Pin It

लेखकःराजन के शी
अहिले हामीहरुले दैनिक रुपमा जे जति वातावरणीय समस्याहरु भोगी रहेका छौ ती सवै मानिसहरु द्वारा गरिएका असन्तुलित र गलत कृयाकलापका कारण नै हुन । मानिसहरु अन्य जीव जनावर भन्दा चेतनशिल प्राणी भएकै कारण मानिसहरुले जंगली युग (आदिम साम्य युग) बाट विकसीत गर्दै आधुनिक युगसम्म आईपुगेको छ । अहिलेको आधुनिक युगसम्म आईपुग्ला मानिसले जीवनलाई सहज र सुख सुविधा युक्त वनाउने उदेश्यले थुप्रै मेसिन, औजार यातायातका साधनहरु, स्वास्थ्य उपचारका सामाग्रीहरु हात हतियार आम संहारक खतरनाक वम गोला वारुद आदिको आविष्कार गरी उत्पादन गर्न प्राकृतिक श्रोत र साधनहरुको असिमित दोहन गरिरहेका छन् । वलशाली देश तथा व्यक्तिहरुले अन्यायपूर्ण ढंगले प्रकृतिको दोहन गरिरहँदा प्रकृतिमा चलिरहेको पारिस्थितीक पद्दतिमा भयानक रुपले वदलाव आएको कारण जैविक विविधतामा ह्रास आएको छ । परिणाम स्वरुप पृथ्वीको तापमान दिन प्रतिदिन वढिरहेकाले जलवायु परिर्वतन नाटकीय ढंगले भईरहेका छ ।

यस्को असर कृषि क्षेत्र, पशुपालन, जैविक विविधता, सामुन्द्रिक जन जीवन लगायत सिङ्गो पर्यावरण क्षेत्रमा परेको छ । अहिले चौतर्फी रुपमा परेको वातावरणीय असर कै कारण कोरोना भाईरस (कोभिड–१९) लगायतको विश्व व्यापी माहामारीले मानव समुदाय प्रताडित भएको छ । हामीहरुले वेलैमा वुद्धि पुर्याउन सकेनौ भने वातावरणीय विनाशका कारणले अहिले जे क्षति व्योहोर्दै छौं त्यो कालान्तरमा मानव लगायत समूल जैविक विविधता समेतका लागि विकराल समस्या भै सृष्टिको एउटा अध्याय नै समाप्त हुनेछ । त्यसै कारण संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसले आव्हान गर्नु भएको छ कि “सन् २०२० अन्तिम वर्ष हो वातावरणीय विनाश रोकेर सवालीकरण गर्ने” त्यसैल हामीे सवैले आ–आफ्नो ठांउ क्षेत्रबाट वातावरण वचाउने काममा लागेर हामी र हाम्रो आगामी पुस्तालाई सुरक्षित धरती छोडेर जान सक्छौ । यसर्थ नीजि स्वार्थ र धन प्राप्ती र शक्ति संचयकालागि वातावरण विनाश गर्ने अपराध नगरौं वातावरण वचाई सकारात्मक सुधार गर्नका लागि हामीहरुले निम्न काम तथा कृयाकलाप गर्नु पर्ने अपरिहार्य छ ।
प्रथम मानव पर्यावरण सम्मेलन सन् १९७२ जुन ५ मा स्वीडेनको स्टकहोम बाट प्रारम्भ भएको हुदा प्रत्येक वर्षको जुन ५ लाई अन्तराष्ट्रिय वातावरण दिवसको रुपमा मनाईन्छ हाल सम्म अन्तराष्ट्रिय स्तरका विसौंवटा सम्मेलन आयोजना गरी विभिन्न विधीमा पर्यावरण बचाउने कामका लागि निर्णय भएका छन् । ति सम्मेलनहरुमा समुन्द्र तथा महासागरहरुलाई प्रदुषणबाट बचाउने उदेश्यले सन् १९७४ मा फिनल्याण्डको हेलसिन्कीमा भयो । समुन्द्रमा ठूलो मात्रामा प्रास्टिक लगायतका कोराकर्कट फोहोर आदि थुप्रिए को हुँदा त्यस्को नियन्त्रणको गर्ने उदेश्यले वेलायतको लण्डनमा सन् १९७५ मा अन्तराष्ट्रिय स्तरकै सम्मेलन पुरा भयो । त्यसैगरी ओजन तह वचाउने उदेश्यले सन् १९७५ मा अस्ट्रियाको भियनामा, ओजन तहको संरक्षणार्थ सन् १९८७ मा क्यानाडाको मण्ड्रियलमा, रियो द जेनेरियो ब्राजिलमा सन् १९९२ मा पर्यावरण शिखर सम्मेलन भयो । यसलाई पृथ्वी शिखर सम्मेलन पनि भनिन्छ जहा २ वुदें महत्वपूर्ण घोषणा पत्र जारी गरी जलवायु परिर्वतन र वातावरण प्रदुषण रोक्ने प्रतिवद्धताका साथ सम्पन्न भएको थियो । सन् १९९७ मा केन्याको राजधानी नैरोवीमा जलवायु परिर्वतन सम्बन्धि अन्तराष्ट्रिय सन्धी माथि हस्ताक्षर भयो, सन् १९९७ मा जापानको क्योटो शहरमा क्योटो सम्मेलन समापन भई ग्रिनहाउस ग्यास पहिचान गरी भूमण्डलको वढ्दो तापमान कम गर्ने प्रतिवद्धता साथ सम्पन्न भयो । सन् २००२ मा दक्षिण अफ्रिकाको जाहोन्सवर्ग सहरमा पुन पृथ्वी सम्मेलन भयो र उक्त सम्मेलन सहश्राव्दी विकाशमाका लागि विशेष जोड दिदैं दीगो विकासका लागि विश्व एकता कोषको स्थापना भएको थियो । अर्को सम्मेलन फ्रान्सको राजधानी पेरीसमा सन् २०१५ मा भयो जस्को उदेश्य कार्वन उत्र्सजन कम गर्नु थियो । ओजन तहलाई विनाश गर्ने ग्रिन हाउस ग्यास उत्सर्जन कम गर्ने उदेश्यले सन् २००५ मा क्यानाडाको मौर्टिएलमा विश्व सम्मेलन भएको थियो । सन् २०१२ मा नुसा दुवा सम्मेलनले पनि ग्रिन हाउस ग्यास कम गर्ने प्रतिवद्धताका साथ सम्मेलन सम्पन्न भएको थियो । सन् २००९ कोपेनहेगन सम्मेलनले पनि कार्वन उत्सर्जन कम गर्ने एजेण्डा पारित गर्यो । सन् २०१० मा कानुन सम्मेलन भयो र त्याहा हरित जलवायू कोष गठन गर्ने निर्णय भएको थियो । हरित जलवायू वनाउने सहमती साथ सन् २०११ मा डरवन सम्मेलन भएको थियो । सन् २०१२ मा दोहा सम्मेलन, रियो +२० सम्मेलन (पृथ्वी+२०) सम्मेलनले क्रमश, स्वच्छ विकाश संयन्त्र र ‘हामी चाहान्छौ हाम्रो सुनौलो भविश्य’ भन्ने नाराका साथ सम्पन्न भएको थियो र सन् २०१३ मा वार्सा सम्मेलनले ग्रिन क्लाईभेट फंडको व्यवस्थापन गर्ने भनि सम्पन्न भयो ।
नेपालले पर्यावरण संरक्षण गर्न विश्व महासन्धीमा हस्ताक्षर गरेकोले नेपालमा पनि वातावरण संरक्षण सम्बन्धी ऐन २०५३ र नियमावली २०५४ जारी गरी समय समयमा त्यस्लाई परिमार्जन गरी पर्यावरण संरक्षणका लागि आवश्यक कानून तथा नियमावलीको तर्जुमा गरी मूलभुत निम्नलिखित व्यवस्था गरेको छ !
१) नेपाल सरकारले प्रदेश सरकार र सम्बन्धित स्थानीय तह संग परामर्स गरी वातावरण संरक्षणका दृष्टिले अत्ति महत्वपूर्ण मानिने प्राकृतिक सम्पदा वा सौन्दर्यपरक स्थल, दुर्लभ वन्यजन्तु वनस्पति वा जैविक विविधायुक्त स्थल वा ऐतिहासिक सास्कृतिक महत्वका स्थललाई नेपाल राजपत्रमा सूचना प्रकाशन वातावरण संरक्षण क्षेत्र कायम गर्न सकनेछ ।
२) कुनै सडक भवन नदी व्यवस्थापन शहरी योजना वा अन्य कुनै भौतिक पुर्वाधार निर्माण गर्दा सम्बन्धित निकाय संगको समन्वयमा नेपाल सरकारले कुनै क्षेत्र वा सीमा निर्धारण गरी कुनै क्षेत्र विशेषलाई वातावरण संरक्षण गर्ने उदेश्यले खुला वा हरीयाली क्षेत्र तोक्न सक्नेछ ।
३) उपर्युक्त उपदफा १ र २ वमोजिम कायम गरिएको वातावरण संरक्षण क्षेत्र तथा खुला या हरियाली क्षेत्र भित्र तोकिए वमोजिमको कुनै काम गर्न नपाउने गरी रोक लगाउन सकिने छ ।
४) कुनै क्षेत्र वा स्थान विशेषमा अत्याधिक वातावरणीय प्रदुषण, भूस्खलन, प्राकृतिक सम्पदाको अत्याधिक दोहन वा प्राकृतिक विपत्ती हुन गई जनस्वास्थ्य वा वातावरणमा नकारात्मक असर परेको वा पर्ने संभावना देखिएको अवस्थामा नेपाल सरकारले सम्बन्धित स्थानीय तहको परामर्समा यस्तो क्षेत्र वा स्थानलाई वातावरणीय दृस्टिले संवेदनशिल क्षेत्र तोकी वातावरणीय सन्तुलन, व्यवस्थापन वा वातावरणीय पुर्नस्थापनाका लागि कुनै उपयुक्त आदेश गर्न सक्नेछ ।
५) नेपाल सरकारले कुनै हानिकारक वा जोखिमयुक्त पदार्थ वा फोहोर मैला भण्डारण वा विसर्जन गरिएको स्थान वा अन्य कारणले अत्याधिक वातावरण प्रदुषण भएको स्थानलाई प्रदुषण जन्य क्षेत्र तोकी सर्वसाधारणको आवत जावत रोक लगाउन सक्नेछ ।
६) उपदफा ४ र ५ वमोजिमको स्थानमा वातावरणीय दृस्टिले सुधार भई यस्तो क्षेत्रलाई संवेदनशिल क्षेत्र वा प्रदुषण जन्य क्षेत्रको रुपमा कायम राखी राख्न आवश्यक नभएमा नेपाल सरकारले त्यस्तो स्थानलाई संवेदनशिल क्षेत्र वा प्रदुषण जन्य क्षेत्रको रुपमा कायम नराख्न पनि सक्नेछ ।
७) वातावरण संरक्षणको लागि यस दफा बमोजिम कायम गरिएका वा तोकिएका क्षेत्रहरुको व्यवस्थापनमा स्थानीय समुदायलाई सहभागी गराउन सकिने छ । यस दफाको प्रयोजनको लागि स्थानिय समुदाय भन्नाले त्यस्तो क्षेत्र भित्र वा सो को वरिपरि वसोवास गर्ने समुदाय सम्झनु पर्दछ ।
८) उपदफा ७ बमोजिम व्यवस्थापन गरिएको क्षेत्रको व्यवस्थापनबाट प्राप्त हुने लाभआ स्थानीय समुदायलाई तोकिए बमोजिम सहभागी गराउनु पर्नेछ आदि प्रावधानहरु राखिएका छन् ।
अन्तराष्ट्रिय स्तरमा भएका विश्व वातावरण सम्मेलनहरुले समय–समयमा गरेका सन्धि, महासन्धी र विविध विधामा प्रदुषण रोक्ने, संरक्षण गर्ने घोषणा पत्र र नेपाल सरकारले व्यवस्था गरेका कानून, नियम, निर्देशिका र संरक्षण सम्बन्धि कार्यक्रम बनाए पनि त्यस्को कार्यन्वयन नहुँदा हाम्रो देश लगायत विश्व समुदायमा वातावरण प्रदुषण मुख्य चुनौतीको विषय वन्न गई भावी पुस्ताका लागि ठूलो संकट आईपर्ने प्रवल संभावना रहेको छ । ठूला र शक्तिशाली राष्ट्रहरुले प्राकृतिक श्रोत र साधन माथी अन्धनधुनध अतिक्रमन दोहन र व्यक्तिगत रुपमा यिनै श्रोत साधन माथी कब्जा जमाएर नीजि धन दौलत जम्मा गर्ने अभिस्ट रहेको हुँदा जानी बुझि आँफै स्वयं पनि संकट परिने कुराको प्रवाह नराखी भैरहेका कृयाकलापले कहालि लाग्दो परिणाम भोग्न वाध्य भएका छौं ।
क) जैविक विविधताको संरक्षण ९एचयतभअतष्यल या दष्य(मष्खभचकष्तथ० ः– प्रकृतिमा भएका जैविक विविधताहरुको विनाश मूलत मानव कृयाकलाप बाटै भैरहेको हुँदा अव हामीहरुले त्यस्तो महान भूल गर्नु हुदैन । ती गल्ती कमिकमजोरीलाई सच्चयाउने थोरै समय मात्र भएको हुँदा हामीले आजै देखि जैविक विविधता वचाउने कामको थलानी गर्नुपर्दछ । अहिले प्रत्येक दिन १५० प्रजातीका जैविक विविधता विद्यमान पारिस्थितीक पद्दतिमा वाच्न नसकि लोप भैरहेका छन् । हामीले जैविक विविधता वचाउनका लागि पेट्रोलिय पदार्थ, विद्युत खपत, पानीको उपभोग घटाउदै जानु पर्दछ । उद्योग कलकारखाना र आवाश क्षेत्रबाट निस्कने फोहोरको ढललाई प्रशोधन गरेर मात्र नदि वा जलधार क्षेत्रमा मिसाउनु पर्दछ । यातायातका साधनहरुलाई आवश्यक्ताको आधारमा मात्र चलाउनु पर्दछ । अहिले सवै किसिमका यातायातका साधनहरुलाई आवश्यक्ता भन्दा पनि विलाशिताको लागि प्रयोग भएको छन् र वातावरणमा कार्वनडाई अक्साईडको उत्र्सजन गर्न यी साधनहरुको भूमिका पनि प्रमुख रहेको छ । सोलार वत्ती लगायत सवै किसिमका नविकरणीय उर्जालाई सरकारले प्रमुख रुपमा प्राथमिक्ता साथ उत्पादन गर्ने नितीलाई प्राथमिक्तामा राखियो भने पेट्रोलियम तथा विद्युतीय उर्जाको खपत घट्छ र वातावरणमा कम प्रभाव पर्दछ ।
हामीले सून्य फोहोरको लागि घर आवास बाट निस्कने फोहोरलाई वर्गिकरण गरेर पुर्न प्रयोग गर्न सक्ने फोहोर जतिलाई प्रयोग गर्नु पर्दछ । फोहोरलाई श्रोतमा कम गर्ने, प्लास्टिक प्रयोग कम गर्ने कम्पोस्टिक फोहोरलाई कम्पोस्ट मल बनाउने काम गर्दा वातावरणलाई असर कम हुन्छ । सरकारका निकायबाट जैविक विविधता संरक्षण सम्बन्धि सचेतना कार्यक्रम दिनु पर्छ । देशका कानूनहरुले सवै जैविक विविधतालाई संरक्षण गर्न सक्ने किसिमको सवल बनाई कार्यान्वयन पनि तदारुकताका साथ गरिनु पर्छ । विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा वातावरण वचाउनका लागि जैविक विविधताको संरक्षण गर्न अनिवार्य छ भनि सम्बन्धित विषयमा दृश्य अवलोकन, भिडीयो चित्र वा अन्य शैक्षिक सामाग्री प्रयोग गरेर देखाउनु पर्दछ जस्ले गर्दा विद्यार्थीहरु पनि जिम्मेवारी पूर्वक ढंगले लाग्दछन् । प्रकृति वचाउनका लागि माटो, हावा, पानी, जंगल, वन्यजन्तु, हिमाल, पहाड, तराई, वायूमण्डल सवैको वचावट गर्न पर्छ यस्ता कामका लागि समय समय स्थानीय सरकारहरुले सडक नाटकबाट पनि सेचतना गराउन पर्छ । लोपन्मुख हुन गैरहेका वन्यजन्तुहरुको उचित वासंको प्रंवन्ध मिलाई पुर्नस्थापना गराउनु पर्छ । जैविक विविधता संरक्षणको लागि प्रत्येक स्थानीय पालिकाहरुमा जिन वैंकको स्थापना गरिनु पर्दछ । अहिले जल्दो वल्दो समस्याको रुपमा रहेको जलवायु परिर्वतनबाट वचाउन जिम्मेवार तत्व जस्तै कार्वनडाई अक्साईड लगायत हरित गृह ग्यासलाई घटाउन पहल गरि जलवायु परिर्वतनलाई घटाउनु पर्दछ । हामीले प्रयोग गर्न खरिद गरिने सामाग्रीहरु दीगो लामो समय सम्म टिक्ने खालको प्रयोग गर्दा फोहोर घट्न जान्छ र वातावरण स्वच्छ वनाउन सहयोग पुग्दछ । पर्यावरण विनाशकालागि जिम्मेवार क्षेत्रमा आक्रामक ढंगले प्रहार गरी जैविक विविधता वचाउने कार्वनडाई अक्साईड जस्ता अन्य ग्रिनहाउस ग्यास फोहोर मैलालाई कम गर्नु पर्दछ । वातावरणीय दीगोपनको लागि जैविक विविधताले मेरुदण्डको काम गरेको छ ।
ख) प्राकृतिक कृषि तथा अर्गानिक फार्मबाट कृषि उत्पादन गर्ने ९ब्मबउतष्यल या लबतगचब िाबचmष्लन बलम यचनबलष्अ ाबचmष्अ० ः– वातावरणमा भएका जैविक विविधता वचाई राख्न र पारिस्थिक पद्दतिलाई नियमित रुपले संचालन गर्न अहिले अपनाईएका जि.एम. उत्पादन र रासायनिक विषादी मलखादको प्रयोगबाट गरिने खेतीलाई विस्थापन गरेर प्रकृति अनुकुलन खेती गर्नु आवश्यक भएको छ । प्राकृतिक खेतीलाई सून्य वजेटमा गर्न सकिन्छ र त्यो विधिले किसानलाई अधिकतम फाईदा हुन्छ भन्ने सिद्धान्तका आधारमा हाम्रो छिमेकी देश भारतमा प्राकृतिक खेतीका विज्ञ डा. सुभाष पालेकरले सफलता पूर्वक अभियान अगाडी बढाएका छन । खास गरी सुन्य वजेट खेतीमा प्राकृतिक श्रोत साधनबाट विरुवालाई चाहिने पौस्टिक खाद्य तत्व ९८% हावा, पानी र सूर्यको प्रकाशबाट प्राप्त गर्छन भने वाँकि २% राम्रो शुष्म जिवाणु भएको माटोबाट प्राप्त गर्न सकिन्छ । त्यसैगरी विरुवाका लागि जिवामृतको पनि प्रयोग गर्न सकिन्छ । जिवामृत स्थानीय प्रजातीको गाई गोवर, मुत्र, पानी, मुसुरोका दालको धुलो गुड आदि मिसाएर वनाउन सकिन्छ । उपचारको लागि घरमै जैविक किटनासक विषादी वनाएर उपचार गर्न सकिन्छ । त्यसरी नै हामीले स्थानीय प्रजातीको विउ प्रयोग गरेर नै अर्गानिक खेती गर्न सकिन्छ । अर्गानिक खेतीका लागि किसानसंग भएका गाईवस्तुको मलबाट कम्पोस्ट मल बनाई स्थानीय क्षेत्रमा वरिपरी पाईने वनस्पति र गौमुत्र प्रयोग गरी उपचार गर्न सकिन्छ । किसानले आफ्नो शिपमा माटोको परिक्षण गरी माटो उपचार गर्न सक्छ । हामीले यी प्राकृतिक र अर्गार्निक खेती गर्ने तरिकाबाट खेती गर्दा प्राकृतिक खेतीमा त सून्य वजेटमै गर्न सकिन्छ भने अर्गार्निक खेतीमा थोरै मेहनत गरेर पनि उत्पादन वढाउन सकिन्छ । माटोको व्यवस्थापन, गोडमेल, विउ छनौट, छाटकाट, उपयुक्त सिंचाईको प्रवन्ध मल खाद र उपचार विधी किसानले आफ्नै पहँुचमा थोरै खर्चमा बढी उत्पादन निकाल्न सक्छन यो विधी अपनाउँदा जलवायूको असर पनि कम पर्ने र जैविक विविधता र वातावरणलाई कुनै असर नगरी दीगो रुपमा खेतीलाई निरन्तरता दिन पनि सकिन्छ । नेपालमा रासायनिक खेतीको इतिहास करिव ५४ वर्ष मात्रै हुदैछ । त्यस अगाडी हाम्रा पुर्खाहरुले हज्जारौ वर्षसम्म प्राकृतिक इकोसिष्टमा आधारित खेती गर्दै आउनु भएको थियो । ती कृषि उपज स्वादिला, स्वस्थ्यकर र दीगो थिए । वातावरणमा कुनै नकारात्मक प्रभाव पनि परेका थिएन । एक आपसमा सवै आधारित भएर वाचीरहेका थिए । त्यस समयमा नेपालमा उत्तम खेती भनेर व्याख्या गरिन्थ्यो हामी आफूलाई उपयोग गरेर वचेको अन्न निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गरीरहेका थियौं । तर अहिले यति छोटो अवधिमा नेपाले गत आ.व. २०७६–७७ आषाढ मसान्त सम्म १ वर्षमा २ खरव २० अरवको कृषि उपज आयात गरेको छ । यसबाट के प्रष्ट हुन्छ भने जहिले देखि हामीले रासायनिक मल विषादी तथा अनुवांसिक खेतीको सुरुवात गर्यौ त्यसै समय देखि हाम्रो उत्पादन र जैविक विविधतामा ह्रास आई आर्थिक तथा वातावरणीय हिसावले ठूलो चुनौती सामना गर्नु परेको छ । यस्मा तत्कालिन सरकारले दीर्घकालिन परिणाम के हुन्छ भन्ने हेक्का नराखी देशमा यो विधी प्रयोग गर्दा कृषि क्षेत्रमा यो भयावह कहालि लाग्दो परिस्थिती व्योहोरी राख्दैछौं । प्रधान मन्त्री के.पी.शर्मा ओलीले देशको कृषि पद्दतिलाई आगामी १० वर्ष भित्र प्रकृति मैत्री अर्गानिक खेतीमा रुपान्तरण गर्ने र रासायनिक मलखाद, विषादी रहित उत्पादन गर्ने उद्घोष गरेको कुराले किसानहरुमा केहि आशाका किरण देख्न सकिन्छ । तर यो काम त्यति सजिलो नभएकोले सम्पूर्ण किसानहरु, जनप्रतिनिधी सरोकारवाला संघसंस्था वातावरण विज्ञहरु आदि सवैले तिनैतहका सरकार विषयगत कार्यालयहरुलाई ध्यानाकर्षण गराई कृषि क्षेत्रको संरक्षण सम्वर्धनका लागि ७ वटै प्रदेशमा अर्गानिक खेतीका लागि कम्पोष्ट मल उद्योग र जैविक विषादी बनाउने उद्योग यथाशिघ्र स्थापना गर्नु पर्दछ । स्थानीय विउ विजनलाई संरक्षण गर्न सकिएन भने अवको १० वर्ष भित्र सवै किसानहरु विउ विहिन हुदैछन् र किसानलाई विउ विहिन बनाउने विश्व व्यापार संगठनको घोषित नीति हो । उस्ले विश्व भरिको विउ विजनको जिम्मा सिमित कर्पोरेट कम्पनीहरुलाई दिने र किसानहरुलाई शोषण गरी अत्याधिक महँगोमा विउ वेच्ने निती रहेको हुँदा सवै पालिकामा यथाशिघ्र विउ विजन वैङ्क राख्न प्रवन्ध मिलाउनु पर्दछ ।
सवै गाउं गाउंमा किसान दाजुभाईलाई रासायनिक मल खाद विषादी र अनुवांशिक खेति वातावरणीय र जैव स्वास्थ्य मैत्री नभएको हुँदा पर्यावरण तथा स्वास्थ्य जीवन जिउनकालागि प्रथम चरणमा सवै पालिकाहरुलाई सचेतना कार्यक्रम किसानका घरदैलो सम्म तिव्र ढंगले लैजाने वातावरण तुरुन्त तयार गर्नु पर्दछ । अझै पनि सरकार र सरकारका निकायहरु रासायनिक खेतीवाली पद्दतिले कृषि क्षेत्र वचाउन सक्छ वा सक्दैन भन्ने द्विविधा रहेको हुँदा अव हामी सवैले रासायनिक मल खादमा आधारित खेतीले जैव जगत र मानवको भलो गर्दैन भन्ने कुरामा भ्रम राख्न हुदैंन ।
ग) निगमवादी अर्थव्यवस्थाको विकल्प खोज्न अनिवार्य भएको छ ९ब्तिभचलबतष्खभ धबथ यगत या अयचउयचबतभ अबउष्तबष्किm० ः– अपवादको रुपमा केहि राष्ट्र वाहेक विश्वका प्रायः सवै देशहरुले निगमवादी अर्थ व्यवस्थालाई नै अंगिकार गरेका छन् । यस्ले नीजि सम्पतिको वेलगाम आर्जन गर्न, खुला बजारमा अस्वस्थ प्रतिस्पर्धा गरी वढी भन्दा वढी नीजि धन आर्जन गर्ने उदेश्य रहेको हुन्छ । यो निगमवादी अर्थव्यवस्थामा लोक कल्याणकारी मुद्दा जहिले सुकै छापामा परेको हुन्छन । निगमवादी अर्थव्यवस्थामा अत्याधिक मात्रामा कर लगाईएको हुन्छ र त्यो कर कमजोर आय आर्जन भएका व्यक्तीहरुलाई धेरै मार पर्दछ । स्वतन्त्र वजार भएको हुँदा सरकारलाई प्रभाव पारी आफू अनुकुल निर्णय गरी प्राकृतिक श्रोत साधनको दोहन गर्ने कामले वातावरणमा भारी मात्रामा गिरावट आएको छ । त्यसरी श्रोत साधन माथी कव्जा गरेर अत्याधिक नाफा आर्जन गरे पनि वातावरणमा परेको नकारात्मक प्रभावलाई सुधार तथा त्यस्को क्षतिपूर्ति भर्न भराउन उद्योग पति–व्यवसायी कहिल्यै सकारात्मक भएनन् । अहिले विश्व भरि नै सवेदनशिल क्षेत्रहरुहरु खानेपानी, अस्पताल, यातायात, शैक्षिक संस्था र कृषि उपज जस्ता अत्यावश्यक वस्तु तथा सेवाको विक्रि वितरण आदि ठाउँमा कर्पोरट घरानाहरुले व्यापार गरिरहेका छन् । यस्ता व्यापारिक प्रतिष्ठानहरुमा विवेक, लोक कल्याणकारी काम र मानवियता भन्दा पनि वढि भन्दा बढि नाफा कसरी कमाउन सकिन्छ भनेर अधिकांश समय त्यस्को चिन्तन गरी रहेका छन् । यसरी यो मोडेलको अर्थ व्यवस्थामा अत्यावश्यक सेवा सुविधा प्राप्त गर्ने नैसर्गिक हक समेत कुण्ठित भई आम मानिस प्रभावित भएका छन् । ग्लोवल वार्मिङ्ग तथा जलवायु परिर्वतन हुनुको मूल कारण कर्पोरेट पुंजीवादले वढि भन्दा वढि निजी धन आर्जन गर्नका लागि प्राकृतिक श्रोत साधन जस्तै जैविक विविधता खनिज श्रोत साधनको अत्यासधक दोहन गर्न नै हो । ठूला ठूला उद्योग कलकारखानाबाट निस्केको प्रदुषणले जमीन, हावा, पानी, वायूमण्डल र सामुन्द्रिक जन जीवन माथी ठूलो असर परेको हुँदा यस्तो ठूला ठूला उद्योगहरुको विकल्पमा घरेलु, स–साना वातावरण मैत्री उद्योगहरुको संख्या बढाउँदा वातावरण पनि वाच्ने र वितरण पनि न्यायोचित हुन्थ्यो । आज चलिरहेको अर्थ व्यवस्थामा विश्व भरिको प्राकृतिक श्रोत साधनलाई विश्वका शक्तिशाली भनिने ठूला देशहरुले वढि भन्दा वढि प्रयोग गरी एकलौटी मुनाफा आर्जन गरिरहेका छन भने वाँकि विश्वका कमजोर र साना देशहरुले त्यस्को असर खास गरी ग्लोवल वार्मिङ्ग तथा जलवायु परिर्वतनको असरबाट प्रताडित भैरहेका छन् । महत्वपूर्ण जैविक विविधता प्राणी तथा वनस्पति, सामुन्द्रिक जन जीवन र सिङ्गो कृषि जगतमा भयावह असर परेको छ । श्रोत र साधनहरुको न्यायोचित वितरण हुन नसकै कारण विश्वमा करिव १% धनाध्य मानिसहरुले अधिकतम लाभ उठाई वाँकि ९९% मानिसहरु वातावरणीय प्रदुषण, अमानवियकरण गरिवी तथा रोजगारीका शिकार भएका छन् । अहिले विश्वका सवै देशहरुले आफ्नो राष्ट्रिय कूल ग्राहस्थ उत्पादन कसरी वढाई आर्थिक वृद्धिदर बढाउने भन्ने सवालमा केन्द्रित भएको देखिन्छ । अहिले अख्तियार गरेको आर्थिक मोडलमा आर्थिक वृद्धी त होला तर यस्ले पुर्याएको चौतर्फि असर भने अपुरणीय भएको हुँदा यो कर्पोरट पुजिंवादको विकल्पमा समाजवादी अर्थ व्यवस्था अनिवार्य रुपमा लागु गर्न सकियो भने मात्र अहिले भै रहेको पर्यावरणीय संहारलाई वचाउन सकिने छ । त्यसैगरी विद्यमान आर्थिक असमानताको दुरीलाई पनि कम गर्न सकिन्छ । दीगो आर्थिक व्यवस्थाले मूलत वातावरणीय विस्थापनको स्थाई समाधान गर्न सक्नेछ ।
आर्थिक स्वतन्त्रताको प्रारम्भ संगसंगै ठूला ठूला उद्योग कलकारखाना, खानी तथा खानीजन्य पदार्थमा आधारित व्यवसाय, वनजंगल संग आधारित उद्योग, आणविक भट्टीहरु र पेट्रोलियम पदार्थ संग आधारित कारखानाहरुले यति धेरै पर्यावरण नष्ट गरे कि यहि रफ्तार कायम रहे जैव जीवन करिव १०० वर्ष भित्रै समाप्त हुनेछ भनि महान वैज्ञानिक स्टेफन हकिन्सले भविष्यवाणी गर्नु भएको छ । यो अर्थ व्यवस्था यति धेरै गैह्र जिम्मेवार छ कि रुपैया पैंसाका लागि प्रकृति तथा जैविक विविधताले जैव जगतलाई पू¥याउने हित एवं संरक्षणको कुनै प्रवाह राख्दैन । यस व्यवस्था अन्र्तगत रुपैया पैसालाई मूख्य केन्द्र भागमा राख्ने हुँदा आफूले मृत्युवरण गरिरहँदा पनि पैसालाई महत्व दिने हुँदा यो व्यवस्था प्रकृति एवं पर्यावरण विरोधी छ ।
घ) वन फडानी रोकौं र वृक्षारोपण गरौं ९क्तयउ मभायचभकतबतष्यल बलम उबिलतबतष्यल० ः– हाम्रो जीवनमा वोट विरुवाको ठूलो महत्व छ । पृथ्वीमा वस्ने सवै जीवजन्तुहरुको पारिस्थितीक प्रणाली वनजंगल तथा वनस्पति जगत संग निर्भर रहेको हुन्छ । वोटविरुवाहरुले सम्पूर्ण जीवका लागि नभै नहुने अक्सिजन दिईरहेको हुन्छ भने पृथ्वीमा उत्र्सजन भएको कार्वनडाइ अक्साईड ग्यास आँफूले लिई खपत गरिरहेको हुन्छ । वनजंगलले सवै किसिमका जंगली जनावरलाई बस्ने खाने सुविधा उपलब्ध गराएको छ । भू–क्षयीकरणलाई रोक्दै जमीन मूनिको पानीको श्रोतलाई रिर्चाज गर्ने काम गरेको छ ।
अहिले विश्वमा करिव ३०% भागमा वन जंगल रहेको र यँहा अहिले झण्डै ३ खरव जति रुख रहेको अनुमान गरिएको छ । संयुक्त्त राष्ट्र संघको वातावरणीय कार्यक्रमका अनुसार अहिले ८०% जति पुराना पहिलो पुस्ताका रुखहरु कटान भै सकेका छन् । अहिले विश्वको वन जंगल कटानको दर वार्षिक १५ अरव गोटा रुख रहेका छन् । यहि दरमा वन फडानी हुने हो भने आगामी २०० वर्ष भित्र सवै रुख मासिने छन् । त्यसैगरी अहिले वैज्ञानिक वन परियोजनाका नाउँमा पुरानो रुख कटान गर्ने नीति ल्याएर व्यापक वन फडानी भएको छ । यो वैज्ञानिक वन परियोजना दीगो वन विकाशको हितमा नभएको हुँदा राज्यले यथाशिघ्र खारेजी गर्न अत्यावश्यक भएको छ ।
अहिले नेपालमा १०.६% झाडी वुट्यान सहित सम्पूर्ण क्षेत्रफलको ३९.९% जमीनमा जंगल रहेको छ । अहिले नेपालको करिव ३६,३६,००० हेक्टरमा जंगल भएको विश्व खाद्य संगठनको अनुमान छ भने १.९०% जंगल प्रति वर्ष कटान भै रहेको छ । पछिल्लो अवस्थामा नेपालमा जंगल फडानीमा केहि सुधार आएको छ । अमेजन, अष्ट्रेलिया तथा अमेरीकामा वर्षेनी लागेको डडेलोबाट करोडौं रुखहरु विरुवा तथा जैविक विविधताको नोक्सान भएको छ । यसरी विभिन्न प्रकृति प्रकोप र आवाश क्षेत्र, उद्योग कलखाना लगायत व्यापारिक क्षेत्र विस्तारमा समेत वन जंगलको ठूलो हिस्सा दैनिक रुपमा नष्ट भै रहेको छ । त्यसैगरी काटिएका वन सम्पदा मध्ये करिव ४०% जति कागज बनाउने काममा प्रयोग भएको छ भने गाईवस्तु पशुपालनको व्यवसाय अत्यधिक मात्रामा विस्तार गर्दा चरण क्षेत्र र पशु आहाराको लागि अत्यन्त धेरै वन्य सम्पदाको ह्रास भै रहेको हुँदा हाम्रो दैनिक प्रयोगमा आउने कागज, दुध तथा दुधजन्य पदार्थ साथै मासुको उपभोगमा समेत कटौती गर्न सकेमा वनजंगलको ह्रासलाई वचाउन सकिन्छ ।
सरकारी निकाय तथा सवै नागरिकहरुले प्राकृतिक प्रकोप तथा मानवीय कृयाकलापबाट खाली भएका वन्य क्षेत्र एवं खुला वाझो जग्गाहरुमा वृक्षारोपण गर्ने र तिनीहरुलाई हुर्काई बढाई हरियाली बनाउने काममा हाम्रो देश लगायत विश्व भरी नै अभियान संचालन गर्न सरकार तथा सरकार निकायहरुलाई दवाव श्रृजना गर्नु पर्दछ । यस्को लागि जनस्तरमा वनको महत्व, यस्ले वातावरणमा पुर्याउने सहयोग जैविक विविधताको संरक्षण र पारिस्थितीक पद्दतिको सन्तुलनका सकारात्मक पक्षहरुका बारेमा चेतनामूलक कार्यक्रम गर्दा हामीले खपत गर्ने वन्य सम्पदाको अवस्थामा सुधारआई वन क्षेत्र संरक्षण हुनेछ भने स्वस्फूर्त नागरिकहरु जनस्तरबाट वृक्षारोपन गर्ने र हुृर्काई बढाई हरियाली बनाउने काममा लागि पर्नेछन । यसरी हामीले वनजंगलबाट भएको पर्यावरणीय ह्रासलाई रोकथान गर्न सकिन्छ ।
ङ) प्रदुषणको रोकथाम गर्ने ९क्यगितष्यल या उयििगतबतष्यल० ः– अहिले देखिने गरी मूख्य वातावरणको कारकको रुपमा रहेको हावा, पानी, माटो, रेडियोधर्मि किरण, ध्वनी, प्रकाश र थर्मल प्लान्टबाट अत्यधिक मात्रामा प्रदुषण फैलिई पारिस्थितीक पद्दतिमा नकारात्मक असर परि जनजीवन कस्टकर भएको हुँदा वातावरणमा समेत नकारात्मक प्रभाव परेको छ । अहिले वायु प्रदुषणको आधारमा वंगलादेश सवैभन्दा बढी प्रदुषण भएको देश मानिन्छ । पाकिस्तान, मंगोलिया, अफगानिस्तान र भारत क्रमश २,३,४ र ५ स्थानमा प्रदुषित हुने देशमा पर्दछन भने हाम्रो देश नेपाल आठौं स्थानमा रहेको छ । यसगरी हाम्रो छिमेकी देश चीन ११ औं स्थानमा प्रदुषित भएको देश मानिन्छ । औद्योगिक प्रदुषणबाट निस्कने धुवा, धुलो। पेट्रोलियम पदार्थबाट चल्ने यातायातका साधनबाट निस्कने धुँवा, थर्मल प्लान्टबाट निस्कने धुँवा तुवाँलो डडेलो आदि दैवि प्रकोपबाट निस्कने धुँवा धुलोले वायूलाई प्रदुषण गरी हामीले स्वास प्रश्वास गर्न नसकिने गरी प्रदुषण भएको छ । यस्को रोकथामका लागि असिमित औद्योगिकीकरण लाई रोकी वातावरण मैत्री किसिमले व्यवस्थापन गरी उद्योग खोल्न प्रवन्ध मिलाउनु पर्दछ ।
हामीलाई हावा जस्तै नभै नहुने पदार्थ पानी हो । अहिले विभिन्न किसिमका मानवीय कार्यबाट पानी प्रदुषण भै सामुन्द्रिक इकोसिस्टम जोखिमपूर्ण अवस्थामा छ । कलकारखानाबाट निस्कने रासायनिक अत्तिहानीकारक फोहोर, आवाश क्षेत्रको फोहोर पानी र प्राकृतिक रुपमा ज्वालामुखि विस्फोट र लेउ फैलिएर पानी प्रदुषण भईरहेको छ । जस्का कारण मानव लगायत करोडौं जीव वनस्पतिलाई नकारात्मक असर परेको छ । मानव कृयाकलाप कै कारण प्रकृतिमा दवाव श्रृजना भई विपत्ती आएको हुँदा प्रकृतिमा सन्तुलन हुने गरी कमगर्न अनिवार्य छ जस्ले गर्दा प्रकृतिबाट हुने प्रदुषण रोक्न सकिन्छ भने उद्योग तथा मानव वस्तीबाट निस्कने ढलको पानी प्रशोधन गरेर मात्र पानीको श्रोतमा मिलाउने व्यवस्थाका लागि कडा कानून बनाएर कार्यान्वयन गर्नु पर्छ । यसो गर्न सकियो भने अहिले भै रहेको नदी तथा सामुन्द्रिक प्रदुषणलाई कम गरी संरक्षण गर्न सकिन्छ । रेडियो धर्मि प्रदुषण वातावरणको लागि ठूलो चुनौति भएको छ । आणविक उर्जा केन्द्रहरुले रेडियोधर्मि सामाग्री युरेनियम र प्लुटोनियम प्रयोग गरी उर्जा त निकाले तर वातावरणमा भयानक ठूलो क्षति गराए । यस्ता उद्योगले मानव तथा जीव जगतमा सेल, तन्तु तथा डि.एन.ए.लाई नाश गरी क्यान्सर रोग फैलाई मानव तथा जीवहरुको तुरुन्तै मृत्यु गराउने काममा सक्रिय भएको हुँदा यस्ता खतरनाक उद्योगबाट उर्जा निकाल्ने कामको विकल्प खोज्नु पर्दछ । वातावरण तहशनहश गरी मृत्युवरण गराउने विकाश स्वीकार्य हुनु हुदैंन ।
त्यसैगरी ध्वनी प्रदुषण, प्रकाश प्रदुषण र थर्मल प्रदुषणले पनि पर्यावरणलाई नकारात्मक प्रभाव पारेको हुँदा ठूला आवाज वाहिर निकाल्ने उद्योग, मनोरंजनका साधन तथा यातायातका साधन आदिले असर पुर्याईरहेको हुँदा तत्काल यस्तो प्रदुषण रोक्ने पहल गर्नु पर्दछ । औद्योगिक क्षेत्र र ठूला ठूला शहर र यातायातका साधनको त्रत्तीले अहिले जैव जीवन तथा इकोसिस्टमलाई असर गरेको छ । ठूला आणविक भट्टी लगायत कारखानाले मेसिन चिस्याउनका लागि थर्मल प्लान्ट प्रयोग गर्ने गर्छन र त्यसबाट तातो पानी सिधैं वातावरणमा पठाउने हुँदा पर्यावरणमा भएका माछा, जलचर अन्य जल आश्रित जीवहरु लगायत वातावरण नराम्ररी प्रभाव पर्ने हुँदा यस्ता अत्यधिक प्रदुषण गराउने प्लान्ट वा उद्योगलाई कडाईका साथ व्यवस्थित गराई वातावरण वचाउनु अत्यावश्यक भएको छ र थर्मल प्लान्टबाट निस्कने तातो पानी चिस्याएर मात्र पर्यावरणमा पठाउने व्यवस्था मिलाउनु पर्दछ ।
च) ठोश फोहोरको वैज्ञानिक व्यवस्थापन ९क्अष्भलताष्अ mबलबनझभलत या कयष्मि धबकतभ० ः– अहिले उत्पादन भैरहेको ठोश फोहोरलाई व्यवस्थापन गर्दा खुला ठाँउमा जलाएर, खोलानाला, खाल्डा खोल्सा, समुन्द्रिक किनार, खुला जमीनमा पुरेर, इन्सिनेटरमा जलाएर, सुँगुरलाई ख्वाएर, फोहोरलाई धुँलो वनाई फोहोरको नालीमा वगाएर कम्पोस्टिङ मल बनाएर र ल्याण्डफिल साईटमा लगेर विसर्जन गर्ने गरिएको छ ।
अहिले विश्वमा वार्षिक रुपमा ठोश फोहोर करिव २ अरव १ करोड मेट्रिक टन उत्पादन हुन्छ । विश्व वैङ्कको डाटा अनुसार सन् २०५० सम्ममा यो परिमाण वार्षिक रुपमा ३ अरव ४० करोड मेट्रिक टन पुग्ने छ । अहिले जम्मा फोहोर ५.५% फोहोरलाई मात्र कम्पोष्ट मल बनाउन सकिएको छ । नेपालमा पनि ५८ वटा नगरपालिकाको फोहोरलाई आधार मानेर वार्षिक ५ लाख २४ मेट्रिक टन वार्षिक रुपमा उत्पादन हुन्छ भने गरिएको अनुमान सन् २०१२ को भएको हुँदा अहिले यो परिमाण बढेको छ । यो तथ्यलाई हेर्दा यहिं रफतारमा ठोश फोहोर मैला बढ्ने हो भने पर्यावरणमा ठूलो चुनौती थपिने छ । त्यसले सम्पूर्ण जैविक विविधता पारिस्थितीक पद्दतिलाई समाप्त पार्नेछ । यहि अवस्थालाई मध्यनजर गरेर हाम्रो देशले फोहोरलाई घटाउने उपाय खोजी कार्यैन्वयन गर्न सरकार तथा सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले सघन रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ ।
हामीले ठोश फोहोर घटाउने ७ वटा उपायहरुको ईमान्दारी साथ प्रयोग गर्यौ भने ठोश फोहोरलाई घटाउन सकिन्छ । यी उपायहरुलाई छोटकरीमा अंग्रेजी ठ च्क ले सम्बोधन गरिन्छ । यो विधिबाट ठोश फोहोरलाई वैज्ञानिक ढंगले दीगो गरी घटाउने तरिका अपनाउन सकिन्छ । ठ च्क ९चभागकभ, चभमगअभ, चभगकभ, चभउगचउयकभ, चभअथअभि, चभतजष्लप बलम चयत० कोे अर्थ हुन्छ ठोश फोहोरको वारेमा सामान उत्पादन, उपभोग र फाल्ने वेलामा पुर्नविचार गर्ने, हामीले पैसा खर्च गरेर सामान खरिद गर्दा के किन्ने वा नकिन्ने भन्ने एउटा मत हुन सक्छ र त्यो मत तपाईका लागि तपाई कतिन्जेल वाच्ने भन्ने पनि त्यस्ले निर्धारण गर्दछ । तसर्थ हामीले हाम्रो उपभोग्य वस्तु खरिद गर्दा पनि सोच विचार गरेर मात्र खरिद गर्नु पर्दछ । प्लास्टिक प्याकेजिङ अस्विकार गर्ने, हामीले सवै किसिमका प्लास्टिक प्याकेजिङलाई अस्वीकार गर्यौ भने वातावरणमा ठूलो वदलाव आउने छ । यो अहिले व्यवहारमा लगाउन केहि कठिन त छ तर यस्को अत्यन्त राम्रो परिणाम आउँछ । प्लास्टिकमा प्याक गरेको खाद्यान्न मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ यदि हामीले यसलाई वन्देज लगाउन सक्यौ भने यो वातावरण वचाउन पनि ठूलो योगदान हुनेछ । सवै किसिमका प्लास्टिक व्यागलाई अस्वीकार गर्दै त्यस्को सट्टामा दीगो टिकाउ हुने झोला बोक्ने वानी वसाल्न अनिवार्य भएको छ । फोहोरलाई घटाउने विधी हामीले आफ्नो साथमा किनमेल गर्ने टिकाउ खालको झोला सधैं वोक्ने, डिस्पोजल काटा, चम्चा प्लेट ग्लासको प्रयोगको विकल्प खोज्ने गर्नु पर्छ । सधैं प्रयोग गर्न मिल्ने पानीको वोतल प्रयोग गर्ने, प्लास्टिकको जारको साटो भान्छामा सिसाको वा धातुको जार प्रयोग गर्ने, प्लास्टिक झोलामा वजारबाट सामान ल्याउने काम छोड्ने वानी वसाल्यौ भने पनि प्रदुषण घट्छ । आफूलाई आवश्यक भन्दा बढि खाद्यान्न पकाएर फाल्ने काम नगर्ने, कपडाको तौलिया प्रयोग गर्ने, होटलहरुमा कागजको नेफकिनको साटो कपडाको नेफकिने प्रयोग गर्ने । आवश्यक्ता भन्दा वढी पानी, विजुली, खाना, यातायातको साधनको प्रयोग नगर्ने । भान्साबाट निस्कने पानी करेसावारीमा प्रयोग गर्ने । पुनप्रयोग गर्न सकिन खालका हाम्रो दैनिक जीवनमा धेरै चीजलाई प्रयोग गर्ने अवस्था हुँदा हुदैं हामी फाल्छौ । खाली सिसी, प्लास्टिक वाल्टी आदिलाई हामीले गमला, फुलवारीमा सजाउन सकिन्छ भने कतिपय अवस्थामा भान्सामा सामाग्री राख्न समेत काम लाग्नेछ ।
छ) मर्मत संभार गरी प्रयोग गर्न सकिने ः– हाम्रो घरबाट फोहोरका रुपमा निस्केका थुप्रै चिज वस्तुलाई छानेर प्रयोगमा ल्याउन सकिन्छ । मर्मत संभार गरेर काठ वा काठजन्य पदार्थबाट वनेका चिजवस्तुलाई प्रयोग गर्न सकिन्छ भने फोहोरमा फालिने यति धेरै वस्तु छन तिनलाई दैनिक जीवनमा केहि न केहि प्रयोग गर्न सकिन्छ । फोहोरलाई छान्ने र फाल्न ठीक पारेको फोहोरमा धेरै धातु वा काम लाग्ने चिज हुन्छन तिनलाई छानेर मात्र डम्पिङ्ग साईटमा पठाउनु पर्दछ । आल्मुनियम, टीन, स्टील आदिलाई हामीले तुरुन्तै प्रयोग सक्छौ । हामीले कागज र कार्डवोर्डलाई छुट्याएर विक्रि गर्न सक्छौ । प्लास्टिकका वोटल्स, जार, ग्लास, खाना प्याकिङ गर्ने कार्टुन विजुलीका तार, काठका फर्निचर वा टुक्रा काठलाई छानेर फेरी प्रयोग गर्न सकिन्छ । त्यस पछि ठ औं च् अर्थात कुहीएका सडेका वस्तुको प्रयोग फोहोर मैलामा जति पनि सजिलै कुहिएर जाने खाद्यान्न फलफूल लगायत जैविक वस्तुलाई हामीले संकलन गरी कुहाएर कम्पोस्टिङ्ग मल बनाउन सकिन्छ । यसरी हामीहरुले ठोश फोहोरलाई मोहरमा परिर्वतन गरेर सदुपयोग गर्न सकिन्छ ।
ज) वढदो जनसंख्या तथा जलवायू परिर्वतनलाई तत्काल रोक्नु पर्दछ ः– अलिे विश्वको जनसंख्या द्रुत गतिमा वढिरहेको छ । विश्वको जनसंख्या सेप्टेम्वर २०२० सम्ममा ७ अरव ८० करोड पुगेको छ । अहिलेको जनसंख्या वृधिदर १.५% रहेको छ । सन् २०५० सम्ममा करिव ११ करव जनसंख्या पुग्ने अनुमान गरिएको हुँदा वढ्दो जनसंख्याका लागि खाना खाने आहारा, वसोवासको लागि आवास, लताकपडा, हावा–पानी लगायत अन्य सवै उपभोग्य सामान आपूर्ति गर्न पकृतिक श्रोत साधन माथि नै पूर्ण रुपले निर्भर हुने हुँदा जति जनसंख्या वृधि हुँदै जान्छ पर्यावरणलाई त्यतिनै भार थपिने हुँदा वढ्दो जनसंख्यालाई रोक्ने प्रयास गर्न सकियो भने प्राकृतिक जैविक विविधता वचाई वातावरण वचाउन सकिन्छ । जनसंख्या नियन्त्रण मूलतः दुई किसिमले हुने गर्दछ । प्राकृतिक दैवी प्रकोप, विश्व महामारी तथा परिवार नियोजन लगायत मानविय कृयाकलापको असरबाट नियन्त्रण हुने गर्दछ ।
जलवायू परिर्वतनको मुख्य कारक तत्वको रुपमा रहेको हरित गृह ग्यास उत्सर्जनको हिस्सेदारी नेपालले जम्मा ०.०२५% मात्र रहेको छ । तर वातावरण क्षयिकरणमा हाम्रो हिस्सेदारी कम भए पनि त्यस्को असर भने हामीले अन्य देश सरह भोगीरहेका छौं । कृषि क्षेत्रमा यस्को ठूलो असर भोग्नु परेको छ । सुख्खा खडेरी, अतिवृस्टि, खण्डवृस्टि, अम्लीय वर्षा आदि कारणले कृषिमा ठूलो असर परेको छ र त्यसकै कारण उत्पादन घटेको छ । त्यसैगरी करिव ४५०० मीटर उचाईबाट सुरुहुने हिमरेखा तापक्रम वृधिका कारण उचाई तर्फ झण्डै ५०० मिटर सरेको छ । जस्का कारण खेतीपाती अन्य जैविक विविधतामा समेत ठूलो प्रभाव परेको छ ।
सन् १९६० को दशक पछि पृथ्मीमा भएको जनसंख्या वृधि र औद्योगिकीकरणका कारण जलवायू परिर्वतन भएको हो भन्ने तथ्य पर्यावरणीय क्षेत्रमा काम गर्ने वैज्ञानिकहरु एकमत भएका छन् । वनजंगल फडानी, पेट्रोलियम पदार्थको अधिकतम दोहन, कोइला लगायत अन्य प्राकृतिक श्रोत साधनको अत्याधिक उपभोगले खास गरी हरितगृह ग्यासको उत्सर्जन वढेको छ । सन् १९८० देखि अहिले सम्म १० भन्दा वढि तापक्रम वढ्को छ भने समुन्द्रको सतह ०.३ मीटर अर्थात १ फिट वढेको छ र अहिले पर्यावरणमा भएको प्रदुषण दोहन यथास्थितीमा कायम रहे समुन्द्री सतह आगामी सन् २१०० सम्म २.५ मीटर वढ्ने छ भनि वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन् । यस्को रोकथामका लागि अहिले भै रहेको अत्याधिक कार्वन उत्सर्जन र वन विनाशलाई रोक्दै वृक्षारोपणलाई अभियानका साथ अगाडी बढाउनु पर्दछ । हाल अत्यधिक रुपमा उपभोगमा भएको पेट्रोलियम उर्जाको सट्टा सौर्य उर्जा लगायत नविकरणीय उर्जाको विकल्प यथाशिघ्र खोज्नु पर्छ ।
अन्त्यमा, पृथ्वी यस्तो ग्रह हो जहाँ हामी लगायत करोडौं प्राणीहरुले जीवन यापन गरी रहेका छौं । पछिल्लो समयमा पृथ्वीमा मूलत मानव कृयाकलापबाटै अत्याधिक प्रदुषण भए पछि पृथ्वीको विकल्पको वैज्ञानिकहरुले वर्षौ देखि ग्रहहरुको खोज अनुसन्धान गरिरहेका छन् । तर अहिले सम्म जीवन जिउन सक्ने वातावरण भएको ग्रह पत्ता लागेको छैन र भविश्यमा पनि पृथ्वीको विकल्प अर्थात यहाँको जस्तो पर्यावरण, वायूमण्डल र सौर्य शक्तिको अनुकूलन अवस्था भेटीने अवस्था नरहेकोले जे जुन कारणले पृथ्वीको पर्यावरण विगारेर हामी स्वयंले मृत्यु निम्ताईरहेका छौं ती गल्ती कमजोरीलाई तत्काल सुधार गर्न मूलत सवै देशका सरकारहरु, सरकारी निकाय, सामाजिक संघ संस्था र सवै नागरिक समाज लाग्नु अपरिहार्य छ ।
यो अभियानका लागि वातावरणको महत्व र पर्यावरण सम्वन्धि सवै जनसमक्ष जन चेतना अभियान अनिवार्य प्रारम्भ गर्नु पर्दछ । वन जंगल फडानी रोकी वृक्षारोपण गर्दै नाङगा डाँडा पाखा हरियाली बनाउनु पर्दछ । विद्यालय स्तरमा वातावरणीय संरक्षण सम्वन्धि कार्यक्रमलाई अनिवार्य गर्नुपर्दछ । पानी र उर्जाको खपत कम गर्न अभियान चलाउदै नदीनाला खानेपानीका मुहान सफा राख्दै संरक्षण गर्ने अभियान चलाउनु पर्दछ । रासायनिक विषादी मलखाद सहितको जि.एम.खेतीको सट्टामा अर्गानिक र प्राकृतिक खेतीको उत्पादन गर्न पर्दछ यस्का लागि कम्पोस्टिङ र जैविक विषादीको कारखाना खेल्नु पर्दछ । ठोश फोहोरलाई वर्गिकरण गर्न सिकाई कम्पोस्टिङ फोहोर र पुनः प्रयोग गर्न सकिने फोहोरलाई छुट्याई ल्याण्डफिल्ड साईटको फोहोर मात्र साईटमा लैजाँदा फोहोरको परिमाण पनि घट्न गई त्यति ठूलो समस्या नहुन सक्छ । प्राकृतिक श्रोत साधनको खपत संतुलन रुपमा गर्न कडा कानून ल्याउनु पर्छ । ठूलो परिमाणमा उत्सर्जन भैरहेको कार्वनडाइ अक्साईड र हरितगृह ग्यास घटाउने विकल्प अनिवार्य रुपमा खोज्नु पर्दछ । हाम्रो खानपान, वसाई काम गराई आदि कुरामा समेत एक पटक पुन राम्ररी सोच्न पर्योकी आफूले प्रयोग गरेको वस्तुले पर्यावरण प्रदुषण गर्न कति जिम्मेवार छ वा छैन रु हाम्रा जैविक विविधताको संरक्षण गर्दै नियमित हुने पारिस्थितीक पद्दतिलाई वचाउन हाम्रो भूमिका प्रमुख रहने हुँदा यस मुद्दामा सधैं इमान्दारीपूर्वक काम गर्नु पर्दछ । अहिलेको पर्यावरणीय विकराल अवस्था ल्याउने मध्ये मूख्य कारक प्रणाली भनेको कर्पोरेट पुँजीवादी व्यवस्था नै भएको हुँदा यस व्यवस्थाले सवैलाई निर्वाध रुपमा प्राकृतिक श्रोत साधन माथी हस्तक्षेप दोहन गरी नीजि धन कमाउने प्रतिस्पर्धालाई सदैव स्वीकार गर्छ र यस व्यवस्थामा सरकारहरु कर्पोरेट धारनाका सहायकको रुपमा उनीहरुकै अनुकूल हुने गरी नीति नियम बनाउने गर्दछन र श्रोत साधन माथीको कव्जा स्वीकार गर्ने हुँदा आज समग्र पृथ्वीमा यो कहाली लाग्दो अवस्था श्रृजना भएको छ । वातावरणीय दृष्टिकोणबाट हालको अत्यन्त भयावह अवस्था श्रृजना गर्ने सहायक तत्वहरु थुप्रै भए पनि मुख्य कारक तत्व भनेको कर्पोरेट पुँजीवादी व्यवस्था नै भएको हुँदा यस्को विकल्प खोज्नु अपरिहार्य भएको छ । यो आत्मघाती कर्पोरेट पुँजीवादी व्यवस्था खारेजीको भागी भएको हुँदा यस्को विकल्पमा समाजवादी व्यवस्था एकमात्र अहिलेको समाधान हुन सक्छ ।