प्राकृतिक वा भौगोलिक ख) कृतिम वा मानव निर्मित ग) सामाजिक वातावरण र घ) मनोवैज्ञानिक वातावरण ।
यी उपर्युक्त सवै वातावरणहरु हाम्रा जीवन–जगत संचालन गर्नका लागि नियमित ढंगले काम गर्नु पर्दछ । यी मध्यृ कोही कसैको गलत कृयाकलापले पारिस्थितीक नियमित प्रकृयामा असर पुग्छ र जीवन जटिल हुन्छ । वातावरणलाई सदैव स्वच्छ र सफा राख्नु पर्दछ भन्ने कुरामा त कहि कतै दुईमत हुन सक्दैन तर पछिल्लो अवस्थामा मानवीय कृयाकलापका कारण पृथ्वीमा रहेका सवै जैव जीवनको अस्तित्व संकटमा रहेको छ । महान वैज्ञानिक स्टेफिन हकिन्सले वातावरण प्रदुषण गर्ने काम अहिलेकै रफतारमा रहिरहयो भने अवको १०० वर्ष भित्र पृथ्वीबाट मानव लगायत सवै जीव लोप हुने भविश्यवाणी गर्नु भएको छ । यो भयावह आलरामको अवस्थालाई वुझेर स्खलीत भैंरहेको पर्यावरणको अवस्थामा अनिवार्य सुधार जरुरी भएको छ ।
हामी मानिसहरु पनि प्रकृतिकै सृस्टिको उपहार हो तसर्थ हामीहरु प्रकृतिबाट पृथक रहेर वस्न सक्दैनौं । अहिलेको निगमवादी युगमा नीजि धन आर्जन गर्नका लागि हामीहरु अहोरात्र पर्यावरणको दोहन गरेर आफ्नो लाल्सा र अभिलाषा पुरा गरीरहेका छौ । प्रकृतिको विरुद्ध कोही जान सक्दैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि मानिसले प्रकृति माथी विजय हासिल गर्ने शिलशिलामा दैनिक गलत काम गरिरहेको छ ।
करोडौ जीवहरु अहिले पनि आ आफ्नो अनुशासन र धर्ममा चलिरहेका छन् तर मानव जाती मात्रै लोभी, अराजक र अनुशासन हिन भयो जस्ले आफ्नो मृत्युको लागि चिहान खन्ने काम आँफै गरिरहेका छ । प्राकृतिक रुपमा चलिरहेका पारिस्थितीक पद्दतिलाई मानवले मात्र विगारेको छ । त्यैगरी प्रदुषण र अमानविय काम गरेर आफ्नो लालशा पुरा गर्न अविछिन्न रुपमा क्रियाशिल छ ।
पर्यावरणबाट हामीसवैलाई खान, बस्न मनोरञ्जन गर्न, जीवन निर्वाहका यावत श्रृङ्खला चलाउन प्रकृति र पर्यावरणले मद्दत गरिरहेको छ । मानिसलाई चाहिने सवै खाद्यान्नहरु खेतीवारी बाटै प्राप्त गरिरहेका छौ । त्यसैगरी हाम्रा खानाको ठूलो हिस्सा समुन्द्रबाट पनि आपूर्ति गरीरहेका छौं । त्यसैगरी हामीले प्रयोग गर्ने लता कपडा, सामान औजार, औषधी उपचार र विभिन्न औधोगिक व्यापारीक प्रशासनिक क्षेत्रमा काम लाग्ने सामाग्री एवं कच्चा पदार्थहरु हामीले प्रकृतिबाटै पाईरहेका छौं । यसरी हामीले वरदानको रुपमा प्रदत्त उपहारलाई अनुशासित र मर्यादित ढंगले उपभोग र प्रयोग नगर्दा हामी माथी ठूला ठूला महामारी र संकट आईपरिरहेका छन् । अहिले अत्याधिक मात्रामा श्रोत साधनको दोहन गर्दा प्रत्येक दिन वायुमण्डलमा कार्वोनडाइअक्साईडको मात्रा दिन प्रतिदिन वढि रहेको छ । वढ्दो औधोगिकीकरण र शहरीकरणका कारण समुन्द्रमा ठूलो मात्रामा फोहोरमैला जम्मा हुन गई सामुन्द्रिक जीवन लोप हुने अवस्था छ । आणविक भट्टीबाट निस्कने विषालु ग्यास वनजंगल फडानी, जनसंख्या वृद्धि, औधोगिकीकरण, शहरीकरण र प्राकृतिक श्रोत साधनको तिव्र दोहन लगायतका काम नै वातावरणीय विनाशका प्रमुख कारक हुन ।
वातावरणीय दीगोपनका लागि मूलत जीवजगत र प्राकृतिक सम्पदाहरुको संयोगबाट हुने भएता पनि यस्लाई रक्षा गर्ने काममा मानव जातीको महत्वपूर्ण भूमिका हुन्छ ।
जलवायु, इकोसिस्टम जैविक विविधता र सम्रग प्रकृति माथि नकारात्मक प्रभाव परि शंकट देखा पर्न थाले पछि संयुक्त रास्ट्रसंघ लगायत विश्व समुदायको ध्यानाकृस्ट भई यस्को संरक्षण सम्र्वर्धन र पृथ्वीलाई बचाउने उदेश्यले विभिन्न कालखण्डमा विश्व पर्यावरण सम्बन्धि महासम्मेलन वैठक भेला आयोजना गरी घोषणा पत्रहरु जारी भएका छन् ।  क्रमशः