Pin It

          

विराटनगर, ७ साउन । विराटनगरसहित मोरङ जिल्लाभरी अब ६ बजेसम्म मात्र बजार पसल खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सुचना अनुसार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्र बजार पसल खोल्न पाइने भएको हो ।

यस अघि साँझ ८ बजेसम्म बजार पसल खोल्न अनुमति दिएकोमा कोरोना संक्रमण दर बढ्दै जान थालेपछि उक्त अवधि घटाइएको होे ।