आजको नेपाल खबर :सत्तारुढ नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्रीसहित ११ मन्त्रालय कांग्रेसको भागमा पर्ने आँकलनसहित तीनओटै समुहले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो ।
नेपाली कांग्रेसका एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार देउवा नेतृत्वको सरकारमा संस्थापनबाट ६ जना, बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट ४ र पूवमहामन्त्री कृष्णप्रसाद सिटौला समुहबाट एक जना मन्त्री पठाउने सहमति नेताहरुबीच जुटेको छ । सो सहमतिसँगै प्रधानमन्त्री देउवाले थप तीन मन्त्री मन्त्रीको नाम टुंगो लगाउनु भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ठेकेदार रहेका सांसदमध्येबाट जीपछिरिङ लामा र मोहोन आचार्यमध्ये एक जनालाई मन्त्रीको जिम्मा दिनुहुने भएको छ । यो प्रतिस्पर्धामा बहादुरसिंह लामा पनि रहेको र तीनमध्ये एक जना मन्त्री बनाउने निश्कर्षमा प्रधानमन्त्री देउवा पुग्नुभएको छ ।
यस्तै महिलाबाट पुष्पा भुसाल, राष्ट्रियसभाबाट रमेशजंग रायमाझी र अभिशेकप्रताप शाहमध्येबाट मन्त्री बन्ने भएका छन । सभापति देउवाले आफूसँगै बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री नियुक्त गरिसक्नु भएको छ ।
यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको तर्फबाट सरकारमा पठाउने चार जनाको पनि टुंगो लागेको सो समुहका एक नेताले जनताटाइम्सलाई बताए ।
ती नेताका अनुसार पौडेल–कोइराला समुहबाट प्रकाशमान सिंह, सुजता कोइराला, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने टुंगो भएको छ । हाम्रो समुहबाट चारै जनाको नाम टुंगिसकेको छ, यसैअनुसार प्रधानमन्त्रीलाई बुझाइने छ,’ ती नेताले जनताटाइम्ससँग भने ।
यस्तै पूर्वमहामन्त्री सिटौलाको समुबाट गगन थापा र उमाकान्त चौधरीमध्ये एक जनालाई मन्त्री बन्ने हुनुभएको छ ।यता अर्वपति ब्यापारी बिनोद चौधरी पनि मन्त्री बन्न तीब्र लबिङमा रहनुभएको छ
तर चौधरीलाई मन्त्री बनाउँदा पार्टीका इमान्दार नेता–कार्यकर्ता भडकिने र मन्त्री भएलगत्तै थुप्रै काण्ड बाहिरिने भन्दै देउवा पछि हटनुभएको छ ।
चौधरीले गरेको बदमासीको फेहरिस्त नै प्रधानमन्त्री देउवासमक्ष पुगिसकेको एक नेताले बताए ।
‘बिनोद चौधरीको बदमासीको फाइल नै प्रधानमन्त्रीलाई दिइसकेका छौं, आवश्यक परे तपाई (जनताटाइम्स) लाई दिउँला,’ देउवालाई चौधरीको बदमासीको प्रमाण दिनेमध्येका एक नेताले भने ।
यद्यपी प्रधानमन्त्री देउवाले नै अनिच्छा देखाए पनि ब्यापारी चौधरी भने मन्त्री पद खरिद गर्ने अभियानमा अबिचलित रुपमा लाग्नुभएको ती नेताले बताए ।यस्तै डा. मिनेन्द्र रिजाल पनि मन्त्री बनाउनु पर्ने भन्दै चर्काे लबिङमा रहनुभएको छ । तर उहाँको कुराको सुनुवाई नहुने संभावना बढेको छ ।
यसैबीच देउवाले प्रमुख सचेतक खाँण मन्त्री बन्नुभएकोले भीमसेनदास प्रधान र डा. मिनेन्द्र रिजालमध्ये एक जनालाई प्रमुख सचेतकको जिम्मा दिने योजना बनाउनु भएको छ भने सचेतकमा डिला संग्रौला र लक्ष्मी परियारमध्ये एकलाई जिम्मेवारी दिने तयारी गरेको बुढानिलकण्ठ स्रोतले जनाएको छ । जनता टाइम्स बाट