यात्रा तथा यातायातको लागि बनाईएको सडकलाई सुरक्षित तरिकाबाट प्रयोग गर्नु पर्दछ । सडकमा कुनै पनि अवरोध खडा गर्नु हुँदैन । यो नै दुर्घटनाको कारण बन्न सक्छ । त्यसैले सडक तथा सडक पेटिमा अवरोध नगरौं ।
१. सडक चिन्ह नझिकौं, अन्य पर्चा टाँसेर चिन्ह नदेखिने नबनाऔं । सडक चिन्हले सडक सुरक्षित गर्दछ ।
२. घरको पानी तथा कुलो नहरको पानी सडकमा बग्न नदिऔं । डिजल तथा मोबिलहरु सडकमा नपोखौं ।
३. सडकमा फोहोर नफालौ. ।
४. निर्माण सामाग्रीहरु सडकमा नछाडौं÷नराखौं ।
५. सवारी आवागमनलाई बाधन÷खतरा पार्न सक्ने कुनै पनि चिजहरु सडकमा नराखौं ।
६. सडकमा बालिनालि नसुकाऔं, पशुपंक्षी छाडा नछाडौं ।
७. सडक वा पेटिमा बसेर सामान नबेचौं ।
८. सवारी मर्मत गर्न सवारी प्रयोग नगरौं ।
९. सडक÷पेटिमा बसेर घाम ताप्ने गफ गर्ने कार्य नगरौं ।
१०. सडकमा नखेलौं र बाल बच्चाहरुलाई पनि खेल्न नदिऔं ।
११. सडक पेटि भएको ठाउँबाट सडकमा नहिडौं, सडक पेटिको प्रयोग गरौं ।
१२. सडक आवागमनको लागि हो, यसको दुरुपयोग गरी क्षति पुप्याएमा तपाई हाम्रै कारणबाट जनधनको क्षति हुनसक्छ ।
१३. एक उत्तरदायि नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ्ग