Pin It

 

बिराटनगर , चैत्र १०गते नेपाली काँग्रेश वडा नं. ४ ले घर घर जाउँ नेपाली काँग्रेश जिताउ अभियानको आज एक कार्यक्रमका बिच कंचनबारीमा उद्घाटन गर्यो ।


नेपाली काँग्रेश प्रदेश एक का सह महामन्त्रि प्रमिला गच्छदारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेश महानगर सभापति दिपक चापागाइ , क्षेत्रिय सहसचिब केशब गीरी । जिल्ला सह सचिब संजय मंडल , र जिल्ला सदसय डोरीलाल चौधरी ले शुभकामना दिनु भएको थियो भने छलफलका लागी गरीयको फ्लोर ओपनमा ने का ४ नं वाडका बिभिन्न ब्यतित्वहरुले आ आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व ने का वडा सभापति राजकुमार तबदारले गर्नुभएको थियो ।