Pin It

 

विराटनगर, असोज २४ गते ,प्यालेसटाइनी आतंकवादी समुह हमासले गत शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विधार्थिहरुको सम्झनामा नेपाल विधार्थि संघका केन्द्रिय सदस्य दिपेन रौनियार र अंकित भट्टराइको अयोजनामा हिजो साँझ बिराटनगरको तिनपैनिचोकमा श्रद्धाञ्जलीसभाको आयोजन गरियो ।

 

 


कार्यक्रममा दिबंगत आत्माहरुको चिर शान्ति सहित बैकुण्ठबास को कामना गर्दै दिप प्रज्वलन गरिएको थियो । उक्त समारोहमा प्रमुख अतिथि वि पी बिचार समाज कोशी प्रदेश अध्यक्ष दिपक लोहनी , नेपाली काग्रेश मोरङ्गका युवा नेताहरु अरुण न्यौपाने  , प्रविण जोशी , संजय भट्टराइ ,बिराटनगर ३ का बुथ सभापति , सचिब धर्म बानियाँ र आशिस ओझा लगायतको उपस्थिति थियो ।