\
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको उपलब्ध गराउने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ
देउवालाई मोदीको फोन गरेर भने–काेरोना बिरुद्धकाे खोप छिट्टै दिन्छौँ