गोपाल कट्वाल अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति मोरङ्ग
प्रश्नः दाई स्वागत छ याहाँलाई परिवर्तन खबर डट कममा ?
उत्तरः नमस्कार, परिवर्तन खबर डट कमका सबै साथीहरुलाई र सबै पाठक वृन्द्धलाई मेरो नमस्कार ।
प्रश्नः दाई अहिले नेपालमा राजनैतिक अवश्था अत्यन्त तरल छ । र नेपाली जनताले चाहेको जस्तो लोकतन्त्रीक गणतन्त्र रहेन, जति वेला २०६२÷०६३ मा लोकतान्त्रिक गणतन्त्रको लागी आन्दोलन भइरहेको थियो । त्यो वेला नेताहरुले वाचा गरेको कुरा अहिले पालन गरेनन् भनेर व्यापक रुपले नेताहरुको आलोचना भइरहेको छ दाई के लाग्छ । रा.प्र.पा.को मोरङ्ग जिल्लाको ठहर के हो देशको शासन व्यावस्था प्रति ?
उत्तरः खास गरी के हो भने हामी यो नेपालमा, यो राष्ट्रमा, यो धरतीमा नेपाली भएर नेपाली समाज र परिवारमा जन्म लियौं । हामी पनि अरु देशहरुको दाँजोमा सम्पन्न हुन चाहन्छौं । हाम्रो देश पनि त्यतिकै सम्पन्न होस भन्ने सोच्छौं । तर भग्यवश हाम्रो राजनैतिक दलहरु खडा भए राजतन्त्र गएपछाडीका जुन अवश्थाहरु थियो र अहिले यो विचको तुलनामा हेर्दा खेरी यि राजनैतिक पार्टिका दलका नेताहरुले हाम्रो देशमा राजतन्त्र हुँदा भन्दा नहुँदा नेपालीले सुख पाउँछन् भनेर लाग्यौं तर दुर्भाग्यवश यि नेताहरुले देश र जनतालाई अझ गरिब भन्दा गरिब र असक्षम तथा राष्ट्रलाई गुलाम बनाएर यिनिहरुले राखेका छन । हामी यिनिहरुको झुटको खेतीको भुमरीमा र दलदलमा जकडिएर बसि रहेका छौं ।
प्रश्नः दाई अहिले राप्रपा लोकतान्त्रीक गणतन्त्रको विरुद्धमा छ हैन ?
उत्तरः यो २०७२ को संविधान जुन बन्यो यो नेपालीहरुको हितमा छैंन । यो संविधानमा लेखिएको वुँदाहरुले नेपालको हित हुन सक्दैन । त्यस कारण हाम्रो पार्टिले राजसंस्थालाई अभिभावकको रुपमा राख्ने, हाम्रो राष्ट्रिय नेता राजेन्द्र लिङ्देनले उठाएका एजेण्डाहरु छन् । यो राष्ट्रहितमा छ । यी एजेण्डाहरु मात्र पनि लागु भए भने राष्ट्रिय प्रजातन्त्र पार्टिले जनताको जिम्मेवारी पाउने छ । यदि जनताले यि एजेण्डा मन पराए भने हामीले नेपाल वनाउन सक्छौं । त्यस कारण राजसंस्थालाई अभिभावकको रुपमा ल्याउनु पर्छ र शासन चाहिं राष्ट्रिय प्रजातन्त्र पार्टिले गर्नु पर्छ भन्ने भएकाले हामीले देशवासी नेपालीहरुलाई आवहान गरेका छौं । राजसंस्था, हिन्दुराष्ट्र पुर्नस्थापनाका निम्ति राप्रपा लाई मत दिनोस भनेर हामी लागी रहेका छौं ।
प्रश्नः अब २०६३÷०६३ को जनआन्दोलनबाट जनताको भावना अनुरुप हिन्दुराष्ट्र र राजा पनि हटाइएको हो र यो उपलब्धीलाई हामी गुम्न दिदैनौ भनेर गणतन्त्रवादीहरु भनिरहेका छन अनि राप्रपा चाँही राजसंस्था सहित हिन्दुराष्ट्र र प्रजातन्त्र भनिरहेको छ । यो सम्भव होला दाई अहिलेको स्थितिमा ?
उत्तरः सम्भव छ । यसमा किन सम्भव छ भने लगभग ८१ प्रतिशत हिन्दु धर्मालम्वी भएको देशमा छौं । केहि विदेशबाट आयात गरिएका कृश्चियन धर्म मान्नेहरु, अमेरीका लगायत केहि देशहरुले क्रिश्चियन धर्म जवरजस्ती फैलाएर नेपाल कब्जागर्ने भनेर उनिहरु आइरहेका छन् । विदेशबाट क्रिश्चियन धर्म प्रचारकहरु नेपालमा आएर नेपालीलाई पैसा र लोभ दिएर क्रिश्चियन बन्न वाध्य बनाउँदै अहिले सम्म झण्डै ४० हजार चर्चहरु बनिसकेका छन् ।अब यसले के देखाउछ भने हिन्दु राज्यका विरुद्धमा धर्मयुद्ध मच्चाउन हिन्दुहरुलाई अल्पमतमा पार्ने षडयन्त्र देखिदै छ तर हामी त्यो हुन दिने पक्षमा छैनौं । ऋषिमुनिहरुको पुरातन वासस्थान रहेको हिन्दु वाहुल्य यसदेशमा हामीलाई राजसंस्था र हिन्दुराष्ट्र चाहिन्छ । अहिले गणतन्त्रको नाममा दलहरुले सम्पुर्ण वस्तुहरु विदेशबाट किनेर ल्याउनु पर्ने अवश्थाको ।ृजना गरेका छन् । चाइनाबाट लत्ता कपडा ल्याउनु पर्ने भारतबाट खाद्यान्न लगायत ९० प्रतिशत उपभोग्य वस्तुमा पर निर्भर हुनु पर्ने हाम्रा युवाहरु विदेशीने र रेमिट्यन्सले देश चल्न वाध्य बनाएको छ र यो व्यावस्था र संविधानलाई परिवर्तन गरिएन भने देश बर्बादी तर्फ गइरहेको छ । यो अवश्थालाई नेपाली जनताले राम्ररीवुझेका छन र अब यो दशैं तिहार पछाडी राप्रपाले यो सम्पुर्ण वेथितिका विरुद्ध आन्दोलनको घोषणा गर्ने छ र नेपाली जनताले साथ दिनुहुने छ भन्ने हाम्रो ठहर छ ।
प्रश्नः आन्दोलनको कुरागर्नु भयो याहाँले, आन्दोलनका विषयहरु के के हुने छन ?
उत्तरः आन्दोलनका विषयहरु खास गरी संघियता खारेज हुनेछ । एउटा हिन्दु राष्ट्र, अर्को राष्ट्रको अभिभावकको रुपमा राजसंस्था र देशमा व्याप्त अत्याचार, भ्रष्टाचार, बलत्कार अराजकता छन् तिनको अन्त्य र देश आर्थिक दलदलमा गइरहेको छ । त्यसबाट देशलाई बचाउन हामी यिनै विषयलाई उठाएर आन्दोलनलाई सफल बनाउँछौं ।
प्रश्नः आन्दोलनको मुख्य उद्धेश्य चाहीं सत्ता परिवर्तन हो दाई ?
उत्तरः सत्ता परिवर्तन गर्न कै लागी हो वाहाँहरुबाट भ्रष्टचार नियन्त्रण र सुशासनको अपेक्षा गर्न सकिदैन ।
प्रश्नः सत्ता परिवर्तन कि व्यावस्था परिवर्तन हो ?
उत्तरः तपाईले त्यसलाई जसरी बुझे पनि हुन्छ । यो सत्ता परिवर्तन गर्न व्यावस्था परिवर्तन नगरी संभव छैन किन भने हामी यहि संविधानमा बशेर गणतन्त्रको नाममा राष्ट्रमा भ्रष्टाचार मच्चाउँदै जनतालाई रैति र दास बनाएर बस्न चाहन्नौं संविधान परिवर्तन भनेको व्यावस्था र अवश्था दुवै परिवर्तन गर्ने हो ।
प्रश्नः दुइ करोड असिलाख मतदातामा राप्रपाले जम्मा तिन प्रतिशत मात्र मत पाएको छ । अनि राप्रपाले मात्र आन्दोलन गर्दा व्यावस्था परिवर्तन होला दाई ?
उत्तरः एक डेढ वर्ष अगाडी सम्म जनतालाई काँग्रेश, एमाले, माओवादीले लडेर ल्याएको ब्याबस्था हो आफै केहि गर्लान कि भन्ने आश थियो तर त्यो भएन । जनता आक्रोषित छन् निराश पनि छन् त्यसको परिणाम आन्दोलनले देखाउँछ । देश आर्थिक रुपमा टाट पल्टीन लाग्यो । उद्योग, धन्दा, कल कारखाना बन्द छन । भ्रष्टाचारले चरम सिमानाघेको छ । आर्थिक तरलताले व्यापार व्यावसाय ठप्प छ । उद्योगी व्यावसायी बैंकको ऋणे र किस्ता तिर्न नसकेर आत्माहत्या गर्दैछन् । तर लोकतान्त्रीक गणतन्त्रका हिमायतीहरु यो जनआन्दोलनको उपलब्धी भनेर अझै सत्तामा बशेर जनता र राष्ट्र चुसेर ख्रोक्रो पार्न प्रयासरत छन् । यो सबै कुरा जनताले बुझी सकेका छन अब जनता संघर्षमा उत्रन तयार छन । यो व्यावस्था कुनै हालतमा रहदैन । जनताले राप्रपालाई साथ दिन्छन त्यसको विकल्प पनि छैन ।
प्रश्नः तपाई मोरङ्ग जिल्लाको पार्टि अध्यक्ष भएको नाताले मोरङ्गमा राप्रपा के गरिरहेको छ ?
उत्तरः मोरङ्गमा केन्द्रले पठाएको भुगोल केन्द्रित कार्यक्रम आयो, यो ६ महिनाको कार्यक्रम थियो । ६ महिनाकोे पहिलो कार्यक्रम हामीले सक्यौं । तिस बत्तिस दिन लाग्यो, अहिले हामी मोरङ्गमा एउटा महानगर पालीका, आठ ओटा नगरपालीका र आठ वटा गाउँपालीका भएको मोरङ्ग जिल्ला हो । हामी अहिले सबै पालीकाहरु वडा तह सम्म गएर जनतालाई सु–सुचित गराउने संगठन सुदृढिकरण गर्ने यो काममा अहिले हामी निरन्तर लागी रहेका छौं । संगठनको माध्यमबाट संघर्षको आधारशिला तयार गर्दै छौं ।
प्रश्नः अन्त्यमा आर्थिक मन्दी र संकटको अवश्थामा पनि आउन लागेको चाडवाडको लागी नेपाली जनतालाई याहाँको के सन्देश छ ?
उत्तरः देशको विडम्वना भनौं दुःख पनि लाग्छ । मान्छेहरुसंग पैसा छैन । मान्छेमा चाडपर्व प्रति पहिलाको जस्तो उत्साह छैन, आधा उत्साह गीरेको छ । तै पनि हामी नेपालीले मानी ल्याएको महान चाड दशैं हामीले जेनेतेने वितायौं आउन लागेको तिहार, छैठ पर्वमा नेपालीहरुले घरमा दुःख सुख जे जस्तो हुन्छ आफन्त परिवारसंग हाँसी खुशी चाड विताउनुहोस । २०८० सालको दिपावलीको सबैमा मंगलमय शुभकामना सहित छठ पर्वले वाहाँहरुको जिवन शान्ति र सुखसंग वितोस भन्ने शुभकामना व्यक्त गर्दछु ।