Pin It

 

७ आश्विन २०७९, शुक्रबार 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस (वीपी)का बरिस्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार एमाले अध्यक्ष ओली निवास वालकोटमा करिब ३ घण्टा लामो भेटवार्ता भएको हो ।

सोही अवसरमा उनीहरुबीच आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयमा छलफल भएको थियो । मंसिर ४ को निर्वाचनमा एमाले र (वीपी) काँग्रेससँगै निर्वाचनमा जानेबारे व्यापक छलफल भएको बताइएको छ ।

यसका साथै उनीहरुबीच समसामयिक राजनीति, देशको अर्थतन्त्र, नागरिकता विधेयक, प्रधान न्यायाधीश प्रकारणका बारेमा समेत गहन छलफल भएको बताइएको छ । त्यस्तै, देशको बिग्रदो राजनीति र अर्थ नीतिलाई कसरी अगाडि बढाउने तथा आगामी मंसिर ४ गतेको निर्वाचनमा दुई वटै पार्टी सँग–सँगै जनतामा जनमत लिन जाने कुरामा व्यापक छलफल भएको जानकारी गराइएको छ ।

दुवै पक्षले एक–आपसमा गृहकार्य गरी चाडै टुंगो लगाउने सहमति पनि भएको जानकारी गराइएको छ ।