Pin It

बिराटनगर , चेैत्र १९ गते , बिराटनगर कचंनबारी स्थित नोबेल मेडीकल कलेज अर्थो बिभागका डाक्टर बिजय यादबको हत्यागरि फालीएको अबस्थामा आफ्नै डेराको आगनममा भेटिएको प्रतक्ष्यदर्शिले बताएका छन ।


बिगत चार बर्ष देखि नोबेल अस्पतालको अर्थो बिभागमा कार्यारत २८ बर्षिय डाक्टर बिजय यादबको गय राती हत्या गरि , वाहाँ डेरागरि बस्ने नोबेल अस्पताल अगाडि नहर बाट दश मिटर पुर्बमा रहेको इनिजनियर प्रेम बस्नेतको घरको गेट अगाडि आगनमा घोप्टो पारि फालीएको अबस्थामा सब फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरी जिल्लाको बिसनपुर गाउँपालिका वार्ड नं.१ खुरहुरियाका यदुनन्दन यादबका एक मात्र छोरा डा. यादबले बंगलादेश बाट अर्थोमा एम . बि बि एस गरेर गित चार बर्ष देखि नोबेलमा कार्यारत हुनुहुन्थ्यो । डा यादबको नाडी देखि पाखुरा सम्म काटीएको घघाउ र अनुहारमा भएको चोटका साथै नहरको बाटोमा देखिएका रगतका टाटाले हतया भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ भने वाहाँका आफन्तहरु ल हत्यागरि ल्याएर डेरा अगाडी फालिएको दाबि गरेका छन ।
शनिबार बिहान घरको आगनमा गेट अगाडी डाक्टर लाई घोप्टोपरेर लडीरहेको देखे पछि छिमेकीले प्रहरी लाइृ खबर गरेका थिए । हत्यारा पतालगाउन प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग थियो । कुकुरले कसैलाई समातेन घटना स्थलबाट कंचनबारी चौक सम्म कुकुरले तलासि लिए पछि अपराधि गाडी चढेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरी घटनामा संलग्न भएको हुन सक्ने आसंकामा हाल सम्म पाँच जना लाई अनुसन्धानका लागी पक्राउ गरिएको जनाएको छ ।

 

vv