बिराटनगर, माघ २६ गते, जनताको बलिदानि पुर्ण संघर्स द्धुारा स्थापित संविधान सभाबाट निर्मित नेपालको संविधान २०७२ को उल्लंघन र धज्जी उडाउने काममा प्रधानमन्त्रि ओलिमात्र नभएर अहिले ओलि सरकार विरुद्धमा लागेका दहाल र नेपाल पनि उत्तिकै दोषि रहेको ने का केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि महेश आचार्यले आरोप लगाउनु भएको छ
काँग्रेशले संविधानका पिता उपनामले सम्मान गरेका सन्त नेता एवं पुर्व प्रधानमन्त्रि स्वर्गीय शुशिल कोईरालाको पाँचौं स्मृति दिवशको उपलक्ष्यमा बिराटनगर स्थित नेपाली काँग्रेश जिल्ला पार्टी कार्यालयमा आयोजित एक गोष्ठि लाई सम्बोधन गर्दै नेता आचार्यले ओलि , दहाल र नेपाल एउटै पार्टीमा एकै ठाउ भएका बेला संविधान बिपरित ओलि सरकारले कम्युनिष्टहरु र गैर कम्युनिष्ट लाई असमान ब्याबहार गरिहिँदा , सम्बैधानिक परिषदको गठनका बेला संविधान बिपरित जाँदा तालि पडकाउने ले पौष ५ गतेको घटना पछि ओलि सरकारबाट संविधान जोगाउनुपर्ने राग अलाप्दैमा दोष मुक्त नहुने नेता आचार्यले बताउनु भयो
लोकतान्त्रिक गणतन्त्रात्मक संसदिय ब्याबस्था र नेपालको संविधान २०७२ को रक्षाका निम्ति नेपाली काँगेश कुनै पनि कम्युनिष्ट गुट संग सहकार्यगर्न तयार नरहेको र काँगे्रशले संविधानको रक्षा र जनआन्दाृलनको उपलब्धि लाई जोगाउन गरिरहेको आन्दोलन सरकार र अदालत संग संविधानको रक्षाको भिख माग्न नभएर संविधान र सार्बभौम सताका मालिक नेपाली जनता लाई नै खबरदारी र जाग्रीत गर्न आन्दोलन केन्द्रित भएको नेता आचार्यले प्रष्टाउनु भएको थियो ।
नेपाली काँग्रेश क्षेत्र नं ४ मोरड्ड र ने का जिल्ला समिति मोर∙ को संयुक्त आयोजनामा आयोजित गोष्ठि लाई अतिथिको आशनबाट संविधान सभा सदस्य एवं सन्त नेता शुशिल कोईरालाका सहोदर भाई अशोक कोइराला , ने का पुर्ब केन्द्रिय सदस्य कबिता सरदार , ने का मोर∙ सभापती डिग बहादुर लिम्बु लगाएतका बक्ताले सन्त नेताको राजनैतिक जिवनको चर्चा गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व क्षेत्र नं.४ का क्षेत्रिय सभापति बिनोद बस्नेतले गर्नुभएको थियो ।