महामारीले कसरी परिवारलाई तहस नहस पारेको छ भनेर बिराटनगरको एक परिवार उदाहरण भएको छ । रोग पुुष्टि भएपछि अस्पताल भर्ना भएका चार मध्ये तीन जनाको मृत्यु भै सकेको छ । एक जना उपचाररत छन् । मृत्यु भएका अभिभावकको शवमा दागवत्ती दिने नै अस्पतालमा भर्ना भएपछि अन्तिम संस्कार नै प्रभावित भएको छ ।
महामारीले परिवारलाई नै संक्रमित मात्रै नभई पालैपालो मृत्युको मुखमा पु¥याएपछि विराटनगर–१ उक्त परिवारको यस्तो कहालीलाग्दो अवस्था बनेको हो । घर भित्रैका तीनजना अभिभावकको मृत्यु भएपछि आफन्त र छरछिमेकी समेत स्त ब्ध भएका छन् ।
तीन जनाको मृत्यु भईसकेको घरमा छोराको समेत अहिले अस्पतालमा उपचार भईरहेको छ । मृत्यु भएका हजुरआमा, बुबा र आमालाई दागवत्ति दिने छोरा समेत अस्पतालमा उपचाररत रहेका हुन् ।
चारजना अस्पतालमा भर्ना भएकामध्ये ६२ वर्षीय बुबा, ८१ वर्षीय हजुरआमा र ५९ वर्षीय आमाको पछिल्लो चारदिन यता निधन भएको आफन्त अरुण न्यौपानेले जानकारी दिए । भाई पनि अस्पतालमा छ, उसकी श्रीमतीसहित दुई बच्चालाई इटहरीस्थित माइती मावलीमा राखेका छौं, न्यौपानेले भने–आफन्त र छिरछिमेकले अन्त्येष्टि गरेका थियौं ।
विराटनगर–१ का ढुंगाना परिवार भित्र यस्तो स्थिति महामारीकै कारण सिर्जना भएको थियो ।