Pin It

 

सप्तरी , माघ २१ गते ,प्रदेशी युवा क्लब बलान बिहुल ३ मौवाटाको आयोजना र गोल्डेन हस्पिटल प्रा. ली विराटनगरको प्राविधिक सहयोगमा सप्तरी जिल्लाको बलान बिहुल गाउपालीका वाड नं ३ को राजेश्वरी आधारभुत विधालय भवनमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 


विहान ११ बजे देखि बेलुका ४ बजे सम्म संचालित उक्त शिविरमा गोल्डेन हस्पिटलका सिनियर फिजिसियन डा.श्याम कुमार रौनियार , सिनियर बालरोग बिषेशज्ञ डा.सतिस यादब , सिनियर हाड जोर्नी रोग विषेशज्ञ डा.यज्ञराज खरेल , बरिक्ष्ठ न्युरो सर्जन डा.रोशन खतिवडा , बरिष्ठ इ एन टी रोग विषेशज्ञ डा.बालेश्वर यादब , बरिष्ठ रेडियोलोजिष्ट डा.रंजिब यादब , जनरल फिजिसियन डा.सरोज यादब, जनरल फिजिसियन डा.राजु वोस , जनरल फिजिसियन डा.कोमल गुप्ता , जनरल फिजिसियन डा.अशोक मण्डल लगायतले सेवा दिनुभएको थियो ।
एक दिने उक्त निशल्क शिविरमा ७ सय ७५, विरामिले निशुल्क उपचार लिएका थिए । उत शिविर मा सर्वसाधारणको उत्साह पुर्ण सहभागीता रहेको थियो ।