बबि कुमार राई मोरङ्ग जिल्लाको उतर पुर्वि पहाडी क्षेत्रमा पर्ने विकट गाँउपालीका मिक्लाजुङका निर्बाचित अध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ मिक्लाजुङको बिकाश निर्माणमा आधारीत रहेर २०७९ फाल्गुण १७ गते वाहाँसंग परविर्तन खबरले गरेको कुराकानिको संक्षेप
प्रश्न ः स्वागत छ अध्यक्ष ज्यु यहाँलाई परिवर्तन खबर डट कममा ?
उत्तर ः धन्यवाद हजुर ।
प्रश्न ः बबि कुमार राई नेपाली काँग्रेशको नेताको रुपमा रहँदा र बबिकुमार राई गाउँपालीका को अध्यक्ष बने पछि आफैमा के अन्तर पाउनुभयो ?
उत्तरः आखिर केहि न केहि अन्तर हुँदो रहेछ । हिजोको दिनमा पार्टीको आधिकारीक जिम्मेवारी लीएर बस्दै गर्दा र अहिले सिङ्घो मिक्लाजुङको गहन जिम्मेवारी बोकेको सबैको अभिभाबक भएर बस्नुमा धेरै फरक हुँदो रहेछ । यो फरक लाई पनि मैले आफ्नो कतब्र्य सम्झेर काम गरिरहेको छु ।
प्रश्न ः पहिलो पटक बिकट पाहाडि गाउँपालीकाको अध्यक्ष निर्वाचित भईसकेपछिको तपाईको अनुभब कस्तो छ ?
उत्तरः अनुभबको कुरा गर्दा एक प्रकारको आत्मा संतुष्टि नै छ तर यस लाई पनि मैले जिवनको एउटा चुनौति कै रुपमा स्विकारेको छु । हामीले अनुभब संग संगै आफ्नो दायित्व लाई पुरा गर्ने चुनौतिको रुपमै मैले यसलाई लिएको छु । मिक्लाजुङको हकमा काम गर्ने सिलसिलामा हिजोको दिन जे थियो , आज मैले म नया भन्न पाउने अबश्था छैन किनकी जिम्मेवारी भनेको जिम्मेवारी नै हुदो रहेछ भन्ने मैले महशुस गरेको छु । हिजोको दिनमा घोषणा पत्र मार्फत जनता लाई प्रतिबद्धता गरेका कुराहरु क्रमागत रुपमा अहिले कार्यान्वयन गरिरहेको , हजुरको मिडिया मार्फत जनता लाई जानकारी गराउन चाहन्छु ।
प्रश्न ः अध्यक्ष ज्यु जनताको ईच्छा आकांक्षा आकाशिदो छ । त्यस लाई संबोधन गर्ने बजेट स्थानिय सरकार संग छैन । यस्तो अबश्थामा जनताको आकांक्षा लाई सम्बोधन गर्न सकिएला ? कस्तो लाग्छ याहाँ लाई ?
उत्तरः अहिले बजेटको कुरा त देखि राख्नु भएको छ तपाई हरुले , नेपाल त्यसै पनि आर्थिक अप्ठेरोमा छ । त्यसका बाबजुद पनि हामीले हाम्रो टिमले नै गर्भ महशुस गर्ने कामहरु गरेका छौं । त्यसमा पनि पहिलो काम हामिले सात सय त्रिपन्न वटा स्थानिय निकायमा पहिलो होला सायद सपथ खाएको पन्ध्रै दिन भित्र हस्पिटल लाई दर्ता गराएर बिमा कार्यक्रम सुरु गराएर महिना दिन भित्रै हस्पिटल चालु गराएको एउटा यो हाम्रो कार्यक्रम हो । राष्ट्रिय परिचय पत्र का लागी जनताले दुख पाएको देखेर हामिले एकै महिनामा सबै वडामा एकै पटक राष्ट्रिय परचिय पत्र बितरण अभियान चलाएर बिस हजार नागकि लाई राष्ट्रिय परिचय पत्र दिलायौं । अघिल्लो कार्यकालमा स्थानिय सरकारले नसकेको काम स्थानिय क्षेत्रमा क्याम्पस हामीले चालु गरेर देखायौं । अब धनिपुर्जाको कुरा, मिक्लाजुङमा २०औं २५औं बर्ष देखि जनता सुकुम्बासिको रुपमा बस्दै आएको अबश्था थियो । सुकुम्बासि आयोग संग समन्वय गरेर ५६ वटा जग्गाको श्रेश्ता कायम गराउँदै सुकुम्बासि लाई जग्गा दिई सकेको अबश्था छ । यि यस्ता कुराले हामिलाई आत्मा संतुष्टि भएको महशुस गरेका छौं ।
प्रश्न ः यो गाउँ पालिका का ठुला ठुला चुनौतिहरु के के हुन र तिन लाई सम्बोधन गर्न के प्रयत्न गरिरहनु भएको छ ?
उत्तरः हाम्रो सबै भन्दा ठुलो चुनौति भनेको खोलानाला नै हो । यो खोलानाला चाहिँ आय श्रोत पनि हुँदो रहेछ र संग संगै एकदमै ठुलो चुनौति पनि हुदो रहेछ । हाम्रो ठुलो चुनौतिको रुपमा रहेको मावा र बक्राहा खोला लाई नदि नियन्त्रण गर्न प्रधान मन्त्रिलाई नै तोक लगाउन लगाएर यि दुई नदिमा तटबन्धको योजना माग गरिरहेका छौं । यो तटबन्ध बनाउनेमा हाम्रो निरन्तरता रहि रहने नै छ ।
प्रश्नः यो बक्राहा र मावाको नदि नियन्त्रणको यो गाउँपालिका को मुख्य चुनौति हो , यिन लाई तटबन्ध गर्नको लागी गाउँपालिका का तर्फ बाट सर्वोक्षण गरेर कति बजेट माग गरेर पठाउनु भएको छ ?
उतर ः गाउँपालिकाको बजेट ले त यो धान्दै धान्दैन । हामिले दुबै नदि को दुबै तिर सर्वे गरेर पचास , पचास करोड , एक अर्ब जति बजेट लाग्ने केन्द्र सरकार लाई लेखेर पठाएका छौं ।
प्रश्नः के सम्भावना के छ , कति बर्ष भित्र यो काम होला ?
उत्तरः एउटा खोलाको दुबै तिर किनारामा तटबन्ध गर्दा पचास करोड भन्दा बढी खर्च लाग्छ भने दुबै खोलाको तटबन्धका लागी एक अर्ब भन्दा बढी खर्च लाग्छ । पछिल्लो पटक यो दुइट खोला लाई ए डि बि ले लगानी गरिरहेको अबश्था छ । ए डि बि ले लगानि गर्दै गर्दा सरकार अलिकति चुकेको हो कि भन्ने हामिले महशुस गरेका छौं । किनकी १८ वटा प्याकेजमा ए डि बि ले मावा खोलाको ठेक्का लगाउदै गर्दा मिक्लाजुुङमा एउटा पनि प्याकेज नपरेको स्थिति छ । त्यो पनि एउटा बिडम्बना हो । अहिले पछिल्लो समयमा हामिले बक्राहा खोलामा पनि ए डि बि मार्फत नै ठेक्का खोलाएर काम गराउने भनेर लागी रहेका छौं ।
प्रश्नः त्यसो भने यो खोला बाँध्ने कुरामा तपाई हरु प्रतिबध्द हुनुहुन्छ ?
उत्तरः हाम्रो कार्यकाल कै दुई , तिन बर्ष भित्र मा यो दुईटा खोला लाई चाहिँ कसरी हुन्छ पाता फर्काउने भनेर हामिहरु लगी रहेका छौं ।
प्रश्न ः तपाई हरुको कार्यकाल भरिमा यो तटबन्ध गर्ने काम चाँहि सकेरै छोड्नुहुन्छ ?
उत्तरः हजुर , हजुर यो चैं एकदमै गर्ने भनेरै प्रतिबद्ध भएर लागी रहेका छौं ।
प्रश्न ःअब दोश्रो ठुलो चुनौति के हो यो गाउँपालिका को र के प्रयत्न गरिरहनु भएको छ ?
उत्तरः हिजो हामी यो गाउँपालिकामा जनप्रतिनिधि भएर आउँदै गर्दा संस्कार सहितको शिक्षा , शिक्षा , स्वास्थ्य र रोजगार सहितको नारा लिएर आएका थियौं । त्यो संग संगै पर्यटन र कृषि पनि मिक्लाजुङमा एकदमै राम्रो सम्भाबना बोकेको ठाँउ हुनाले, यसलाई पनि हामीले अहिले पछिल्लो समयमा एकदमै धेरै फोकस गरिरहेका छौं । कृषि सम्बन्धि बिभिन्न कार्यक्रम हरु ल्याई रहेका छौं । कृषि लाई डिजिटल प्रबिधिमा लानका लागी सायद मोरङ्खमै पहिलो पटक होला कृषि सम्बन्धिको एउटा सफ्टवेयर यहि आर्थिक बर्ष बाट चालु गर्दैछौं ।
प्रश्नः पर्यटनको लागी चाहिँ के पहल गर्दै हुनुहुन्छ ?
उतर ः पर्यटनको लागी चाहिँ बिभिन्न सेक्टरहरुमा डि पि आर हरु तयार गरेर हामीले योजनाहरु माग गरिरहेका छौं । यो मिक्लाजुुङको माथिल्लो भागमा होमस्टेहरु तत्कालै संचालन गर्न तालिममा पठाई दिनुपर्यो भनेर पर्यटन मन्त्रि ज्यु लाई पत्र लेखेका थियौं । त्यसमा तालिमका लागी आबश्यक प्रशिक्षकहरु, ट्रेनिङमा चाहिने सामाग्री सहति आबश्यक सम्पुणर् ब्याबस्थापकिय सामाग्रीका लागी मन्त्रालयले रकम सहित निकाशा गरिपठाई दिएको पत्र सहितको जानकारीआएकोले । त्यसका लागि तपाईको मिडिया मार्फत म पर्यटन मन्त्रालय र पर्यटन मन्त्रि ज्यु लाई बिषेश धन्यबाद दिन चाहन्छु ।
प्रश्नः सडक संजालको हिसाबले यो गाउँपालिका कुन अबश्थामा छ र तपाईहरु के गर्दै हुनुहुन्छ ?
उत्तरः सडक संजालको कुरा गर्दा हिजो रातो किताबमा उल्लेखित सडक पुर्वाधारका योजना हरुनै आर्थिक संकटको कारणले बजेट विनियोजन नभएका कारण हामी सडकको काम गर्न सक्ने अबश्थामा छैनौं । अब राष्ट्रिय अर्थतन्त्रमा सुधार आयो र केन्द्र सरकारले बजेट पठायो भने हामी अबश्य काम गर्छौं ।
छनोट गरेर रातो किताबमा परेका ठुला योजना हरु नै बजेट अभाबले अहिले हामीले पेन्डिङमा राखेका छौ. । अहिले केन्द्र सरकारले बिस प्रतिशत रकम सबै क्षेत्रको काटेको मिडियाकर्मिहरु लाई पनि जानकारी होला । राजश्व बाँडफाँडकै पैसा पनि नआएको हुनाले हामीले ठुला योजनाहरु लाई थाति राखेका छौं । समयले साथ दिएछ र अर्थतन्त्रमा सुधार आएछ भने अर्को बर्ष ति योजनाहरु लाई कार्यान्वयन गरौंला भन्ने पक्षमा छौं ।
प्रश्नः अध्यक्ष ज्यु अन्यमा मिडिया मार्फत मिक्लाजुङवासि लाई के सन्देश दिन चाहनुह ु?
म तपाईको परिवर्तन खबर मार्फत मिक्लाजुङबासि लाई सुखि र समृद्ध मिक्लाजुङ बनाउन तपाई हरु सबैले साथ सहयोग गनुपर्यो , हामीले गर्ने कुराहरुमा सल्लाह सुझाब पनि दिनुपर्यो । काम गर्ने क्रममा भएका कमिहरु लाई औंल्याएर हामीलाई सचेत गराउनुहुन पनि अनुरोध गर्छु र हाम्रो कुरा देश विदेश सम्म पुर्याई दिन सहयोग गरिदिनु भएकोमा बिषेश धन्यबाद दिन चाहन्छु ।