विजय श्रेष्ठ अध्यक्ष सुनसरी उद्योग वाणीज्य संघ धरान
मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले कोशी प्रदेशका विभिन्न जिल्लाका ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा सुनसरी जिल्लाको उत्तरपुर्बि क्षेत्रको धरान नगर पालिका स्थित सुनसरी उधोग बाणीज्य संघका अध्यक्ष बिजय श्रेष्ठ संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।
प्रश्नः दाई याहाँलाई हार्दिक स्वागत छ परिवर्तन खबर डट कममा ?
उत्तरः नमस्कार ।
प्रश्नः दाई अहिले धरानको व्यापार व्यावसायको स्थिति के छ ? छोटकरीमा भन्दिनुन दाई ।
उत्तरः नमस्कार पुन, धरानको व्यापारको कुरा राख्नु भयो । व्यापारको त यस्तो अवश्था छ, हुनत अहिले अर्थिक मन्दीले गर्दा संसार मै व्यापार व्यवसायमा असर छ । त्यसको प्रभाव नेपालमा पनि छ, त्यसको असर धरानमा धेरै परेको छ । त्यो कारण के भने धरानमा सबैभन्दा वढि प्रभाव पर्नुको कारण याहाँका सहकारी संस्थाहरु जुन छन् । याहाँका व्यावसायीहरुले कारोबार गरेका अर्थात बचत जम्मा गरेका थिए । जनता र ब्यावसायीको पैसा खाएर १५÷२० वटा सहकारी र सुनचाँदी पसल याहाँबाट भगेर गए जसले गर्दा कम्तिमा पनि २० अरब रुपैयाँ धरानबाट बाहिरियो ।
प्रश्नः धराने जनताको बचत जम्मा गरिएको २० अर्ब रुपैयाँ लिएर सहकारीहरु भागे ?
उत्तरः भागे ।
प्रश्नः भनेपछि यो घटनाले धरानमा निक्कै ठुलो आर्थिक धक्का दियो ?
उत्तरः ठुलो समस्या भएको छ । अर्कोतिर दशैंको वेलामा पनि कति दोकानमा एक दुई जना मान्छे ग्राहाक आए भने कति दोकानमा त बोहोनी भएन ।
प्रश्नः दाई यो एतिहासिक धरान नगरी जस्लाई नेपालको पुर्व को मुख्य वाणिज्य केन्द्र मानिन्छ, जस्ले पुर्वाञ्चललाई उद्योग र व्यापार गर्न सिकायो, यो नगरीमा आजको मितिमा आर्थिक तरलता मुलुकमा भइरहँदा खेरी ब्यापार ब्यावसाय छैन ठप्प छ के कारण होला दाई यो ?
उत्तरः एउटा चाहिँ राष्ट्र वैंकले चालु पुँजिको जुन मार्जीन लगायो त्यो कारणले व्यापार व्यावसाय चलाएमान हुन सकेन विजनेश लनको मार्जिन वढेपछि । बैंकबाट पुन लोन लिएर व्यापारीले सामान थप्न पनि सकेनन, व्यापार अगाडी वढाउन पनि सकेनन् ।
प्रश्नः दाई यो त तराइ र पाहाडको महत्वपुर्ण वाणीज्य केन्द्रको रुपमा मानिन्छ धरान नगरीलाई हैन ? एउटा सुन्दर पर्यटकीय नगरी पनि हो पुर्वको सुन्दरी उपनामले पनि चिनिन्छ धरानलाई ? विगतमा देशमा राजनैतिक आर्थिक संकट आउँदा पनि धरान कहिले थला परेको थिएन भने पछि यो पटक धरान थला पर्यो ?
उत्तरः धेरै, धेरै थलोपार्यो ।
प्रश्नः कारणको रुपमा राष्ट्रिय रुपमा अएको आर्थिक मन्दी एउटा, राष्ट्र बैंकले लोनको रुपमा व्यावसायीलाई लगानी गरेको पुँजीको व्याज वढनु एउटा कारण र अर्को कारण जनता संग चैं पैसा के काणले छैन दाई ?
उत्तरः जनतासंग किन छैन भने, विकाश निर्माणको कामको पैसा सरकारले भुक्तानी दिन नसक्नु, विकाश निर्माणको काम अहिले ठप्पै छ । २ वर्ष अगाडी देखिको निर्माणको करिव ८० अर्ब पैसा समेत सरकारले भुक्तानी दिन सकेको छैन । म पनि निर्माण व्यावसायी हुँ, मैले गरेको पनि कतिवटा कामको पैसा समेत सरकारले दिन सकेको छैन, त्यो अवश्था छ सरकारको ।
प्रश्नः भनेपछि निर्माण व्यावसायमा आम जनता पनि सहभागी हुन्छन, व्यापारी, व्यावसायी पनि सहभागी हुन्छन । निर्माण व्यावसाय ठप्प भएपछि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जनतामा त्यसको असर देखिन्छ ?
उत्तरः सुन्नु न निर्माण व्यावसायमा लेवरले पनि काम पायो । हार्डवेयर दोकानले पनि काम पायो, रासन दोकानले पनि काम पायो, सबै चलाएमान हुन्छ क्या विकाशको पैसाले ।
प्रश्नः त्यो ठप्प भएपछि अर्थ तन्त्रमा नै ठुलो असर पर्यो, ठप्पको स्थिति आयो ?
उत्तरः हो त्यहि कारण पनि अर्थतन्त्र चलायमान छैन ।
प्रश्नः व्यावसायीहरु सरकारको अर्थ निति खराब भयो भन्नुहुन्छ नि तपाईलाई कस्तो लाग्छ ?
उत्तरः त्यो त देखिइराखेको छ, तपाई हामीले देखि राखेका छौं, सरकारले यस्तो अवश्थामा करको नितिलाई अलिकति परिवर्तन गर्नु पथ्र्यो “व्यावसाइहरु इस्तो मारमा परिरहेको छ राहत कार्यक्रमहरु ल्याउनु पथ्र्यो ।” यो अवश्था त याहाँ मात्र भएको होइन नि, अरु देशमा पनि भइरहेको छ । अरु देशको सरकारले त व्यावसायीलाई र जनतालाई राहत दिएको छ । व्यावसायीलाई प्रर्वद्धन गर्नको निम्ति व्यावसायीलाई अगाडी वढनको निम्ति अरु देशले योजना दिएको छ ।
प्रश्नः तपाई व्यावसायीहरुले पनि आर्थिक तरलता भइसके पछि सरकारलाई सुझाव दिनु भयो सल्लाह दिनुभयो त्यो कत्तिको टेर्यो सरकारले ?
उत्तरः त्यो त पटक पटक सल्लाह दिएका छौं । महासंघबाट पटक पटक अर्थ मन्त्रीलाई, प्रधानमन्त्रीलाई भेटेर कुरा राखी रहेका छौं । व्यावसायीहरुका सल्लाहका समस्या राखी रहेका छौं । तर सरकारले यो कुरा सुनीरहेको छैन ।
प्रश्नः के कारण होला यो ?
उत्तरः यो त सरकारको कमजोरी हो ।
प्रश्नः कमजोरी के कारण हो । सरकार त जनता र राष्ट्र प्रति जिम्मेवार हुन्छ होईन ?
उत्तरः सरकार स्थिर सरकार नभएको कारणले गर्दा खेरी पनि यो समस्या आएको छ ।
प्रश्नः राजनैतिक स्थिरता छैन यो देशमा ?
उत्तरः छैन । जब सम्म सरकार स्थिर हुन सक्दैन, स्थिर सरकार न भईसके पछि स्थिर निति पनि ल्याउन सक्दैन सरकारले त्यसले गर्दा खेरी पनि नेपालमा समास्या बढीरहेको छ ।
प्रश्नः स्थिर सरकार बनाउनको लागी त जनताले कुनै न कुनै दललाई वहुमत दिनु पर्यो नि त ? नेताहरु भन्छन बहुमत नदिनु जनताको गलती हो ?
उत्तरः यो कुरा चाँहि म मान्दिन अहिलेको जुन म्यान्डेट दिएको छ जनताले पार्टिलाई त्यो चाँहि तपाईहरु सबै मिलेर सरकार बनाउनुहोस है । यौटा मात्र पार्टिलाई होइन सबै मिलेर सरकार बनाउ भन्ने जनताको चाहना हो । तिमिहरु एउटा मात्रै पार्टिलाई विश्वास गर्ने आधार छैन । त्यसैले सबै मिलेर सरकार बनाउ र १० वर्ष सम्म चाहिं यसरी नै मिलिजुली अगाडी वढ भन्ने सन्देश दिएको जस्तो लाग्छ मलाई चाँहि ।
प्रश्नः राजनितिज्ञहरुले भनेको कुरा झुठ हो ?
उत्तरः झुठ हो ।
प्रश्नः जनतालाई आरोप लगाएको बेकार हो ?
उत्तरः बेकार हो ।
प्रश्नः अब यसको निकाश चाहिं के होला त दाई । यो आर्थिक तरलताबाट मुलुकले भुक्ती कसरी पाउला त ?
उत्तरः छ उपायहरु छ । अहिले नै देश खाडलमा परेको चैं छैन उपायहरु छन । जस्तै श्रीलंका जस्तो हुन्छ भनेर भन्छन हामी त्यो भन्दा पनि डर लाग्दो छ देशको स्थिति किनभने २३ अर्ब रुपैंया अहिले ऋण छ सरकारलाई । त्यसको व्याज कति हुन्छ ? अहिले सरकारले कर्मचारीलाई तलब दिन पनि पैसा छैन भन्ने कुरा सुन्नमा आइरहेको छ । खर्च धान्न नसकेको कुरा के हो भने यो जुन प्रदेश सरकारको कुराहरु छ । त्यो प्रदेश सरकारले गर्दा खेरी ।
प्रश्नः प्रदेश सरकारको कुरा के छ ?
उत्तरः सातवटा प्रदेश गठन भयो, त्यसमा निर्माण, व्यावस्थापनमा तलवमा खर्च त भयो नि त । त्यसले गर्दा ।
प्रश्नः तपाईको भनाईमा त्यो कारणले आर्थिक तरलता आयो ?
उत्तरः त्यो पनि एउटा कारण हो । अब मैले भन्न हुने हो कि नहुने हो देशमा स्थानिय र संघिय सरकार मात्रै राख्यो भने त्यो खर्च जोगीन्छ र बचत हुन्छ । यो उप छ नि उप प्रधान मन्त्री, उप प्रमुख, उप सचिव काम के छ ? त्यो उपहरु मात्रै हटाउने वित्तिकै कति पैसा बचत हुन्छ राजश्वको त्यसलाई बचतलाई व्यावसायमा चलाएमान गर्न सकिन्छ ।
प्रश्नः व्यावसायीहरु त यो प्रदेश सरकार नै बेकार हो यो राख्न हुँदैन भन्छन नि हो ?
उत्तरः मैmे पनि देखेको यो प्रदेश सरकारको काम छैन । वरु अहिले स्थानिय सरकारलाई जुन अधिकार दिएको छ, त्यो ठिक छ । संघिय सरकार र स्थानिय सरकार मात्रै भयो भने पुग्छ क्या ।
प्रश्नः तर कतिपय ठाउँमा त स्थानिय सरकार पनि व्यापारीहरुको ढाड भाँचेर कमाउन खोजि रहेको छ । करमा वृद्धि गरि रहेको छ भन्छन नि ?
उत्तरः अब स्थानिय सरकार पनि चलाएमान गर्न पर्यो । चलाउनु त पर्यो नि त । अनि उनिहरुले काँहा देख्ने भन्दा व्यावसायीलाई नै देख्दो रहेछ । करमा बढाएको छ हरेक विभिन्न शिर्षकहरुमा कर बढाउने काम गरेको छ । बाध्यता छ उनिहरुलाई पनि त्यसको मार चाहिं हामी व्यावसायीले खप्नु परिरहेको छ ।
प्रश्नः धरानका व्यापारी व्यावसायीको तर्फबाट यो देशको अर्थतन्त्रलाई चलाएमान बनाउनका लागी समग्र नेपाल र नेपालीलाई याहाँको के सुझाव र सल्लाह छ ?
उत्तरः हामी व्यावसायीले द्धन्द्धकाल पनि सहयौं, भुकम्प पनि सयौं, कोरोना काल पनि सहयौं, धरानमा त डेङ्गोले सतायो त्यो पनि सहयौं विभिन्न विपतमा हामी व्यापारी धैर्य गर्न सक्छौ धैर्य गर्दा गर्दा दशैंको वेलामा राम्रो होला, अब राम्रो हुन्छ अब चल्छ अर्थतन्त्र चलाएमान हुन्छ भन्दा भन्दा पनि त्यो देखिएन । अहिले पनि हामी धैर्य गरिरहेका छौ । अझै पनि समय छ । सरकारले त्यो खालको ठोस निति ल्याओस । कुनै पनि राष्ट्र विकास निर्माणमा अगाडी जाँदैन त्यो राष्ट्रको उन्नती हुँदैन । हामीले विकशीत राष्ट्रहरु पनि देखेका छौ । जसले उद्योग व्यवसायको विकास गर्न सके उनिहरु अर्थतन्त्रमा सुधार गरेर अगाडि गए । उत्पादन मुलक काममा हामी लागौं । विदेशका वस्तु प्रयोग नगरौ सकेसम्म स्वदेश मै उत्पादीत वस्तु प्रयोग गरौं । जब सम्म हामी त्यसो गर्दैनौ तब सम्म हामी विकासको गतिमा अगाडि बढ्न सक्दैनौं ।
प्रश्नः विजय श्रेष्ठ सुनसरी उद्योग वाणीज्य संघका अध्यक्ष ज्यू लाई समय उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद ।
उत्तरः परिवर्तन खबर र अशोक भाइलाई पनि मेरो धन्यवाद हाम्रा कुरा मिडीया मार्फत जनता र सरोकारवाला सम्म पुर्याउन सहयोग गर्नु भएकोमा ।