Pin It

 

 

काठमाडौं । 

सत्ताबाट हटेपछि शक्ति घट्छ र शक्ति घटेपछि आफ्ना भनिएकाले पनि धमाधम छाड्छन् भन्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्दर्भमा पनि मिल्न थालेको छ ।

उनले मन्त्री बनाएकाहरु नै छाडेर माधव नेपालको गुटमा जाने तयारीमा लागेका छन् ।

ओली सरकारमा मन्त्री भएका चार सांसदहरु गुट परिवर्तनका लागि खुट्टा उचालेर बसिसकेका छन् ।

उनीहरुले त्यसका लागि बार्गेनिङ्ग नै शुरु गरिसकेका छन् ।

यसरी गुट नै त्याग्ने प्रस्ताव लिएर बढेकामा उनी ओली सरकारमा मन्त्री भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए माधव नेपाल गुटमा जाने गरी पूर्वमन्त्रीहरुले तयारी थालेका छन् ।

यसका लागि उनीहरुले कुराकानी समेत बढाएको बुझिएको छ ।

गुट परिवर्तनका लागि तयार भएका कतिपय ओलीनिकट सांसदहरुले मन्त्री पद मागेका छन् ।

देउवाले विश्वासको मत पाउनका लागि भएपनि माधव नेपाल पक्षबाट धेरै भन्दा धेरै सांसदलाई मन्त्री बनाउनुपर्ने अवस्था बनेको छ ।

 

यसकारण पनि यसपटक काँग्रेसबाट भन्दा पनि नेपाल पक्षबाट बढी मन्त्री बन्ने सम्भावना देखिएको छ ।