Pin It

 

काठमाडौं, असोज नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीले बुझाएको समानुपातिक बन्दसूची नसच्चिए संस्थापनइतर समूह बहिष्कारमा लाग्ने चेतावनी दिएका छन्


समानुपातिक बन्दसूचीमा आफ्नो गुटलाई मात्र राख्ने हो भने प्रत्यक्षमा गठबन्धनबाट पार्टीले जति सिट पाउँछ, त्यसमा पनि आफ्नै गुटलाई मात्र राखे हुन्छ बन्दसूची नसच्चिने हो भने हामी पार्टीलाई काँध हालेर हिँड्छौं, तर चुनाव लड्दैनौं हाम्रो समूहका कोही पनि लड्दैनन् पार्टी सभापतिले आफ्नो गुटलाई मात्र लडाए हुन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रमनेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले भने
आफ्नो समूहलाई समानुपातिक बन्दसूचीमा कत्लेआम गरिएकाले त्यो मान्य नहुने पनि उनले बताए घिमिरेले थपे, “हामीले धम्की दिएका होइनौं, घुर्क्याएका पनि होइनौं पार्टी भनेको एउटा गुटमात्र ढलिमली गर्ने ठाउँ हो ? एउटा समूहलाई बाइपास गर्ने पार्टी कसरी डेमोक्रेटिक हुन्छ ? समानुपतिक सूचीमा हामीलाई कत्लेआम गरिएको , त्यो हामीलाई मान्य छैन प्रत्यक्षतर्फ पनि त्यसकै कपी गर्ने हो भने दुर्भाग्य हुन्छ संघका १६५ सिट प्रदेश ३३० क्षेत्रमा हाम्रा उम्मेदवार हुन्छन्
पार्टी सभापति शेरबहादुर देउवाले शेखर कोइरालाजस्तो शालीन प्रतिद्वन्द्वीलाई बेवास्ता गरेको पनि उनको आरोप सूची सच्चाउने पहिलो विकल्प हो पार्टीमा गणितीय कुरा सधैंभरि लागू नभए पनि न्यायोचित रुपमा सबैलाई समेट्नुपर्छ आफ्नो गुटबाहेक अरुलाई अवसरमा वञ्चित गर्ने हो भने पार्टीमा आन्तरिक एकता झल्किँदैन एउटा गुटलाई मात्र पक्षपोपण हुने गरी बुझाएको समानुपातिक बन्दसूचीमा हाम्रो शतप्रतिशत असहमति यसरी नै जाने हो भने पार्टीलाई राम्रो परिणाम दिँदैन,” घिमिरेले भने