उर्लाबारी , माघ २१ गते ,ेआज देखि माघ २९ गते सम्म चल्ने प्रादेशिक औधोगीक , ब्यापार , कृषि तथा पर्यटन महोत्सवको आज एक समारोहका विच प्रदेश १ का माननिय मुख्य मन्त्रि हिक्मत कुमार कार्कीले पानसमा बति बालेर उद्घाटन गर्नभएको छ ।
उद्घाटन समारोह लाई प्रमुख अतिथिका हैसियतले सम्बोधन गर्दै मुख्यमन्त्रि कार्कीले कोरोनाको कारण आर्थिक अबस्थाको तरलता र विदेशी मुद्राको संचितिमा आएको कमिले मुलुक कतै आर्थिक रुपले धरासायी बन्ने हो कि भन्ने ठाउमा पुगेको बेला याँहाका उधोगी , ब्यापारी साथिहरु जुर्मुराएर आर्थिक गतिविधि लाइ तिब्रता दिनका निम्ति प्रयास स्वरुप यो महत्वपुर्ण प्रदर्सनि तथा महोत्सवको आयोजन ागर्नु भएको छ । म यसका लागी याहाँ हरुलाइ धन्यबाद दिन चाहन्छु । भन्दै मुख्यमन्त्रि कार्कीले बैंक तथा वितिय संस्थाहरुको कारणले भइरहेका आत्म हत्या र आत्म दाह लाइ राष्ट्र बैंक का गभर्नर लाई आग्रह गर्नु भयो । साथै मुख्य मन्त्रि कार्कीले बढाइएको बैंकको चर्काे ब्याज लाइ समेत दश प्रतिशत भन्दा तल झारेर उधोगी ब्याबसायी लाई राहत दिन राट्रबैंक र संघिय सरकार लाई आग्रह गर्नुभयो ।
त्यसैगरि समारोह लाई प्रदेश सांसदहरु शेभा पालुङवा , उमाकान्त गौतम , पुर्व संघिय सांसद घनश्याम खतिवडा , उर्लाबारी नगरपालिका का मेयर गंगा प्रसाद खरेल , नेपाल उधोग बाणीज्य संघका केन्द्रिय सदस्य नरेन्द्र खड्का , नेपाल उधोग बाणीज्य परिसंघका प्रदेश १ का अध्यक्ष टिका राज ढकाल लगायतका बक्ताहरु ल्े सम्बोधन गर्नुभएको थियो ।
विभिन्न १७ वटा झाकिहरु प्रदर्शन गरिएको उक्त महोत्सवको उद्घाटन समारोहको सभापतित्व महोत्सव आयोजक समितिका संयोजक चन्द्र बहादुर भट्टराइ भरत ले गर्नुभएको थियो भने महोत्सवका बारेमा उर्लाबारी उधोग बाँणीज्य संघका सभापति सेर बहादुर भण्डारीले प्रष्ट पार्नुभएको थियो । समारोहको संचालन उर्लाबारी उधोग बाणीज्य संघका महासचिब हेम कुमार गुरुङले गर्नुभएको थियो ।