विराटनगर, ८ साउन । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द हुने भएको छ । दुई जनामा संक्रमण पुष्टि भएर १ साउनदेखि कार्यालयले आंशिक सेवा प्रवाह गर्दै आएको थियो ।
कार्यालयका थप तीन जनामा कोरोना पुष्टि भएको र अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्दो लक्षण देखिएकाले आइतबारदेखि १५ साउन सम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोल कार्यालयले जनाएको छ ।
कार्यालयले शुक्रबार सुचना प्रकाशित गर्दै सो अवधिभर आन्तरिक व्यवस्थापन बाहेकका सम्पूर्ण सेवा प्रवाहका कामकाज बन्द गरिएको जनाएको हो ।