“ विरामिका लागी डाक्टर भगवान समान हुन ” यो बाक्यांश धनकुटा नगरपालिका वार्ड नं.१५ मुलघाट कि २९ बर्षिय राधिका वश्ति मा लागु भएको छ ।
आज भन्दा २० बर्ष पहिले उनि आफ्््नो घर मुलघाट बाट पढ्नका लागी झापाको सदरमुकाम पुगीन । फूपुको घरमा बसेर पढ्दा झण्डै ६ , ७ बर्ष उनि सार सौंदै थिइन । एक दिन घरमा एक्काशि बेहोस भएर ढलिन । घरका सबै डराए । उनकी फूपु भन्छिन काटेको खसि जस्तै छटपटाइन , आँखा सेतो पारेर फर्काइन , जिब्रो टोकेर दाँत बाँधिन , हात खुट्टा सिधा पारेर तनक्क तन्किइन र मुठ्ठी खोल्नै नसक्ने गरी बाँधिन , त्यसको आधा पौने घण्टा पछि होस आयो । फूपु फूपाजु ले उन लाइ स्थानिय डाक्टरका मा लगे । स्थानिय डक्टरहरुले दिमाग सम्बन्धि समस्या भएकाले यसको उपचार तत्काल नेपालमा उपलब्ध नभएकाले भारतको शिलिगुडी लैजान सल्लाह दिए ।
इ.सं.२०१० अक्टोबर ३० तारिख शिलिगुडी स्थित एक बरिष्ठ नाम कहलिएका न्युरो सर्जनकामा उनि पहिलो पटक उपचारका लागी पुगीन । एम.आर.आइ., टाउकाको स्क्यानिङ लगाएत झण्डै एक लाद भा.रु.खर्च गरे उनका आफन्तले तर उनको समस्या भने ज्यँु का तियँु रह्यो । दबाइ सेवन गरेपछि केहि महिना आराम भए पनि समस्या पुन फर्कियो । उनि सम्झन्छिन रोगकै कारण उनको पढाईमा पनि असर पर्यो । मुस्किल ले १२ कक्षा सम्म अध्यन गर्न पाईन ।
धेरै आफन्त र नाता गोताले धामि झाँक्रिका मा जाने सल्लाह पनि दिए । उनकि आमा नर्बदा वस्ति भन्नुहुन्छ धामि झाँक्रि को मा कुखुरा , परेवा र बोकाको बली त चढाइयो तर रोग निको भएन । उनको बेहोस हुने समस्या झन बढेर गयो । महिना मा एक पटक बेहास हुन्थें तर धामि झाँक्रिका मा जान थाले पछि त दिनैमा एक पटक बेहोस हुन थालँे उनि भन्छिन ।
शिलिगुढीका डाक्टरले लेखिदिएको दवाइ भने बेहोस भए पनि उनले खान छाडेकी थिईनन्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््् । यतिकै मा २०७० सालमा उनको विवाह भयो । विवाह भएर उनि विराटनगर ४ को खार्जि कोहबरा स्थित पौडेल परिवारको बुहारीका रुपमा भित्रिईन । विवाह त भयो तर घर परिवारले के भन्लान , मेरा रोग देखेर के गर्लान भन्ने डर थियो तर परिवारले यसलाई सामान्य रोगहो उपचार गरेपछि निकोहुन्छ स्विकारे पछि उनि खुशि भईन राधिका सम्झन्छिन ।
उनकी सासु गीताका अनुसार बुहारी ल्याएपछि भात भान्सा जिम्मा लगाउँला भनेर सोचेकी थिएँ बुहारीको रोगका कारण उल्टै बुहारीको गोठालो गर्नुपर्ने बाध्यता आईलाग्यो । चुलोमा बसेका बेला बेहोस भएर आगोमा पर्छिन भन्ने डर , कयांैं पटक भाँडा माझ्दा माझ्दै कलमै बेहोस भएर दाँतले जिब्रो काट्यो , कयौं पटक टाउको र अनुहारमा घाउचोट लाग्यो , खोला , पैनि , नहर , र पानीका डोबिलकाहरुमा बेहोस भएर पर्छिन भन्ने डरले सधैं चिन्तित बनाई रहन्थ्यो । यस्ता रोगीलाई जोगाउन धेरै गाह्रोहुने बताउछिन राधिका की सासु गीता ।
धामि झाँक्रिमा त्यति बिश्वास नगर्ने भए पनि आफन्त र नातदारहरुको दबाबमा धरै धामि झाँक्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रि र ओझा विजुवा समेत का मा पुर्याएको तर रोग बिसको उन्नाईस पनि नभएको उनका श्रीमान शान्तिराम बताउछन । उनि भन्छन हामि या रोगका लागी उपयुक्त बिषशज्ञ डाक्टरको खोजिमा थियौं । नभन्दै एक दिन हल्ला आयो यस्तो प्रकारको रोग निको पार्ने डाक्टर बिराट मेडिकल कलेज गंगाचौकमा आएका छन रे , त्यो थाहा पाएर स्नायु नसा चिकित्सक डाक्टर विवेक रौनियार को मा उनलाई पुर्यायौं । समस्या सम्बन्धि सबै कुरा बुझी पुराना चेक जाँचका रिपोट को अध्यन पछि डाक्टर रौनियारले औषधि लेखिदनिु भयो र यो समस्या त्यति गम्भिर नभएको भन्दै चाँडै निको हुने दावाका साथ उनको उपचार सुरु गर्नु भयो ।
यस्तो समस्या लाई एक प्रकारको छारे रोग भनिने र यस्ता समस्याको सहि निदान हुनसके औषधिले नै पनि निको पार्न सकिने बताउनु हुन्छ डा. रौनियार ।
नभन्दै २० बर्ष देखिको अप्ठेरो अबस्थार परिस्थितिबाट एकै पटक मुक्ति पाईन राधिकाले, उनि भन्छिन मेरा लागी डाक्टर रौनियार भगवान समान हुनुभयो । म जस्ता सबै बिरामी लाई धामी झाँक्रिको भ्रमा नपरी आफ्नो पाएक पर्ने ठाँउका अस्पतालमा गएर स्नायु नशा चिकित्सक का मा जान र रोग ( समस्या ) मुक्तहुन सल्लाह दिन्छु ता की मेरो जस्तो कष्ट अरुले पनि भोग्नु नपरोस ।
छारे रोग बारे केहि महत्वपुर्ण जानकारी ः डाक्टर विवेक रौनियार
Òविश्वमा ६ कराड ५० लाख बिरामी छारे रोगका छन ।
Òसंसारभर हरेक १० जना मध्ये १ जना छारे रोगका बिरामी छन । यि मध्ये ८० प्रतिशत बिरामी बिकशित र मध्यम बिकशित देशका छन ।
Ò८० प्रतिशत मध्ये पनि अत्यधिक बिरामी ले रोगको निधान र औषधि उपचार पाएका छैनन ।
Òछारे रोग उपचार सम्भब रोग हो , जो सदाका लागी निको हुन्छ ।
छारे रोगका प्रमुख कारण
Òमस्तिष्कमा हुने संक्रमण बाट ।
Òमस्तिष्कमा लाग्ने चोट पटक बाट ।
Òपक्षघात बाट ।
Ò बंशाणुगत बाट ।
Ò अर्बुद रोग – मस्तिष्क ट्युमर बाट ।
Ò अन्य रोगहरुको कारणले – अन्य सयौं कारण ले ।
Ò छारे रोगका ५० प्रतिशत बिरामीलाई माथि उल्लेखित कारण देखिदैनन ।
छारे रोगको निदान
Òछारे रोग भएका मध्ये दुई तिहाई सम्म बिरामी लाई औषधिले रोकथाम गर्न अथवा निको पार्न सकिन्छ ।
Òछारे रोगलाई रोग हिस्ट्री र शारिरिक परिक्षण तथा ई.ई.जि. , मस्तिष्कका सिटि , एम.आर.आई. बाट सजिलै पहिचान, निदान गर्न सकिन्छ ।
Òयस बाट छारे रोगको प्रकार ठम्याएर औषधि सुरु गर्न सकिन्छ ।यस बाट छारे आउने प्रकृया बन्द हुन्छ ।
स्नायु नसा चिकित्सक डा. विवेक रौनियार भन्नुहुन्छ , छारे रोगले छारे आउने मात्र नभइृ बिरामीको दैनिक कामकाज, पढाई ,लेखाई ,प्रजनन स्वास्थ्य , र मानसिक स्वास्थ्यमा समेत असर पार्ने हुनाले अन्धविश्वासमा लागेर धामी झाँक्रि , ओझा विजुवा तरि नगई स्नायु नशचिकित्सकहरुकामा बलैमा सम्र्पक पुग्नुभई पैसा, समय र जिवनको बचत गर्न अनुरोध गर्दछु ।
एक नं.प्रदेशको हकमा सुनसरी र मोर∙का पक्षघात र छारे रोगका बिरामीहरु सुनसरी जिल्ला को कप्तानगंजको सिमावर्ती भारतको खरैयामा जाने गरेको आफुले देखेको र हल्लाको भरमा कुनै डाक्टर र बिषेशज्ञ नै नभएका ठाँउमा सम्पती लुटाउन र ज्यान जोखिममा पार्न नजान नेपाली हरुलाई आग्रह गर्नुअुन्छ । पक्षघात र छारे रागको उपचार नेपालकै अस्पतालहरुमा बिषेशज्ञहरुले सरल र सुलभ रुपमा उपलब्ध गराएको समेत बाँहा बताउनुहुन्छ ।