संदिप राई वरिष्ठ उपाध्यक्ष बेलवारीउद्योग वाणीज्य संघ
मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले कोशी प्रदेशका विभिन्न जिल्लाका ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा बेलवारीउद्योग वाणीज्य संघ मोरङ्ग का वरिष्ठ उपाध्यक्ष संदिप राई संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।
प्रश्नः हार्दिक स्वागत छ याहाँलाई परिवर्तन खबर डट कममा ?
उत्तरः धन्यवाद, अशोक सर ।
प्रश्नः मुलुकमा व्याप्त आर्थिक तरलताले स्थानिय क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ । त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यापारको क्षेत्रमा पर्न गएकोले परिवर्तन खबर डट कमले अहिले स्थानिय क्षेत्रका उद्योगी व्यावसायीहरुलाई पर्न गएको असरको बारेमा वहाँहरुको सुझाव र गुनासोबारे वहाँहरुसंग कुराकानी गर्ने क्रममा छौं र अहिले म बेलवारी उद्योग वाणीज्य संघमा आइपुगेको छु र मेरो अगाडि हुनुहुन्छ उद्योग वाणीज्य संघ बेलवारीका वरिष्ठ उपाध्यक्ष संदिप राई ज्यू संदिप सर यो बेलवारीको हकमा भन्नु पर्दा मुलुकमा छाएको आर्थिक संकटले कस्तो प्रभाव पारेको छ ?
उत्तरः धन्यवाद अशोक सर तपाईको प्रश्नको लागी, सर्व प्रथम त मुलुकमा छाएको आर्थिक मन्दीले बेलवारी हाम्रो पालीका पनि अछुतो छैन् ।बेलवारीमा पनि यो आर्थिक मन्दीको असर प्रत्यक्ष हामीले भोगी रहेका छौं । हाम्रो उद्योगी व्यापारीहरुले पनि त्यसको असर भोग्नु परेको गुनासो आइरहेको छ । म आफैं पनि पछिल्लो १२ वर्ष देखि व्यापार गर्दै आइरहेको व्यक्ति हो । यसमा मैले मेरो जिवनभरमा यतिको आर्थिक मन्दी देखेको थिइन । म भन्दा अगाडि मेरो वुवाहरुले व्यापार गर्दै आउनु भएको थियो, यत्रो आर्थिक मन्दीको असर वहाँहरुले पनि भोग्नु भएको थिएन । त्यो आर्थिक मन्दीसंग डिल गर्ने क्षमता हामीसंग अहिले छैन् भन्दा पनि हुन्छ किनभने यसको विरुद्धमा जुन मेकानिजम माथिबाट बनेर आउनुपथ्र्यो । सरकारको पनि यसको विषयमा धेरै कमजोर रणनिति देखिन्छ । हमीले यसलाई रोक्नका निमित्त स्थानिय पालीकामा दोहोरो कर प्रणाली जुन छ । एक तिर संघिय सरकारले व्यापारीसंग राजश्व कार्यालय मार्फत कर असुली गर्छ र अर्कातिर स्थानिय निकायले पनि त्यहि विषयमा व्यावसायीसंग कर असुल्छ । हो यो प्रणालीलाई मिनिमाइज गर्न सकिन्छ की भनेर यो गत असारको नगरसभामा ध्यान आकर्षण गराएको थियौं तर त्यसमा वहाँहरुले सुनुवाई गर्नु भएको छैन ।
मैले वहाँहरुलाई आरोप लगाउन खोजेको होइन, परिवर्तित देशको आर्थिक अवश्था जुन छ अहिले अधिकार सम्पन्न स्थानिय तह बनाइएको छ । सबै भन्दा वढि अधिकार स्थानिय पालीकामा आएको छ । जस्तै म घर वहाल करको उदाहरण दिन चाहन्छु । घर वहालकर केन्द्रले १० प्रतिशत लिनुपर्छ भनेर पास भएको थियो तर स्थानिय क्षेत्रको अवश्था अनुसार परिवर्तन गर्न सकिन्छ भनेर पनि उल्लेख गरिएको हाम्रा जन प्रतिनिधिहरुले बुझ्न चाहनु भएन । कम से कम २ प्रतिशत देखि ३ प्रतिशत सम्म, ५ प्रतिशत सम्म गर्न सकिन्थ्यो त्यसले व्यावसायीलाई धेरै राहत मिल्थ्यो तर नगर सभामा केन्द्रले १० प्रतिशत लिने भनेर कानुन बनाएको छ । यसलाई परिवर्तन गर्न मिल्दैन भनेर वहाँहरुले घटाउन चाहनु भएन । यसले घरवहाल कर उठ्न गाह्रो पारिरहेछ । अब निति के बनाउनु पथ्र्यो भने करको दायरा बढाउने करको दर घटाउने गरेको भए व्यावसायीलाई पनि सहज हुन्थ्यो । पालीकामा कर पनि सहज रुपले उठ्थ्यो ।
प्रश्नः तपाइले अहिले दुईवटा राम्रो उदाहरणहरु दिनु भयो । स्थानिय क्षेत्रमा आर्थिक संकटको प्रभाव विषयमा तर अब मुलुकभरी जुन आर्थिक संकट छ । यो आर्थिक संकटलाई उद्योग वाणीज्य संघहरुले कसरी फेस गर्ने योजना बनाउनु भएको छ ?
उत्तरः हामी केन्द्रीय महासंघसंग आवद्धता लिइसकेका छैनौ, प्रत्यक्ष रुपमा नेतृत्वले प्रभाव चाहि पार्छ । केन्द्रिय समस्यासंग याहाँको स्थानिय समिति आवद्धता नभए पनि स्वत स्फुर्त जोडीन्छ, केन्द्रसंग नभए पनि हामी मोरङ्गको एउटा शाखाको रुपमा छौं । मोरङ्ग व्यापार संघलाई माउ संस्थाको रुपमा मानि रहेका छौ । कोशी प्रदेशले आर्थिक संकट सम्बन्धी आयोजना गरेको कार्यक्रममा पनि हामी यी विषयहरु सुझावको रुपमा राखेका छौ । पालीका स्तरमा यो समस्यासंग जुद्धन तयार हुनु पर्छ भन्ने सुझाव पेश गरेका छौ ।
प्रश्नः स्थानिय क्षेत्रमा चाहिं सबभन्दा मुख्य रुपमा व्यावसायीहरुलाई मार पर्न गएको कुरा भनेको चाहिं स्थानिय निकायको करको कुरा आयो होगी, त्यसपछि उत्पादन र बजारमा क्रय विक्रयसंगको संम्बन्ध के छ ? बेलवारीको हकमा ?
उत्तरः बेलवारीको हकमा पछिल्लो समयमा हामीले अध्यन गर्ने क्रममा के पाएका छौ भने बेलवारीको स्थानिय निती अन्तरगत चाहिं औधोगीक क्षेत्र भनेर अलिकती जग्गा उपलब्धगराइदिनु भयोभने बेलवारी उद्योग वाणीज्य संघले उद्योगी व्यावसायीलाई लगानी गर्ने वातावरण वनाउन सक्छौं की भन्ने एक खालको अन्तरक्रिया कार्यक्रम गर्ने पालीकासंग सोच राखेका छौ । तथापी पनि अहीले सम्म हामीले हाम्रो बुझाइमा एकरुपता ल्याउन सकेका छैनौें, राजनैतिक लेवलबाट सामाजीक लेवलबाट जस्तै एउटा उदाहरण दिन्छु, बेलवारीलाई उद्योगग्रामको रुपमा विकशीत गर्न बेलवारी नगरपालीकाले एउटा निश्चित क्षेत्र तोकेर जग्गा उपलब्ध गराउनु पर्छ भनेर एउटा प्रश्ताव लगीउँ हामीले बेलवारी बजार देखि डाँगीहाट सम्मको एरियामा माग गरेका थियौं हामीले जाहाँ चाहिं आरजु राइसमिलहरु संचालन भइरहेको छ ।
प्रश्नः सर याहाँलाई रोक्न चाँहे मैले विचमा अलिकति । संदिप सर याहाँले के भन्नु भयो भने स्थानिय क्षेत्रलाई उत्पादन संग जोड्न सकिएन भने मुलुकको अर्थतन्त्रलाई उकास्नका निम्ति निकै गाह्रो अवश्था आउँछ याहाँको भनाइबाट त्यहि कुरा बुझीन्छ होईन त ? तर नेपालमा रानैतिक पार्टिहरुको र सरकारको निति के रहयो भने चालु उद्योग धन्दाहरु नै वन्द गरिदिने र बिदेशसंग डिपेन्डेन्ट हुने विदेशी निर्यातमुखी व्यापारसंग प्रत्यक्ष सरोकार राख्ने निति निर्माण गरियो, त्यसले गर्दा अहिलेको परिणाम आएको भनेर भनिन्छ तर तपाईको स्थानिय क्षेत्रमा उद्योग खोल्ने विचारसंग केन्द्रिय राजनैतिक नेतृत्वहरु र सरकार सहमत हुन सक्लान ?
उत्तरः अब हाम्रो पहिलो कुरा पालीका स्तरिय संघ भएको हुनाले पालीका स्तर मै आर्थिक संकटलाई मेक्सिमम ड्यामेज हुनबाट बचाउनको निमित यो आउने अधिवेशनका लागी पनि हामी तयार भइरहेका छौं, अस्तिको दिन यहि १५ गतेको दिन हामीले एउटा शुभकामना आदान प्रदान कार्यक्रम राखेर बेलवारी नगरपालीकाका मेयर, उप–मेयर कार्यकारी अधिकृत लगाएतका मुख्य मुख्य मान्छेहरुलाई बोलाएर पनि अन्तरक्रिया गर्ने माहोल तयार गयौं । त्यसमा वहाँहरु पोजेटिभ हुनुहुन्छ , जस्तै याहाँ आउने समस्याहरु र व्यापारीलाई परेका समस्याहरुलाई हल गर्नका निम्ति असारमा नगर सभाले पास गरेका कुराहरुलाई रिभाइज गरेर जान वाहाँहरु तयार हुनुहुन्छ ।
प्रश्नः तपाईहरु कै उद्योगी व्यावसायीको गुनासो के आएको छ भने उद्योग वाणीज्य महा संघ, व्यापार संघ लगाएतका केन्द्रिय नेताहरु नै इमान्दार हुनुहुन्न अर्थतन्त्रलाई चलाएमान बनाउने कुरामा किन भने वाहाँहरुको कतै बैंक छ, कतै लघुवित्त छन, कतै शहकारी छन त्यो लघुवित्त, बैंक र सहकारी डुबाएर वहाँहरु चाँही मुलुकमा अद्योग धन्दा र अर्थतन्त्र चलाएमान बनाउन चाहनुहुन्न । सिमित मान्छेहरुको हातमा अर्थतन्त्र गएको छ । त्यो कारणले नाटकिय रुपमा अर्थतन्त्रमा संकट देखिएको हो भन्छन । तपाइले भन्नु भयो हामी वहाँहरु संग ऐक्यवद्धता जाहेर गर्छौं, हामी वहाँहरुसंग सहकार्य गर्छौं । संस्थागत रुपमा भन्नुभयो । अब यस्तो कुराले स्थानिय स्तरमा आर्थिक चलाएमान गर्न कत्तिको सहयोग पुग्ला ?
उत्तरः पहिलो कुरा त यो प्रश्नमा म तपाइलाई धन्यवाद दिन चाहन्छु अशोक जी एकदमै चोटिलो प्रश्न गर्नु भएको छ । यो कुरामा हामी कहाँ प्रश्ट हुनु पर्छ भन,े जस्तै तपाइले जोड्नु भयो हाम्रो उद्योगी व्यावसायीका बैंक, संस्था छन भन्ने कुरा यो स्वभाविक जस्तो लाग्छ मलाई एउटा उद्योगी व्यावसायीको बैंक, लघुवित्त हुनु भनेको त्यसलाई अपवादमा हेर्नु हुदैंन । एउटा नेता चाँहि बैंक चलाउन सक्ने भयो भने सम्बन्ध मिलेन त्यो । एउटा विजनेश सेक्टरको व्यक्तीले बैंक चलाउन सक्ने भयो ।
प्रश्नः ठिक छ त्यसमा आपत्ती होइन । मैले याहाँलाई रोंके मैले यो विषयमा कहाँ नेरि रोक्न खोजे याहाँलाई भने व्यापारीहरुले बैंक तथा वित्तिय संस्था चलाउनु असोभाविक कुरा त होइन, ति चिजहरु व्यापारीले नै चलाउने हो । नाफामुखी संस्था हुन यिनिहरु भनेका तर याहाँ के छ भने नि अमेरिका जस्तो समृद्ध र विकशीत राष्ट्रमा कोरोना पछि त्याहाँका ठुल्ल ठुल्ला कमर्सियल बैंकहरु घाटामा गए र टाट उल्टीए तर नेपालको हकमा हेर्ने हो भने कोरोना कालमै अर्बौ रुपैया कमाएका छन् नेपालका कमर्सियल बैंकहरुले यो कुरालाई हेर्दा तपाईलाई अलिकति संका लाग्दैन आफ्ना वाणीज्य संघका नेताहरुको चरित्र माथी ?
उत्तरः म यो अघिको प्रश्नसंग जोडेर उत्तर दिन्छु । वित्तिय संस्थाहरु कोरोना काल पछि मौलाए अथवा उनिहरु नाफामा गए अरु सबै व्यापार व्यावसायी घाटामा गए, उद्योगहरु समाप्त भए बैंकहरु मोटाए । यो कुरा चाहिं पोष्ट कोरोना पछिको असरको रुपमा लिनुपर्छ हामीले यसलाई यो चाहीं नेपालमा मात्रै नभएर विश्व आर्थिक क्षेत्र मै पोष्ट कोरोना पछि जुन वार हरु भएका छन त्यसले पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विश्वको अर्थतन्त्रमा असर परेको छ । त्यसमा नेपालको अर्थतन्त्र पनि अछुतो रहन सकेको छैन भन्ने बुझ्न पर्छ हामीले, तपाईले उदाहरण दिनु भयो अमेरिकाको अमेरीका अर्थिकरुपले सम्पन्न देश पनि हो । उ जहिले पनि निर्यात व्यापार गर्छ । उत्पादन मुलक अर्थतन्त्र छ । हाम्रो चाहि आयात मुलक भएकोले समस्यामा पर्यौं । हाम्रो रेमिट्यान्स अलिकति टुरिजम र कृषिमा आधारीत अर्थतन्त्र हो । हाम्रो चाहिं सम्भावना र चुनौती दुइटै यसमै छ । रेमिटयान्स कोरोनामा ठप्प भयो, टुरिजमको पनि यहि हाल भयो, कृषिमा हामी औधोगीकीकरण र अत्याधुनिकिकरणमा छैनौं, त्यसकारण हाम्रो अर्थतन्त्र थलापर्यो ।
प्रश्नः संदिप सर तपाइलाई आफ्नो विचारका निम्ति समय उपलब्ध गराई दिनु भएकोमा धेरै धेरै धन्यवाद । परिवर्तन खबर डट कमको तर्फबाट ।
उत्तरः धन्यवाद, अशोक पौडेल सर र परिवर्तन खबरको टिमलाई बेलवारी उद्योग वाणीज्य संघको तर्फबाट केहि कुरा राख्ने मौका दिनु भएकोमा ।