बिराटनगर , चैत्र २२ गते , सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड को २७ औं बार्षिक उत्सवको आज एक समारोहका बिच बिराटनगर वाड नं ४ का कार्य बाहक वडाअध्यक्ष बलकराम राजबंशीले पानशमा बति बाली केक काटेर उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथिको तर्फ बाट समारोह लाई सम्बोधन गर्दै का बा अध्यक्ष राजवंशिले सहारा नेपाल ले बिराटनगरमा लामो समय देखि समाजका बपिन्न महिला दिदि बहिनि हरुका बिच प्रसंसनिय काम गरेको उल्लेख गर्दै देशको अर्थतन्त्र मजबुत बनाउन समाजका महिला हरुको आर्थिक उन्नतिका लागी काम गर्दै गरेको सहारा नेपाल सहकारीलाई आगामि दिनमा सहकार्यको दायरा फराकलिो पार्दै सहकार्यका साथ अगाडी बढन शुभकामना दीनुभयो ।
स्थानिय समाज सेवि मैना ढकालको सभपतित्वमा सुरु भएको कार्यक्रममा अतिथिको तर्फ बाट परिवर्तन खबर डट कम का सम्पादक अशोक पौडेल ले पनि शुभकामना दनिु भएको थियो । समारोहमा उत्कृष्ट उधमसिल दुई महिला अर्चना कुमारी चौधरी बिराटनगर ४ र सरसवती देवि माझि मोदी लाई कार्यक्रमका अतिथि अशोक पौडेल र सभापती मैना ढकाल ले नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गर्नुभएको थियो । त्यसगरी समारोहमा साकोस पुष्पलाल चौक सेवा केन्द्र्को प्रतिबेदन पुष्पलालचौक शाखा प्रमुख खगेन्द्र श्रेष्ठले सुनाउनु भएको थियो भने स्वागत मन्तब्य कर्मचारी विनिता कट्वाल ले गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य बिभाग प्रमुख मुना आचार्य फूयल ले स्वास्थ्य सम्बन्धि सुविधा जिवन बरदानका बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन साकोस नेपाल पुष्पलाल चौकका बरिष्ठ सहायक टोम प्रकाश दहाल ले गर्नुभएको थियो ।